महादेवबेसीमा करेन्ट लागेर १ को मृत्यु, ८ जना घाइते 

1028 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ४ बैशाख : धादिङको थांक्रेमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मँगलबार बिहान धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ११ बालुवाफाँटमा खानेपानीको लागि जिआई पाईप बिछ्याउने क्रममा पाईपले बिद्युत्तको तारमा छोएपछि करेन्ट सर्ट भई स्थानीय ३० बर्षिया टिकीमाया तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । करेन्ट लागेर अन्य ८ जना घाईते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ । उनीहरुको काठमाण्डौँको टमा सेन्टरमा उपचार भैरहेको छ ।
महेशखोलाको पारी बाट बोरिङ गरी महादेववेशी बजार तर्फ पानी ल्याउने पाईप बिछ्याउने क्रममा पाईपमा बांधेको सपोट आलमुनियमको तारले बिजुलीको ११ हजार भोल्टेजको तरमा छुन गई करेन्ट लाग्दा ८ जना घाईते भई उपचारको लागी काठमाण्डौ तर्फ पठाईएकोमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ
दुर्घटनामा परि झापा जिल्ला ममै गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष ६० की निकी तामाङको उपचारको लागी काठमाण्डौं लानेक्रममा् बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी सोही दुर्घटनामा परि घाईते भएका धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ का ३७ बर्षिय धनबहादुर कार्की र उनका छोरा १६ बर्षिय निरज कार्कीको कृतिपुर अस्पतालमा गम्भिर अवस्थामा उपचार भईरहेको छ ।
यसै गरी थांक्रे गाउँपालिका वडा नम्बर ६ का २० बर्षिय को गोपी कुलु, ४० बर्षिय सुरेश कुलुको पनि अबस्था गम्भिर रहेको उनिहरुको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसै गरी थांक्रे–६ बस्ने ३५ बर्षिया माईली तामाङ र सोही ठाउँका गौतम तामाङको अवस्था पनि गम्भिर रहेको र उनिहरुको उपचार पनि ट्रमा सेन्टर काठमाण्डौमा भईरहेको छ ।
प्रहरीका अनुसार जिआई पाईपले बिद्युत्तको लाइनमा छुंदा करेन्ट सर्ट भएपछि पाईप बिछ्याउने कार्यमा संलग्न रहेका धनवहादुर कार्की, सानी तामाङ,निरज कार्की,शुरेश गुरुङ,गोपी गुरुङ, टिकि माया तामाङ र विक्कि तामाङ लगायत घाईते भएका थिए ।