बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

560 पटक पढिएको

प्रकाशित मिति: २१ बैशाख २०७५, शुक्रबार ०८:४५

सम्पादक: Dhading News

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो ।

मुआब्जा समितिले निर्धारण गरेको दररेटमा ‘अन्य घरबस्ती (घर रहेको जग्गा) र सहायक मोटरबाटोमा पर्ने जग्गा’को मुआब्जा प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ छ । तर घडेरी जग्गालाई पनि जग्गाको किसिम (अब्बल, दोयम, सिम र चाहार) अनुसार रकम दिइएको जग्गाधनीको गुनासो छ । यसरी रकम दिँदा जग्गाधनीलाई प्रतिरोपनी साढे २ लाख रुपैयाँभन्दा बढी नोक्शान परेको छ ।

चालु आर्थिक वर्षमा गोरखा र धादिङका साविकका ६ वटा गाविसमा मुआब्जा वितरण गरिएको छ । धादिङमा यसवर्ष २६ जनाले घडेरीको मुआब्जा पाएका छनु भने १३० जनाले घडेरीको मुआब्जा पाएनन् । गोरखातर्फ भने ७०२ जनाले मुआब्जा लिएकोमा कसैले पनि घडेरीको मुआब्जा पाएका छैनन् अनलाइनखबर डट कम मा समाचार प्रकाशित भएको छ । 

धादिङ मैदीका महेन्द्रप्रताप शाहले घडेरीको मुआब्जा पनि अरु जग्गाको सरह दिइएको बताए । ‘हामीलाई अन्याय भएको छ, घडेरीको जग्गाको मुआब्जा कसैले ७ लाख ७३ हजार पाएका छन्, कसैले ५ लाख २५ हजार पाएका छन्, दाजुभाइको एकै ठाउँको जग्गाको पनि मु्आब्जा फरक परेको छ’ उनले भने ।

गत वर्ष मुआब्जा वितरण गर्दा यस्ता समस्या देखिएको थिएन । तर यसवर्ष जानाजान समस्या सिर्जना गरिएको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आरोप लगाए । ‘गत वर्षसम्म घर भएको कित्ताको मुआब्जा ७ लाख ७३ हजार दिइएको थियो, यसपाली दिइएन’ उनले प्रश्न गरे, ‘जनताले विरोध गरे भन्ने बाहना बनाउन जानाजान यसो गरिएको छ, अघिल्लो वर्ष घडेरीको मुआब्जा पाउने यो वर्ष किन नपाउने ?’

बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले भने यो समस्या समाधान गर्न भन्दै कार्यदल बनाएको छ । इकाइका प्रमुख कृष्णबहादुर कार्कीले नापी, मालपोत, जिल्ला प्रशासन र बुढीगण्डकी आयोजना कार्यालयका प्रतिनिधि रहने गरी कार्यदल बनाएको बताए ।

‘हामीले मिल्नेसम्म दिने हो’ उनले भने ‘अन्य घरबस्ती र सहायक मोटरबाटोबारे अध्ययन गर्न कार्यदल बनाएका छौं ।’ घरबस्ती रहेको जग्गाको मुआब्जा थोरै पाएको भए पछि दावी गर्न सकिने उनले बताए । सरोकार समितिका अध्यक्ष ढकाल भने आयोजनाको इकाइले आफै समस्या सिर्जना गरेर कार्यदल बनाउनु जनता झुक्याउने खेलमात्र भएको बताउँछन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२१ बैशाख २०७५, शुक्रबार ०८:४५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories