महेशदोभान माथि वालुवा उत्खनन नगर्न स्थानीय प्रशासनको निर्देशन

1416 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

महेशदोभान-गाउँपालिका भित्रका भुकम्प पिडितहरुलाई बितरण गर्न भन्दै उत्खनन शुरु गरिएको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान माथि जुंडीखोलाको सार्वजनिक जग्गाको वालुवा उत्खनन रोकिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेत्तृत्वमा आएको जिल्लाको सरकारी टोलीले वालुवा उत्खनन भईरहेको स्थलको अवलोकन पश्चात उक्त ठाउँमा वालुवा झिक्नका लागि कुनै पनि सरकारी निकाय संग अनुमति नलिईएको,वाताबरणीय प्रभाव मुल्याङ्कन समेत नभएको र वालुवा उत्खनन गर्दा पहिरो खसेर पृथ्वीराजमार्गनै संकटमा पर्ने अवस्था रहेको भन्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले बालुवा झिक्ने काम तत्काल नगर्न नगराउन निर्देशन दिनुभएको हो ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिका भित्रका भुकम्प पिडितहरुलाई रातोेकार्डका आधारमा प्रति व्यक्ति २ हजार रुपैयाँ शुल्क लिएर वालुवा दिने मौखिक निर्णय गरेपछि रातो कार्ड लिएर बालुवा लिन आउनेहरुको गाउँपालिकामा भिड लागेको थियो ।
शुक्रवार सांझ केही व्यक्तिले वालुवा लगेपनि स्थानीय प्रशासनले सो ठाउँबाट तत्काल वालुवा ननिकाल्न निर्देशन दिएपछि बालुवा उत्खनन रोकिन पुगेको थियो । वालुवा उत्खननका नाममा त्यहाँ पृथ्वीराजमार्गनै धरापमा पार्ने गरी सडक निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि वालुवा उत्खनन गरेर सडक छिचोल्न खोजिएको स्थानीयको आरोप छ । त्यहाँ बालुवा निकाले पछि जमिन गहिरो भएर राजमार्गको लेभलमा पुग्ने र बाटो खोल्न छुट्टै प्रकृया पुरा गर्नु नपर्ने भएपछि गाउँपालिकाले वालुवा उत्खननको इजाजत दिएर सडक खन्ने काम गर्न लागेको भन्दै महेशदोभानका वासिन्दाले विरोध जनाएका थिए ।