विक्रम सम्वतको वैज्ञानिकता -नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य र राशिफल

1536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)
कमलमार्ग १७२, केसीटोल कमलपोखरी, काठमाडौं
९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७

[email protected]

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।।
विक्रम सम्वतको वैज्ञानिकताः
सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ । सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख संक्रान्ति भनिन्छ । यही दिनलाई विक्रम संवतको नयाँ वर्ष मानिन्छ ।

विक्रम संवतको नयाँ वर्षारम्भको दिन बैशाख संक्रान्ति अथवा मेषार्कको महत्त्व विशेष छ । यद्यपि केही वर्ष यता वि.सं.को बारेमा चर्चामा आएका विभिन्न तर्क आदिले आमजनमानसमा अनेक विचार, जिज्ञाशा तथा चिन्तनको रोपण गरेको भएता पनि वास्तविकतामा विक्रम सम्वतको वर्षारम्भमा विशेष वैज्ञानिकता छ । जुन अरु सम्वतमा छैन । अन्य सम्वतहरूमा यो खालको गणितीय मान्यताको सिद्धान्त छैन । गणितीय वैज्ञानिकतामा विक्रम सम्वत जस्तो पूर्ण र वैज्ञानिक सम्वत अरु पाईदैन । तसर्थ यो सम्वत प्रारम्भ हुँदा पर्ने लग्न र त्यसको फलको प्रभाव समग्रमा विश्वव्यापि रूपमा सबैलाई पर्ने गर्छ ।

नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य
यस पटक नयाँ वर्ष २०७५ शुरु हुँदा बैशाख १ गते बिहान नेपाली स्टेण्डर्ड समय अनुसार १०ः२३ बजिरहेको हुन्छ । सो समयमा नेपाली आकाशको क्षितिजमा मिथुन लग्न उदाइरहेको हुनेछ । नयाँ वर्ष अर्थात मेषार्क हुँदा जापानमा त्याहाँको स्टेण्डर समय अनुसार १३ः३८ बजे बजेको हुन्छ र त्यतिबेला जापानको टोक्योमा सिंह लग्न उदित भइरहेको हुन्छ । यसै गरी पाकिस्तानको लाहोरमा पाकिस्तानी स्टेण्डर समय अनुसार बिहान ०९ः३८ बजिरहेको हुन्छ र मिथुन लग्न नै उदाइरहेको हुन्छ । भारतको मुम्बईमा १०ः०८ बजे नयाँ वर्ष प्रवेश हुन्छ । जतिबेला भर्खर मिथुन लग्न उदाउँदै गरेको हुन्छ भने राजधानी दिल्लीमा मिथुन लग्नले आठ डिग्री पार गरिसकेको हुन्छ । विक्रम सम्वतको नयाँ वर्ष हुँदा अर्थात सूर्यले ३६० डिग्री पार गरेर शून्य डिग्रीबाट पुनः आफ्नो यात्रा तय गर्दा सबै ठाऊँमा एउटै लग्न हुँदैन । जुन स्थानमा जुन लग्न उदाईरहेको हुन्छ सोही लग्न सो स्थानको जगल्लग्न हुन्छ । जगल्लग्नको आधारमा वार्षिक फलको विवेचना गरिन्छ ।

नयाँ वर्ष प्रारम्भको समयमा नेपालमा मात्रै नभएर यसको आसपासका अन्य मुलुकमा पनि मिथुन लग्न उदाइरहेको हुनेछ । नव वर्ष प्रारम्भ हुँदाको जगल्लग्नको विवेचना गर्दा –
सकारात्मक पाटोः
यो वर्ष सूर्य राजा र मन्त्रीमा शनिले जिम्मेवारी लिएका छन् । यो वर्षको संवत्सरको नाम विरोधकृत् रहेको छ । ग्रहको स्वभाविक गुणको विवेचना गर्दा सूर्य र शनि आपसमा शत्रु हुन् । ग्रहको यो सम्बन्धबाट पनि केही अनुमान गर्न सकिन्छ । विशेष विशेष जिम्मेवारीमा रहेका अधिकारी तथा निकायले यो कुरामा विचार पुर्याएर कार्य सम्पादन गर्नु उचित हुनेछ ।

पञ्चम् गुरु, दशममा लग्नेश र द्वितीयेश चन्द्रबुधको युक्ति, एकादश सूर्य शुक्रले जगल्लग्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शिक्षा, कर्म र आम्दानीको पक्षमा उल्लेखनीय कार्य गराउने योग परेको छ । स्वाभिमानलाई अभिमान नबनाउने हो भने यो जगल्लग्नको प्रभाव रहने स्थानहरूमा शिक्षाक्षेत्रमा राम्रो प्रगति हुनेछ । उद्यम व्यवसायजन्य कर्मयोगले विशेष महत्त्व पाउनेछ । आत्म तथा आत्मस्वाभिमानी भावनाको चेतना तथा जागृति बढ्ने छ । राज्य व्यवस्थामा नयाँ आयामहरूको विकास हुनेछन् । आत्मनिर्भरताका केही दीगो कार्यको थालनि हुनसक्ने छ ।

यो वर्ष राज्यले नागरिकहरूलाई उद्योग धन्दाको अभिप्रेरणाप्रद अभियानका कार्यक्रमहरूबाट जनचेतना अभिवृद्धि गर्नु उचित हुनेछ । शिक्षा र धार्मिकलगायतका पर्यटन, युवा उद्यमशीलता, जलस्रोत तथा तरलपदार्थ, कृषि, जनजागरण आदिको विकास भई लाभ एवं उपलब्धि प्राप्ति हुनेछ ।

कमजोर तथा नकारात्मक पक्षः
जगल्लग्नमा उपर्युक्त राम्रा पक्षको बाबजुत केही जटिल स्थितिको पनि दृष्टिगोचर हुन्छ । अन्य ग्रहको भूमिकाले केही त्यस्ता जोखिमलाई संकेत गरिरहेको छ जसले राम्रो ग्रहयोगको फल प्राप्तिमा तगारोको भूमिका निर्वाह गर्नसक्ने खतरा हुन्छ । सम्बन्धित अधिकारीहरूले बुद्धिमतापूर्वक अवस्थालाई संयमपूर्वक सकारात्मक कोणबाट समाधान गर्न खोजेको खण्डमा विभिन्न जटिलताको बाबजुत पनि अन्तिम उपलब्धि राम्रो निकाल्न सकिनेछ । अन्यथा केही व्यवस्थागत दुर्घटना, द्वन्द, संकट आदिको आशङ्कालाई ग्रहको स्थितिले लक्षित गरिरहेको छ ।

यौनिक हिंसा तथा विकृति बढ्नसक्ने, अग्नि एवं भूमि र वायुतत्त्व प्रधान प्रकृतिप्रकोप, दैविक विपत्ति, दुर्घटना, हावाहुरी, आगजनि, वृष्टिअनावृटि आदिको सामना गर्नुपर्ने सम्भावना रहन्छ । जनस्वास्थ्यमा विभिन्न रोगको संक्रमणले प्रभावित गर्नेछ । परराष्ट्र सम्बन्ध बिग्रन नदिन निकै कोसिस् गर्नुपर्ने देखिन्छ । वैदेशिक व्यापारमा पनि ह्रास आउनसक्ने आशङ्का देखिएको छ । आन्तरिक एवं बाह्य द्वन्दको सृजना हुनसक्छ । सम्बन्ध विच्छेदका गतिविधि तथा घटना बढ्ने छन् । जननिकाय, सामाजिक निकाय आदिका तहतप्कामा गुट्, फुट्, आन्तरिक कलह, द्वन्दजन्य परिस्थिति सृजना गराउने ग्रहको प्रभाव छ । जिम्मेवार पक्षले निकै संयमतापूर्वक आफ्नो कर्तव्य एवं जिम्मेवारीलाई वहन गर्न प्रयत्नशील रहनु बुद्धिमानी हुनेछ ।

उपर्युक्त प्रकारको फललाई नववर्ष २०७५ को जगल्लग्नको ग्रहस्थितिले देखाएको हुनाले नागरिकहरू सावधानपूर्वक, धैर्यता एवं सहनशीलतालाई धारण गरी स्वधर्म तथा जिम्मेवारीमा लगनशील रहनु उपयुक्त हुनेछ । अनाधिकृत रुपमा चल्ने होहल्ला, विभिन्न बहकाव आदिको पछाडि लाग्नुभन्दा सत्यतथ्य बुझेर समाजमा आपसी सद्भाव कायम राख्दै सामाजिक भावनाको विकास गर्नु बुद्धिमानी हुनेछ । सम्भावित अनिष्ट ग्रहको फललाई न्यूनिकरण गर्ने सामाजिक एवं धार्मिक तथा सांस्कृतिक कर्महरूलाई बढीभन्दा बढी प्रसय दिनु शुभकर, हितकर र लोककल्याणकर हुनेछ ।

नव वर्ष २०७५ को राशिफल
मेष राशि÷Aries (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) –
मेष राशि हुनेहरूको लागि यो वर्ष पूर्वार्ध सम्म र अन्तिमका दुई महिना सामान्यतया अनुकूलै मान्न सकिन्छ । बीचको समय अल्लि विपरित रहेकोले होस एवं संयमको आवश्यकता देखिन्छ । अल्लि बढी प्रयत्नले धार्मिक एवं आध्यातिमक कार्यमा केही उपलब्धि लिनसकिने छ । सम्पादन गर्न खोजिएको विवाह व्रतबन्धादि दानपूण्यप्रद माङ्गलिक शुभकर्ममा ढिलासुस्ति बाबजुत केहीहद्सम्म सफल भइनेछ । व्यापारजन्य आय–आम्दानी बढ्नेछ । विवाहयोग्यलाई दाम्पत्यसम्बन्ध जोडिने छ भने प्रेमपारखीहरूको लागि पनि अनुकूल रहनेछ । नोकरीतर्फ थोरैभएपनि प्रगति हुनेछ । जागिर तथा पेशा व्यवसायमा स्थानपरिवर्तन, बसाईसराई लगायत यात्राजन्य काम बन्ने छ । अध्ययन अध्यापन तथा शैक्षिक क्षेत्रमा अनुकूलता रहनेछ ।

जग्गाजमिन, घर, पैतृकसंपत्ति जन्य पक्षमा ग्रहको त्यति अनुकूल प्रभाव देखिन्न । पशुचौपाय, कृषि, उद्योग धन्दा व्यवसाय आदिमा घरीघरी उपलब्धि एवं लाभजस्तो पनि कुनै समय निराशाजनक परिणाम भोग्नुपर्ने हुन्छ । धार्मिक आस्थामा पनि स्थिरता रहन मुस्किल पर्नेछ । केही यस्ता विपरित फलको बाबजुत बढी मेहनत र तल्लिनताले कुनै कुनै पक्षमा ठिकै उपलब्धि हासिल गर्नसकिने छ ।

कैफियतपूर्ण धनार्जनतर्फ मन आकर्षित हुनसक्ने र पछि पछुतो पनि पर्नसक्ने छ ख्याल गर्नु होला । मान्यजनको स्वास्थ्य, विशिष्ट सम्बन्ध आदिमा केही प्रतिकूलता सृजना हुनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु जरुरी हुनेछ । वर्षको उत्तरार्धमा उल्लेखित संघर्ष एवं विपरित फल बढी घटित हुने भएकोले आवश्यक सावधानी तथा उपाय अवलम्बन गर्नु जरुरी हुनेछ । यो राशि हुनेहरूले यो वर्ष भैरव, महावीर हनुमान, आश्विन पछिलाई माँ बगलामुखीको स्तुति आराधना तथा उपाशना गर्नाले ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत हुनेछ । विशेष ग्रह अबरोधमा स्थानीय जातिको (लोकल) गाईको सेवा वा सोक्षेत्रलाई सहयोग पुर्याएर पनि ग्रहजनित दुष्प्रभावलाई न्यूनगर्न सकिन्छ ।

वृष राशि÷Taurus (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) –
वृष राशि हुनेहरूको लागि यो वर्ष आंशिक पक्षमामात्रै अनुकूल रहेको छ । रपनि पूवार्धको तुलनामा उत्तरार्ध केही उपलब्धिमूलक हुनेछ । अत्यावश्यक तथा विशेष काम बनाउन अल्लि बढी परिश्रम गर्नुपर्ने छ । सन्तानकष्टको सम्भावना देखिएको छ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ । रोग–शोक र कुसंगतको खतरा आवश्यक उपाय अथवा सावधानी अप्नाउनु होला । बढी संघर्ष र कम उपलब्धिको कारण मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्यविमूढताको मनोविज्ञानले प्रसय पाउनसक्ने देखिन्छ । साउन उपरान्त केही सुधार आइ कामकार्य एवं अन्य परिस्थितिमा केही सुधार आउनेछ । वर्षको उत्तरार्ध विवाहयोग्य युवायुवतीको लागि विवाहबन्धनको सम्भावना दह्रो छ ।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढीभन्दा बढी बढाउनु र शनि एवं गुरुको प्रतिकूलतालाई शान्ति गर्न हनुमान–शनिमहाकाल वा महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारण सबैले वगलामुखी मा“ एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति आदि व्रत अवलम्वन गर्नु हितकर हुने छ । स्थानीय जातिको (लोकल) गाईको सेवा गर्नाले ग्रहको दुष्प्रभाव कम गर्न विशेष मद्दत हुनेछ ।

योगसाधनाको साथमा आफ्नो चेतना र भौतिक हैसियतको स्थिति अनुसार कञ्जुस्याई एवं हेल्चेक्र्याई नगरी अन्तर् आत्मादेखिनै श्रद्धापूर्वक ग्रहशान्तिको उपाय अवलम्बन गर्नाले धेरै हद्सम्म ग्रहको दुष्प्रभाव कम भई शुभफल प्राप्त हुनेछ । स्थानीय जातिको (लोकल) गाईको सेवा वा सोक्षेत्रलाई सहयोग गर्नाले ग्रहजनित दुष्प्रभावलाई न्यूनगर्न विशेष मद्दत मिल्नेछ ।

मिथुन राशि÷Gemini (का.कि.कु.घ.ङ.छ.के.को.ह.) –
मिथुन राशिको लागि यो वर्ष मिश्रित रहनेछ । वर्षको पूर्वार्ध तसै अनुकूल रहनेछ । संघर्षको बाबजुत केही उपलब्धि मिल्नेछ । विद्यार्थीहरूले गम्भीरताको साथमा समयको सदुपयोग गर्नाले अध्ययनमा प्रगति गर्न सकिने छ । व्यापार तथा पेशा एवं व्यवसायमा सामान्य लाभ मिल्ने छ । अल्लि बढी परिश्रम एवं प्रयत्नले व्यवसाय र बढी महत्त्वपूर्ण कामकार्यमा सफलता मिल्ला ।

रपनि जन्मकालमा पापग्रह अकारक हुनेहरूको लागि दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, चोटपटक, यात्रामा कष्ट, वातव्याधि, स्नायु तथा नशा रोग, चीरफार एवं घाऊखटिरा र दाम्पत्यकष्ट जन्य स्थितिको सामना गर्नपर्ने देखिएको छ । परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्याऽपवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने आदि सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । यी प्रतिकूल फल वर्षको पूर्वार्धमा भन्दा उत्तरार्धमा बढी घटित हुनेछन् ।

दीर्घरोगीहरूले सावधानी अप्नाउनु पर्ने हुन्छ । घर–जग्गाको कारोवारमा फसिनसक्ने सम्भावना छ । वैवाहिक कार्य वा प्रेममा विशेषमा ख्याल पुर्याउन जरुरी देखिन्छ । यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौलामा संक्रामक रोग आदिको सम्भावनालाई पनि नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ । प्रतिकूल ग्रहको दुष्प्रभाव घटाउन वर्षभरी योगसाधनाको साथमा भगवती स्तोत्र पाठ, भैरव–छिन्नमस्ताको दर्शन भक्ति, स्थानीय जातिको (लोकल) गाईको सेवा, काग–कुकुर सेवा र वर्षको उत्तरार्धबाट ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने, माँ बगलामुखी एवं सरस्वतीको स्तुति उपाशना गर्ने जस्ता उपाय अवलम्वन गर्नु हितकर हुनेछ ।

कर्कट राशि÷Cancer (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) –
कर्कट राशि हुनेहरूको लागि यो वर्ष सुधारोन्मुख छ, क्रमशः फलिफाप हुँदै जानेछ । विशेष गरी वर्षको मध्यबाट अनुकूलता बढ्ने छ । वर्षको पूर्वार्ध संघर्षकर नै देखिएको छ । दाम्पत्य–प्रेमकष्ट वा असमझदारी बढ्नसक्ने तथा अरु पनि समस्या आइपर्नसक्ने देखिएको छ । सोँच, होश र विवके पुर्याएर व्यवहार गर्नु पर्ला । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर छ, स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी हुनेछ । संघर्ष र शत्रुको प्रभाव रहनेछ रपनि विचलित नभएमा अन्तमा सफलता मिल्ने छ ।

उत्तरार्धबाट राजनीति, समाजसेवा, प्रतिस्पर्धा आदिमा उपलब्धि र वीजय प्राप्त हुनेछ । रोजगार–पदप्रतिष्ठा एवम् पदोन्नती प्राप्त हुनेछ, व्यापार–व्यवसायका क्षेत्रमा प्रगति हुने र लाभ प्राप्त गर्नसकिने छ । नयाँ व्यवसाय सञ्चालन गर्न उपयुक्त रहनेछ । न्यायिक क्षेत्रमा विजय मिल्नेछ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । अपूरो अध्ययनलाई पनि पूरा गर्नसकिने छ सम्बन्धितहरूले समयको फाइदा लिनुहोला । वैवाहिक सम्बन्धमा सुधार, विवाहको पर्खाइमा रहेकाहरूको दाम्पत्यसम्बन्ध स्थापित हुनसक्ने छ भने प्रेम पारखीहरूको लागि पनि समय अनुकूल हुनेछ । सन्तान सुख मिल्नेछ । दिएको नफर्कने सम्भावना भने बढी रहेकोले कसैलाई धनसंपत्ति दिँदा निकै विचार पुर्याउनु पर्ला ।

यो राशि हुनेहरूले यो वर्ष ग्रहको दुष्प्रभाव न्यूनिकरण गर्न वर्षभरी योगसाधनाको साथमा भैरव उपाशना र वर्षको पूर्वार्धसम्म माँ बगलामुखीको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि राम्रो तरिकाले गर्नु शुभप्रद हुनेछ । स्थानीय जातिको (लोकल) गौसेवा गर्नु विशेष शुभकर हुनेछ ।

सिंह राशि÷Leo (म.मि.मु.मे.मो.ट.टि.टु.टे) –
सिंह राशिका व्यक्तिलाई यो वर्ष तुलनात्मक अनुकूल महसूस हुनेछ । आफ्नो व्यवहारमा भने ध्यान दिन जरुरी हुनेछ । मान्छेहरूको मुल्याङ्कनमा अल्लि कमजोरी फेला पर्ने हो कि भन्ने सम्भावना छ । ज्ञानोन्माद्ले विद्यार्थीहरूलाई असर गर्ने भय छ । संयमपूर्वक अघि बढ्नाले मात्रै अध्ययनमा सफलता मिल्नेछ । जन्म समयमा शनि आदि ग्रह प्रतिकूल हुनेलाई पेट, स्नायू आदिमा स्वास्थ्य समस्या, नीति–व्यवहार र सैद्धान्तिक पक्षमा विचलन आदिको सम्भावना छ । सन्तानकष्ट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने हुनसक्छ भने गर्भावस्थामा रहनु भएकाले विशेष ख्याल पुर्याउनु पर्नेछ ।

सञ्चित धनको आकस्मिक खर्च गराउने तथा गएको पैसा नफर्किने हुनसक्ने छ । लुच्चा तथा किर्पणीसँगको व्यवहार हुनाले धनसम्पत्ति फस्नसक्ने पनि डर देखिन्छ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेको राम्रो हुनेछ ।

पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ । तत्त्वोन्मादको वाबजुत पनि धर्म–अध्यात्मको पक्षमा भने सफलता मिल्ने छ । यो वर्ष विद्यार्थीले विशेष र अन्यले पनि शनिको साथै राहुको दुष्प्रभावलाई न्यूनिकरण गर्न योगसाधनाको साथमा हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र, बगलामुखी स्तोत्र आदिको पाठ, महाकालशनि, माँ बगलामुखी, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको सात्त्विक पूजापाठ, ध्यानधारणा, व्रत आदि उपाशना अवलम्वन एवं स्थानीय जातिको (लोकल) गौसेवा वा सो क्षेत्रलाई सहयोग गर्नुले ग्रहजनित दुष्प्रभावलाई कम गर्न मद्दत हुनेछ । आफूलाई ब्रह्मविवेकदेखि नै श्रद्धा लाग्ने गुरुको सान्निध्यता तथा आर्शिवाद ग्रहण गर्नु पनि शुभप्रद हुनेछ ।

कन्या राशि÷Virgo (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) –
कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्षको अनुभूति गराउने खालको छ । रपनि वर्षको पूर्वार्ध केही उपलब्धिकर रहेको छ । प्रवचन, अध्यापन, उद्घोषण, गायन आदि वाणीवृति हुनेहरूले समाजमा राम्रो प्रभाव पार्नसकिने छ । कुटुम्बिक सम्बन्ध बढ्नसक्ने छ । अल्लि बढी प्रयत्न गरेर रोजगारी आदिमा सफलता प्राप्त गर्न सकिनेछ भने घरभन्दा तथा विदेश यात्रा आदिमा पनि अनुकूल रहनेछ । दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । विद्यार्थी तथा शिक्षासँग सम्बन्धितले ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिएला ।

वर्षको उत्तरार्धमा संघर्षको मात्रा बढ्ने लक्षण देखिन्छ । आवश्यक सावधानी तथा उपायहरूअवलम्बन गर्नु बुद्धिमानी हुनेछ । बढी ईच्छाइएको तथा महत्त्व दिइएको कार्यमा भने ढिलासुस्ति तथा बाधा अड्चन नआउला भन्न सकिन्न । चोटपटक–घाऊ खटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । कुलमा रोगको प्रकोप, मान्यजन वियोगको सम्भावना तथा आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने, घर–जग्गाको कार्यमा विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय परेकोले सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ ।

व्यापार–व्यवसायमा देखिएको मन्दि, समाजसेवा, राजनीति, जागिरमा आएको अपजश, दुःखविमार, पशुचौपाया तथा घरजग्गा एवम् कृषि आदिमा देखिएको समस्यालाई न्यून गर्न योगसाधनाको साथमा हनुमान–शनिमहाकाल एवम् भैरवदेवको सात्त्विक तवरबाट स्तुति आराधना गर्नु मनासिव हुनेछ । स्थानीय जातिको (लोकल) गौ क्षेत्रलाई सहयोग तथा सेवा गर्नुले ग्रहजनित दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

तुला राशि÷ Libra (रा.री.रु.रे.रो.त.ति.तु.ते.) –
तुला राशिको लागि यो वर्ष मध्यम अनुकूल रहनेछ । नया“ र दीर्घकालिन कार्यको थालनीको लागि सो“चविचार तथा कार्ययोजना बन्ने, गुमेको मान प्रतिष्ठा फिर्ता गर्न सकिने, विग्रिएको सम्बन्ध एवम् कार्यहरूको पुनस्र्थापना तथा सुधार गर्न सकिने र अड्केर रहेका केही कार्यहरू पूर्ण हुनेछन् । न्यायिक क्षेत्र सबल रहनेछ । अबरोधको बाबजुत घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ ।

हात तथा छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावनालाई नकार्न सकिन्न । घरायसी किचलो, घरजग्गाको कारोबार आदिमा ढिलासुस्ति तथा फसिनसक्ने र जन्मकालमा ग्रह प्रतिकूल हुने तथा महादशामा पनि प्रतिकूल ग्रह चल्नेलाई दैविक विपत्ति आदि आइपर्न सक्ने भय छ । मान्यजन कष्टादिको सम्भावनालाई पनि नकार्न सकिन्न ।

वर्षको उत्तरार्धमा गोचर ग्रह थप अनुकूल देखिएको छ । सन्तती सुख मिल्नेछ भने उनीहरूको प्रगतिले खुशी प्राप्ति हुनेछ । नयाँ कार्यको थालनी, व्यवसायिक उन्नतिप्रगति, पदप्रतिष्ठा बढ्ने र सफलता मिल्नेछ । टाढिएका आफन्ति नजिकिने छन् । मान्यजनलाई भइरहेको कष्टमा सुधार आउनेछ । सुखसन्तोष लिन सकिनेछ । जग्गाजमिन जोडिने, गृहनिर्माण हुने र वाहन आदिको सुविधा प्राप्त हुनेछ । पशुचौपाया, कृषि आदिबाट फाइदा उठाउन सकिने छ । नोकरी मिल्नसक्ने छ । वैदेशिक यात्राको लागि पनि समय अनुकूल देखिन्छ ।

प्रतिकूलतालाई न्यूनिकरण गर्न योगसाधनाको साथमा बगलामुखी, भैरवदेव, छिन्नमस्ताको स्तुतिउपाशना गर्नु शुभकर हुनेछ । विद्वानजनको आर्शिवाद एवं मार्गदर्शन, असहाय गरीब दीनदुःखीको सेवा, बालबालिकालाई अध्ययनको पक्षमा सहयोग गर्नु र स्थानीय जातिका (लोकल) गोवंशको क्षेत्रलाई सहयोग तथा सेवा गर्नुले सम्भावित ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

वृश्चिक राशि÷Scorpio (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) –
वृश्चिक राशिको लागि यो वर्ष धेरैजसो पक्षमा संघर्षप्रद देखिएको छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला । स्थान परिवर्तनको सम्भावना देखिन्छ । विदेशको बाटो हेरिरहेकाहरूको लागि ईच्छा पूरा हुनसक्ने छ । घर परिवारबाट टाढा गएर अध्ययन गर्नेहरूलाई उपलब्धि मिल्नेछ । तर बढी आसक्ति गर्ने, महत्त्वाकांक्षा राख्ने गर्दा ससाना कार्यले पनि अल्मल्याउँने, बहाना गर्न मन लाग्ने हुनेछ । अभिष्ट कार्यमा समय दिन नसकिने र अधिक परिश्रममा थोरै उपलब्धिले चित्त बुझाउनु पर्ने हुनेछ । चलिरहेको साविक कामकार्य एवं पेशामा संयमपूर्वक रत्रहनाले धेरथोर लाभै हुनेछ । चञ्चलता र हतारले भने क्षति एवं पश्चाताप गराउन सक्नेछ ।

जन्मकालमा शनि आदि ग्रह अकारक हुनेहरूलाई वादविवाद, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने छन् । विपरित खानपान, विश्वासघात, कुसंगत आदि प्रतिकूलताको सामना गर्नुपर्ने हुनसक्ने छ । तर जन्मकालमा शनि आदि ग्रह कारक तथा अनुकूल भएकाहरूको लागि भने प्रतिकूलको सट्टा अनुकूल फल प्राप्ति हुने एवं आकस्मिक लाभ र उपलब्धि मिल्नेछ ।

मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु बुद्धिमानी हुनेछ । अनिष्ट एवम् तनावलाई समन गर्न सर्वसाधारण सबैले योगदर्शनको उपदेशलाई आत्मसात गरी हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखीको र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ । स्थानीय जातिका (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा गर्नाले ग्रहको दुष्प्रभाव कम गर्न विशेष मद्दत हुनेछ ।

धनु राशि÷Sagittarious (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.) –
धनु राशिको लागि यो वर्षको पूर्वार्ध तुलनात्म रूपमा केही पक्षमा अनुकूल मान्न सकिन्छ रपनि सावधानी धेरैपक्षमा अप्नाउनपर्ने देखिन्छ । संघर्षको बाबजुत केहीहद्सम्म परिश्रमको फल मिल्ने र केही अधुरा कार्यहरू पूरा हुने छन् । धर्म–अध्यात्म, विवाह–व्रतबन्धादि माङ्गलिक कर्म सम्पन्न गर्नसकिने छ । अप्रत्यासित परिणाम दिने गोचर प्रभाव देखिएकोले एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । राजनीति तथा समाजसेवामा अन्तिममा जश मिल्ने छ । जागिरको खोजिमा रहेकाहरूको लागि पनि शनिको विशेष उपाय गरेको खण्डमा अनुकूलताको सम्भावना छ । अनुकूलता महसूस हुँदैमा हौंसीने र मात्तिने गर्न भने हुनेछैन । जन्मको शनि आदि ग्रह अनुकूल रहनेहरूका लागि भने आकस्मिक लाभ एवम् पदप्रतिष्ठा, उन्नति प्रगति मिल्ने छ ।

विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पश्चाताप पर्नसक्छ । मिथ्याऽपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षतिखति र दाम्पत्य कष्टप्रद देखिएको छ । विवाह तथा प्रेमसम्बन्धमा छलछाम हुनसक्ने छ सावधानी अप्नाउनु होला । परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, व्यवहार बिग्रने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्ने गोचर प्रभाव देखिएको छ । स्नायू तथा उदर रोगले सताइ नै रहनेछ, दीर्घरोगिहरूले बढी ख्याल पु¥याइ नै रहनुपर्ला ।

आवश्यक सावधानी तथा ग्रहशान्ति उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । योगदर्शनको उपदेशलाई आत्मसात गर्दै शनिस्तोत्रपाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ताको उपाशना, श्रद्धाभक्ति एवम् व्रत गर्नु हितकर हुनेछ । स्थानीय जातिका (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा गर्नाले ग्रहको दुष्प्रभाव कम गर्न विशेष मद्दत मिल्ने छ ।

मकर राशि÷Sagittarious (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.) –
मकर राशिको लागि यो वर्ष पूर्वार्ध अल्लि बढी संघर्षप्रद देखिएको छ भने उत्तरार्ध तसै केही सुविस्ताजनक रहनेछ । उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, जन–धन तथा भौतिक सम्पत्तिको क्षती, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई ग्रहगोचरले संकेत गरेको छ । विना परश्रमको धन प्राप्तिको चेष्टा, कुसंगत, समय छँदा होस नहुने पछि पश्चाताप हुने जस्तो पर्नसक्ने छ ।

तर जन्मसमयमा शनि आदि सम्बन्धित ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ, पदोन्नति एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ । श्रावण पछि सुधार आउने र केही काममा सफलता मिल्ने छ । अत्यावश्यक केही काम तथा व्यवहार सुल्झाउन सकिनेछ । वेरोजगारीलाई नोकरी मिल्नसक्ने छ, मेहनत, संयम र धैर्यता पूर्वक बुद्धिले कामलिनु हितकर हुनेछ । संघर्षदायी कार्यमा सफलता मिल्ने छ । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा सफलता मिल्ने छ । तर, गएको नफर्कने ग्रहगोचर भएकोले सरसापट् तथा लेनदेनमा निकै विचार पुर्याउनु पर्ला । त्याग एवम् ईश्वर प्रणिधानको भावनालाई प्रसय दिएर निष्काम कर्म गर्नु बुद्धिमानी हुनेछ ।

स्थानीय जातिका (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा गर्नाले ग्रहको दुष्प्रभाव कम गर्न विशेष मद्दत मिल्ने छ । साथमा योगसाधना, विद्यार्थीले सरस्वती माताको, सर्वसाधारण सबैले हनुमानवीर, शनिमहाकाल, माँ बगलामुखी एवं कुलदेवताको स्तुति गर्नु शान्तिप्रद हुनेछ ।

कुम्भ राशि÷Aquarius (गु.गे.गो.स.सी.सु.से.सो.द.) –
कुम्भ राशि हुनेहरूको लागि यो वर्ष समष्टिमा राम्रो छ । अवसरको सदुपयोग गर्ने र नहौंसिने हो भने धेरै क्षेत्रमा उपलब्धि प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । व्यापार–व्यवसायीका लागि विशेष प्रगतिकारक र कृषक–उद्यमी वर्गको लागि सुख एवम् लाभप्रद समय रहेको छ । राजनीति र समाजसेवा तथा जागिरमा पदोन्नती–प्रगति हुने देखिन्छ । दाम्पत्य एवं प्रेमसुखमा बढोत्तरी हुनेछ । विवाहयोग्यका लागि दाम्पत्य सम्बन्ध बाँधिने तथा प्रेमसम्बन्ध मजबुत हुनेछ । जग्गाजमिन एवम् वाहनादिको सुख सुविधा प्राप्ति हुने, सम्मानित यात्रा हुने, शत्रु तथा विपक्षि उपर विजय प्राप्त गर्नसकिने छ । यद्यपि कैफियत धनार्जन तर्फ पनि मन आकर्षित होला कि भन्ने छ जसले पछि पछुतोपनि पार्नसक्नेछ ख्याल गर्नुहोला । सत् धनार्जनबाटै आत्मसन्तुष्टि लिन सकिने छ । घरपरिवार एवं समाजमा हुने विशेष धार्मिक कृत्य सम्पादनमा भूमिका दिन सकिने छ । तीर्थयात्रादिको पनि सम्भावना रहेको छ । स्थानीय जातिका (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा जन्य कार्यमा भूमिका दिनु अझै विशेष हितप्रद हुनेछ ।

चोटपटक, घाऊखटिराले भने सताउन सक्नेछ । पिलो, ग्रन्थी सुजन आदिको समस्या हुनसक्ने कुरालाई नकार्न सकिन्न । त्यस्तै दिएको धन फिर्ता हुन पनि कठिन पर्ने हुनसक्ने छ । श्रावणपछि भने सामान्यतया कामकार्यमा ढिला सुस्तिको महसूस हुनसकने छ ।

स्वास्थ्य लगायत सम्भावित ग्रहदोषको निवाराणको लागि भैरवदेव र श्रावणपछि माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति तथा व्रतादि गर्नु हितकर हुने छ । गरीब दीनदुःखी तथा अनाथ क्षेत्रको सहयोगको लागि कुनै अभियानप्रद कार्य सञ्चालन गर्नु पुण्यप्रद हुनेछ ।

मीन राशि÷Aquarius (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) –
यो वर्ष मीन राशिको लागि यद्यपि त्यति सहज देखिँदैन रपनि नबिराउनु र नडराउनुको सिद्धान्तलाई आत्मसात गर्दा हित हुनेछ । अधिकांश पक्षमा उथलपुथल, कर्मक्षेत्रमा बिरोध तथा अपयश र कतै हानी त कतै नसो“चेको सफलता एवं लाभ पनि मिल्नसक्ने छ । गर्दै आएको र भोग्दै आएको क्षेत्र, भोगाधिकार तथा पदप्रतिष्ठाबाट हात झिक्न पर्नसक्ने छ भने अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । पैतृक संपत्ति, घरजग्गासँग सम्बन्धित काममा निकै सावधानी अप्नाउनु पर्ला ।

घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा एकाएक असमझदारी बढ्ने तथा कष्ट पर्नसक्ने कुरालाई नकार्न सकिन्न । पितृ–मातृ तथा गुरुजन्य मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने र शत्रुप्रभाव बढ्ने खगोलीय ग्रहको असर देखिएको छ । कतिपयलाई सन्तानमा असमझदारी तथा टाढिनु पर्ने वा कुनैप्रकारको पीडा हुनसक्ने छ । श्रावणपछि ग्रहगोचरले केही सकारात्मक प्रभाव देखाउने छ ।

पशुचौपाया तथा वाहनादिमा पनि क्षति हुने सम्भावना देखिएको छ । पछि पर्दाफास हुने पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला । स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत भलै संघर्षको बढी अनुभूति किन नहोस अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ ।
यो वर्ष तपाईले योगसाधनाको साथमा भैरव, माँ बगलामुखी र विशेष रुपमा हनुमानदेवको साथै विद्यार्थीहरूले मा“ सरस्वतीको वन्दना दर्शनभक्ति गर्नु हितप्रद रहनेछ । स्थानीय जातिको (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा जन्य कार्यमा भूमिका दिनु तपाईको लागि अझै विशेष हितप्रद हुनेछ ।

राशिफल कसलाई कति मिल्नेः
राशिफलमा बताइएको फल कसलाई कति मिल्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको जन्म समयको सम्बन्धित ग्रहहरूकारक, अकारक, शुभाशुभ कस्तो स्थितिमा छन् त्यसमा भरपर्ने हुन्छ । जन्म समयमा ग्रहहरू अनुकूल रहेकाहरूलाई यहा“ बताइएका फलमा प्रतिकूल फल कम घट्ने र अनुकूल फल बढी घट्ने हुनेछ । त्यस्तै जन्म समयमा प्रतिकूल ग्रह हुनेहरूलाई प्रतिकूल फल बढी घट्ने र अनुकूल फल कम घट्ने हुन्छ । यहाँ समष्टिमा फल बताइएको हो । कति मिल्ने तथा नमिल्ने वा शुभ अशुभ कुन बढी हुने भन्ने कुरा सम्बन्धित व्यक्तिको उसको जन्मकालको ग्रहमा भरपर्ने हुन्छ । विशेष अवस्था पर्दा राशिफलको मात्र भर नपरेर विद्वान ज्योतिषीको मार्गदर्शन लिनु बुद्धिमानी हुनेछ ।

गौ–सेवा सबै प्रकारका अनिष्ट–ग्रह शान्तिको उपायः
जुन गाईको जुरो हुन्छ, गलामा माला हुन्छ, खुर दुईवटा हुन्छन्, सिङ् पिरामिड आकारको हुन्छ, यस्ता गुण सम्पन्न गाईलाई मात्रै वैदिक धर्मले गाईको संज्ञा दिएको छ । यी गाईनै वैदिक गाई हुन् । यिनै गाईलाई वैदिक सनातन धर्मले पूजनीय बताएको छ । यिनै गाईमा तेत्तिसकोटी देवीदेवताको बास हुन्छ । दुध तथा दुग्धजन्य पदार्थ यिनै गाईको मात्रै अमृतसमान हुन्छ नकि जर्सी, होलिस्टेन लगायतका गाईको ।

स्मरण रहोस बाहिरबाट भित्र्याइएका जर्सी, होलिस्टेन लगायतका गाई वैदिक गाईमा पर्दैनन् र यी गाईको दुध तथा दुग्धजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक भएको वैज्ञानिक रूपमै मेडिकल साइन्स आदिले प्रमाणित गरिसकेका छन् । जर्सी तथा होलिस्टेनिक लगायतका बाहिरबाट भित्र्याइएका र गाईमा हुनपर्ने जुरो, दुई खुर, माला, पिरामिड आकारको सिङ् नभएका गाईमा पूजनीय गुण पाइदैन ।
तेत्तिसकोटी देवीदेवताको बास हुने हाम्रो स्थानीय जातिका वैदिक गाईको सेवा गर्दा ग्रह बिग्रदा गरिने सबै देवीदेवता एवं ऋषिगणको सेवा हुन्छ, पूजा हुन्छ । त्यसैले नै सबैभन्दा ठूलो ग्रहशान्ति, जानअन्जानमा भएका पापकर्मको प्रायश्चित आदिको उपाय गौ सेवा हो । अतः यी गाईको संरक्षणको लागि विभिन्न तवरबाट यथाशक्य सहयोग आदि भूमिका निर्वाह गरेर पनि यहाँले आफ्नो अनिष्ट ग्रह शान्ति गर्नसक्नु हुन्छ । नेपालमा स्थानीय जातिका (लोकल) गाईको पालन पोषणको लागि सामाजिक संस्थाहरूबाट गौशालाहरू सञ्चालनमा आएका छन् ति गौशालाहरूलाई सहयोग गरेर पनि यसमा सहभागिता जनाउन सकिन्छ । अन्य व्रत अनुष्ठान आदि गर्न नभ्याउनेहरूको लागि यो सजिलो उपाय हो ।

शुभकामनाः
मन–मस्तिष्क र व्यवहारमा अहिंसा, दया–करुणा, मानवीयता, सद्नियत, सद्बुद्धि, सत्–मार्ग अवलम्बन, अध्यात्म–आत्मोन्नतिको अभ्युदय एवं स्वबोध होस् । स्वास्थ्यमा आरोग्यता, व्यवहारमा कुशलता र चरित्रमा नैतिकताको विकास होस् । यश ऐश्वर्य एवं श्री र कृतिको वृद्धि होस् । भगवान पशुपतिनाथ भोलाशङ्कर र आदिशक्ति भगवतीको आर्शिवाद परिरहोस् । राष्ट्रको सच्चा ईमान्दार चरित्रवान नैतिकवान नागरिकको रूपमा प्रतिष्ठा स्थापित होस् ।

धर्मेण हन्यते ग्रहाः धर्मेण हन्यते व्याधि धर्मेण हन्यते शत्रु । यतो धर्म ततो जय । अर्थात धर्मले ग्रहको दुष्प्रभाव, रोगव्याधि र शत्रुको नाश हुन्छ । तसर्थ धर्मको मर्मबोध होस् । सद्कर्ममा दिल रहोस, उत्तरोत्तर प्रगतिहोस् देश–विदेशमा रहनु भएका यहाँहरू सबैप्रति नव वर्ष २०७५ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु माकश्चितदुःखभाग्जनः ॐ शान्तिः ! ॐ शान्तिः!! ॐ शान्तिः !!! ॐ सर्व मङ्गलम् !!!!
ज्यो.पं. वैद्यराज दीपक सुवेदी.
ॐ आयुर्वेद आरोग्यशाला
तथा, ज्योतिष परामर्श सेवा
कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं नेपाल ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७
काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बा“के ०८१–५४०५३४

Email:[email protected]

[email protected] 

[email protected]

https://mail.google.com/mail/u/0/#inbox/162be4db6d9e3e18?projector=1