धादिङमा पुननिर्माणले गति लिन सकेन

1725 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ ,१२ बैशाख – भुकम्प गएको तीन बर्ष पुरा भएपनि धादिङमा पुन निर्माणको कामले भने खासै गति लिन सकेको छैन ।
जस्का कारण बर्षात अगाबै सबै भुकम्प पिडितहरुलाई अस्थाई टहराबाट स्थाई घरमा सार्ने सरकारको लक्ष्य पुरा नहुने निश्चित भएको छ । पुनर्निमाणमा विभिन्नखाले समस्या बढ्दै गएपछि धादिङका भुकम्प पिडितहरु अबको वर्षात पनी अस्थाई टहरामा विताउनु पर्ने बाध्यतामा छन् ।
हालसम्म जिल्लामा भुकम्पका कारण क्षती पुगेका ब्यक्तिगत आवस पुन निर्माणको काम बीस प्रतिसत पनि सम्पन्न हुन सकेको छैन । सरकराले भने भुकम्प गएको केही समय पछि तीन वर्ष भित्र पुन निर्माणको काम सम्पन्न गर्ने घोषणाका साथ अभियान संचालन गरेको थियो ।
आवास निर्माणका लागि चाहिने गिट्टी, बालुवा, रड सिमेन्ट,जस्तापाता लगायतका अति आवाश्यक निर्माण सामग्रीहरुमा भएको अत्याधिक मुल्य बृद्धि कृत्रिम अभावका कारण पुन निर्माणले गति लिन नसकेको पिडितहरुको भनाई छ ।
यसै गरी गाँउमा दक्ष जनशक्तिको अभावका कारण पनि घर वनाउन पालो पालो गरेर निर्माणमा लाग्नु परेको कारणले गर्दा त झनै समस्या उत्पन्न भएको थांक्रे गाउँपालिका वडा नम्बर ११ का शिववहादुर थापा बताउँछन । जिल्लाभर भुकम्पले भत्काएका ८१ हजार ब्यक्तिगत आवास मध्य करिव ७४ हजार घर धुरी लाभग्राहीको सुचिमा परेकामा अहिलेसम्म ६९हजार ६ सय एक जनाले पहिले किस्ताको रकम बुझेर लगेको जिल्ला कार्यान्वयन इकाई धादिङले जनाएको छ ।
इकाईका प्रमुख इन्जिनियर रविचन्द्र पंजियारका अनुसार पहिलो किस्ता बुझ्ने मध्ये ५९ प्रतिशत लाभग्राहीहरु दोस्रो किस्ताको लागी सिफारिस भएका छन् र अहिले सम्म जिल्लाभर भुकम्पका कारण ध्वस्त भएका १२ हजार आठ सय दुई ओटा ब्यक्तिगत आवास पुन निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको छ ।
अहिलेकै गतिमा गतिमा पुन निर्माणको काम हुने हो भने जिल्लाभरका भुकम्प प्रभावितहरुको घर वनि सक्नकरिव सात वर्ष भन्दा बढी समय लाग्ने प्राविधिकहरुको भनाई छ ।
भुकम्प प्रतिरोधी घर निर्र्माणका लागी गाह्रो लगाउन जानेका दक्ष दुई जना तालिम प्रप्त डकर्मीहरुले एक वर्षमा मुस्किलले तीन ओटा सामान्य घर निमार्ण पुरा गर्न सक्दछन । धादिङका भूकम्प पीडितले घर बनाउन थाले पनि गाउँमा काम गर्ने जनशक्ति र निर्माणका लागि चाहिने कच्चा पदार्थ र पानीको अभाव हुँदा पुन निर्माण कार्यमा समस्या भएको सिद्धलेक गाउँपालिकाका गंगासागर नेपाल बताउँछन ।
जिल्लाका अधिकांश युवा रोजगारीका लागि विदेश गएको तथा गाउँमै भएका पनि आयआर्जन र ज्यालामा काम गर्न गाउँभन्दा शहर बजारमा जाने भएकाले गाउँमा काम गर्ने मान्छेको अभाव बढेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले वताए ।
अदक्ष जनशक्ति गाउँमा भेटिएपनि उनिहरु दिनभरी ज्याला मजदुरीमा जानु पर्दा शहर वजार पस्ने र गाउँमै भएकाहरुसंग भने घर बनाउने सीपसमेत नहुँदा पुनर्निमाणमा समस्या निम्तिएको अध्यक्ष थापाको बुझाई छ ।
विभिन्न गैर सरकारी संस्थाहरुले गाउँगाउँमा पुनर्निर्माणका लागि सिकर्मी, डकर्मीको तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरेको उनिहरुको संख्या न्यून हुँदा घर बनाउन समस्या भएको हो ।

बिद्यालय निर्माण पुरा हुन अझै दुई बर्ष

धादिङ, – निजी आवास निर्माणमा समस्या भोगिरहेका धादिङका भुकम्प पिडितहरुले विद्यालय भवनहरुको पुन निर्माणको काम पनि पुरा गर्न सकेका छैनन जस्का कारण अझै पनि कतिपय विद्यालय खुल्ला आकासमुनी नै संञ्चालन भईरहेका छन् ।
भुकम्पबाट अति प्रभावित धादिङ जिल्लामा अहिले सम्म ५१ प्रतिशत बिद्यालय भबनको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । धादिङमा ५ सय ७७ बिद्यालयका भबनहरु मध्य भूकम्पका कारण तिन सय १८ विद्यालयका भवनहरु पुर्ण क्षतिग्रस्त भएका थिए ।
भूकम्पपछि ३ हजार ७ सय २५ कक्षाकोठाहरु पुनर्निर्माण गर्नुपर्ने थियो । आगामी असार मसान्तसम्ममा भने धादिङको ७५ प्रतिशत विद्यालय भवनहरु पुन निर्माण गरिसक्ने जिल्ला कार्यान्वयन ईकाईले जनाएको छ ।
भत्किएका बिद्यालय भवनहरु पुन निर्माण एक वर्ष भित्र हुने छ भने केन्द्रीय आयोजनामा परेका ५९ विद्यालयहरु निर्माणमा भएको ढिलाईका कारण जिल्लाका सबै विद्यालय भवनहरु पुर्ण निर्माणमा थालेको एक वर्ष भित्र सम्पन्न गर्न सकिने कार्यान्वयन ईकाईका प्रमुख पंजियार बताउँछन ।

भुकम्पबाट धादिङमा ६९ अर्बको क्षति

धादिङ,- तीन बर्ष अघिको वैशाख १२ गतेको विनाशकारी भुकम्प र त्यसपछि लगातार आएको शक्तिशाली पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्बभन्दा बढीको क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कले जनाएको छ । भुकम्प परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएकोमा १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका थिए । त्यसैगरी १ हजार ३ सय ९३ जना जना घाइते भएका थिए ।
भुकम्प कारण जिल्लाका ८८ हजार ५ सय ४१ घरधुरीमा क्षति पुगेकोमा े ८१ हजार ३ सय १३ घर पुर्ण रुपमा ध्वस्त भएको जिल्ला समन्वय समितिले जनाएको छ । क्षती भएका मध्ये ३ हजार ९४ घरधुरीमा आंशिक क्षति पुगेको छ भने ४ हजार १ सय ३४ घरमा सामान्य क्षति भएको छ । त्यसैगरी ३७ हजार ३ सय ६९ वटा गोठहरुमा क्षति पुगेको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिले मुल्याङकन तथा निरीक्षण गर्न खटाएको प्राविधिकहरुको टोलीले संकलन गरेको तथ्याङकका आधारमा ३९ अर्ब ८१ करोड २७ लाख १७ हजार रुपैया बराबरको घरगोठहरु क्षति भएको अनुमान गरिएको थियो ।
त्यसैगरि गाई भैसी भेडा बाखा र कुखुरा र सुङगुबङगुर गरि २२ हजार २ सय ९२ पशुचौपायाको मृत्यु भएको थियो जुन चलनचल्तीको भाउ अनुसार अनुमानित ७ अर्व ४२ करोड, २७ लाख ४३ हजार रुपैया बराबरको हुन आउँछ । त्यसैगरी भुकम्पमा परेर क्षति भएका घरहरुमा १ लाख १९ हजार ९ सय ३५ कुइन्टल खाद्यान्न पुरिएका थिए । जसलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले नगदमा २१ अर्ब ७१ करोड १० लाख ६७ हजार क्षति भएको अनुमान गरेको थियो । भुकम्पले गर्दा उत्तरी धादिङको विकट बस्तीहरुमा बढि क्षति पुगको थियो । सडक सन्जालले पनि नछोएको उत्तरी धादिङका साविकका ५ गाउँ विकास समितिहरुमा मात्रै १ सय ६३ जनाको मृत्यु भएको थियो ।