महादेवबेसीमा करेन्ट लागेर ७ जना घाईते

1412 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेवबेसी,४ बैशाख – खानेपानीको लागि जिआई पाईप विछ्याउने क्रममा बिद्युत्त लाईनमा पाईपले छोएर करेन्ट सर्ट हुंदा धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ११ मा ७ जना घाईते भएका छन ।
मंगलबार विहान ९.३० वजे तिर महादेवबेसी वजारका लागि खानेपानी ल्याउन पाईप बिछ्याउँदै गर्दा थांक्रे गाउँपालिकाको वडा नम्बर ११ बालुवाफाँटमा भएको सो दुर्घटनामा परि ७ जना घाईते भएका हुन । घाईते मध्ये ५ जनाको अवस्था चिन्ताजक रहेको महादेवबेसी प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार जिआई पाईपले बिद्युत्तको लाइनमा छुंदा करेन्ट सर्ट भएपछि पाईप बिछ्याउने कार्यमा संलग्न रहेका धनवहादुर कार्की, सानी तामाङ,निरज कार्की,शुरेश गुरुङ,गोपी गुरुङ र विक्कि तामाङ घाईते भएका हुन । घाईते मध्ये निरज कार्की र धनवहादुर कार्कीको स्थानीय शिवदर्शन अस्पतालमा उपचार भईरहेको छ भने बाँकीलाई उपचारका लागि काठमाण्डौं पठाईएको छ । घटना लगत्तै बिद्युत्त प्राधिकरणले यस क्षेत्रको बिद्युत्त लाईन एक घण्टा काटेको थियो ।