जापानी दुतावासको सहयोगमा बन्यो कल्लेरी सामुदायिक केन्द्र

532 पटक पढिएको

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार २२:११

सम्पादक: Dhading News

गल्छी -नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र पूर्वशिक्षा मन्त्री तथा हिमालय कन्जर्भेसन ग्रुप नेपालका अध्यक्ष गंगालाल तुलाधरले संयुक्त रुपमा ‘कल्लेरी सामुदायिक केन्द्र’को चावी हस्तान्तरण गरेका छन्।

धादिङ जिल्लाको गल्छी गाउँपालिका (तत्कालीन कल्लेरी गाउँ विकास समिति)मा निर्माण भएको उक्त सामुदायिक भवन (कम्युनिटी सेन्टर) निर्माण गर्न जापान सरकारले सहयोग गरेको हो।

जापानले उक्त कम्युनिटी सेल्टर निर्माण गर्न ८५ लाख रुपैयाँ ‘हुमन सेक्युरिटी प्रोजेक्ट’अन्तर्गत हिमालय कन्जर्भेटिभ ग्रुप नेपालमार्फत सहयोग गरेको हो। हिमालय कन्जर्भेटिभ ग्रुपले स्थानीय जनता र विभिन्न समुदायलाई एकतले सामुदायिक केन्द्र बनाउन सहयोग गर्दै आएको छ।

त्यस्ता केन्द्र आपतकालीन अवस्था र समुदायले आफ्ना विभिन्न कामका लागि प्रयोग गर्न सक्नेछन् । सामुदायिक केन्द्रमा एउटा ठूलो हल, दुई स्टोर कोठा, एक बैठक कोठा, एक कार्यालय र ट्वाइलेट रहेको छ।

तत्कालीन कल्लेरी गाउँ विकास समिति र हालको गल्छी गाउँपालिकामा २०७२ वैशाखमा गएको भूकम्पले अधिकांश घरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १४ जनाको मृत्यु भएको थियो । भूकम्पपछि गाउँलेले शरणार्थी जस्तै दुःख पाए भने उनीहरुले कुनै पनि ठाउँमा सुरक्षित रहेको महसुस गर्न सकेनन् । सोे ठाउँमा सामूहिक कृषि खेती नहुँदा गरिबी धेरै रहेको छ । सामूहिक कृषि खेती गर्न सकेमा यसबाट हुने उत्पादनबाट खरिद बिक्री बढ्दा गरिबी घटाउन सक्थ्यो।

कल्लेरी सेल्टर–कम्युनिटी सेन्टर’लाई धेरै तरिकाबाट प्रयोग गर्न सकिने बताइएको छ । यसलाई स्कुल, विभिन्न तालिम सञ्चालन गर्न र विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्न सकिने जनाइएको छ । अन्नबाली स्याहार्ने समयमा कृषि उत्पादन संकलनका लागि पनि प्रयोग गर्न सकिने छ । यस केन्द्रले स्थानीयको आयआर्जन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

तीन वर्षअघिको भूकम्पबाट प्रभावित स्थानीयलाई यस केन्द्रले सहयोग र फाइदा हुने जापानी राजदूतावासले जनाएको छ । राजदूतावासले छिटोभन्दा छिटो पुरानै अवस्थामा फर्कन र दैनिक जीवनलाई सुरक्षित बनाउन सहयोग हुने विश्वास लिएको जनाएको छ । यस परियोजनाले नेपाल र जापानी जनताबीच मैत्रीपूर्ण मित्रता बढाउन थप सहयोग गर्ने राजदूतावासले विश्वास लिएको छ।

भवन हस्तान्तरण कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, गल्छी गाउँपालिकाका राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरुका साथै स्थानीयहरुको उपस्थिति रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० चैत्र २०७४, शुक्रबार २२:११ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories