चुलो होस त जनभोजनको जस्तो जसले यो वर्ष २ लाख २९ हजार जनालाई खाना र खाजा खुवायो !

1199 पटक पढिएको

प्रकाशित मिति: २३ बैशाख २०७५, आईतवार १३:१२

सम्पादक: Dhading News

 

  • कृष्णमुरारी भण्डारी

पाँचतारे होटल अन्नपूर्णमा खाना बनाउने अन्तर्राष्ट्रियस्तरका सेफको चाँजोपाँजोमा खाना तयार हुन्छ । तर, खाना निशुल्क खान पाईन्छ । हातमा पन्जा, मुखमा मास्क र टाउकोमा टोपी नलगाई खाना पकाउन पाईदैन् । तर, खाना खानेहरुले केही बोझ उठाउनु पर्दैन । उनीहरुले गर्ने काम भनेको खाना खाने समयमा गएर हातगोडा धोएर सफासुघ्घर बनेर खाना खाइदिनु पर्छ । कसैले पनि भाँडा समेत माझ्नु पर्दैन ।

दश वर्ष अघि स्कूल भर्ना भएपछि सबैभन्दा बढी स्कूल छाड्ने भनिएका दक्षिणी धादिंगका विकट गाउका स्कूलहरुमा यतिखेर बिद्यालय छाड्ने विद्यार्थीहरु नै हुँदैनन् भन्दा पत्यार नलाग्न सक्छ तर यो कटु यथार्थ हो । केटाकेटीले स्कूल नछाड्नुको राज भने के हो नि ? यो लेखमा त्यसैबारे खोजअध्ययन गरी चर्चा गरिएको छ ।

छोटो पृष्ठभूमि

संसारभरका विद्वानहरु, पढालिखाहरु, पिएचडी गरेकाहरु, देश बिदेश डुलेर अनुसन्धान गर्नेहरु भन्छन्, सडक भयो भने जुनसुकै समाजको पनि विकासको बाटो खुल्छ । उनीहरु अनेक उदाहरण दिदै भन्छन्, सडक बन्यो भने जनताको जीवनमै परिवर्तनको ढोका खुल्छ । तर यसको विपरित नेपालको पहिलो राजमार्ग रहिरह्यो । पत्यार लागेन ? पत्याउनु होस्, यो सत्य हो ।

समथर भूमिबाट राजधानी उपत्यकालाई जोड्ने देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथ । सडक बनेको साठी वर्ष नाघिसक्दा पनि यहाँको कथाले भने विद्वानको भनाइमा राय बझाइरहेको छ, विद्वानहरुको दाबी झुठो सावित भैरहेछ !

भारतीय सिमानाबीरगंजलाई काठमाण्डौंसंग जोड्ने पहिलो लाइफ लाइन हो त्रिभुवन राजपथ । सडक बनेको साठी वर्ष नाघिससक्यो तर राजमार्ग छेउछाउका जनताको जीवनमा परिवर्तन अझै आएको छैन ।

पंचायतीकालमा गाउवेसी घन्किने रामेश रायनको गीत– ‘पहरालाई छिचोलेर, टाकुरालाई फुकालेर भीरपाखामा बाटो बनायौ । के पायौ नि कुल्ली दाइले ? के पायौ नि कुल्ली भाइले ? ठेकेदारले पैसा कमायो, अर्कैले गाडी कुदायो ’ भनेजस्तै भैरहेछ !

देशकै पहिलो राजमार्ग छेउछाउमा बसोवास गर्ने सर्बसाधारणको जीवनमा कुनै उल्लेख्य परिवर्तन आउन सकेन । बरु त्यसको उल्टो विकृतिहरु चुलिए । केटोकटीहरु कामदारको रुपमा राजधानी र सिमान्त शहरमा भाँडा माझ्ने कान्छाकान्छी बनेर पुगे । अन्य अनगिन्ती विकृतिहरु थपिदै गए ।

राजमार्गमा गाडी कुदे पनि गाउलेको जीवन समृद्धितिर कुदेन । न गाउमा उत्पादन बढ्यो, नत बजार नै विस्तार भयो । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पशुपालनको विकास त कता हो कता ? गुजारामुखी अर्थतन्त्र बेसाहामुखी अर्थव्यवस्थामा परिवर्तन भयो । यसैका जरा भित्रभित्रै गाडिंदै गए ।

ढुंगेलले, यो वर्ष ६३ हजार १ सय ७ जनाले खाना, १ लाख ६६ हजार ६८ जनाले खाजा गरि २ लाख २९ हजार १ सय ९३ जनाले खाना खाजा खाएको बताए ।

यसैको फल हो, कतैकतै खुलेका विद्यालयहरुमा पनि विद्यार्थीहरु अडेनन् । स्कूल छाड्ने रोगबाट ज्यादै नै आक्रान्त भए । यो राजमार्ग बनेपछि खलासी उत्पादन भने व्यापक भयो । जसमध्ये केहीले मात्र ट्रक ड्राइभरमा आफ्नो पदोन्नति गरे । सडक छेउ धमाधम बनेका झुपडी बस्तीहरु जाँड–रक्सी र खानाखाने होटलबाट उभो लाग्न सकेनन् । वेश्याबृत्ति, डाइभरहरुको आराम गर्ने मोजमस्ती गर्ने ठाउ भने खुबै बने ।

यी र यस्तै कारणहरुले हुनुपर्छ, सबैभन्दा विकट, अभाव र दरिद्रतम ठाउमा जनभोजन संचालनको लागि जमिन जुर्यो । त्यो निर्णय पछि गरिएको काठमाण्डौं उपत्यका वरिपरिका काभ्रे, नुवाकोट, धादिंग, सिन्धुपाल्चोक, मकवानपुर जिल्ला मध्ये जनभोजन संचालन गर्ने प्रेमसागर फाउण्डेसनले दक्षिणी धादिंग र मकवानपुरको उत्तरी भागलाई जोड्ने तसर्पु गाउलाई छनौट गर्यो । नेपालको प्रेमसागर र अमेरिकाको प्रेमरावत फाउण्डेसनको सहकार्यमा यो कार्यक्रम शुरु भएको हो । यो कार्यक्रमले जीवनमा नाम, दाम र इज्जत कमाएकाहरुलाई संलग्न गरेर उनीहरुलाई सन्तुष्टी प्राप्त गर्न अभिप्रेरित प्रेरणादायी अनुपम काम गरेको देख्न पाइन्छ ।

धादिंग जिल्लाको तसर्पु गाउलाई त्रिभुवन राजपथले चिरेको छ र ठाउ धेरैवटा गाउका विद्यालयहरुका लागि पायक पनि पर्छ । काठमाण्डौंबाट त्रिभुवन राजपथ वा पृथ्वीराजमार्ग छुट्टिने नौबिसेबाट बाइरोडको बाटो तर्फ जम्मा १७ किलोमिटरको दूरीमा रहेको छ, जनभोजन संचालन भैरहेको तसर्पु गाउको दामेचौर ।

के हो जनभोजन ?

जनभोजन यस्तो जनहितकारी कार्यक्रम हो, जहाँ कोही कसैले कसैलाई जातपात, छुवाछुत र भेदभाव केही गरिदैन । स्वतस्फूर्त रुपमा सबैले सबैलाई समान इज्जत, सम्मान र समान व्यवहार गर्छन् । सबै एउटै हारमा बसेर एउटै भान्छामा पाकेको भोजन गर्छन् । त्यसैमा सबैले गर्व गर्छन् । संबिधानले परिकल्पना गरेको समाजवादी समाजको सानो विम्व हो जनभोजन ।

यहाँ हरेक दिन स्कूल जाने उमेरका पाँचसय बढी वालवालिकालाई पोषणयुक्त खाना खुवाइन्छ । सयजना जेष्ठ नागरिकहरु जसलाई सहयोगको खाँचो छ, उनीहरुलाई पनि त्यही सफा, शुद्ध र शाकाहारी भोजन उपलब्ध हुन्छ, बालबालिकहरु खाना खाएर बिद्यालय गैसकेपछि । यसको कारण हो, जेष्ठ नागरिकलाई स्कूल कलेज जानुपर्ने चटारो पर्दैन ।

जनभोजन प्राप्त गर्ने बालबालिकाले एउटा मात्र काम गर्नु पर्छ । त्यसबाहेक उनीहरुले अरु केही बोझ उठाउनु पर्दैन । कहीँ, कतै, केही गर्नु पर्दैन । उनीहरुले गर्ने काम भनेको खाना खाने समयमा गएर हातगोडा धोएर सफासुघ्घर बनेर खाना खाइदिनु पर्छ । खाना खाइसकेपछि खाएको थाल कचौरा, ग्लाँस, चम्चालाई भाँडा माझ्ने ठाउमा लगेर राखिदिनुपर्छ । कसैले पनि भाँडा समेत माझ्नु पर्दैन ।

बृद्धबृद्धाहरुले भने बालबच्चाले खाना खाएर स्कूल गएपछि तातो, शुद्ध सफा र पौष्टिक खाना खाइदिनु पर्छ । खाना खाएको थाल कचौरा पनि माझ्नु पर्दैन । माझ्ने ठाउमा राखिदिए पुग्छ ।

स्वयम्सेवीको सेवा

जनभोजनको काम प्राय देशभरबाट आएका त्यस्ता समाजसेवीहरुले गर्छन्, जो आफू सम्पन्न छन् तर जीवनमा अरुको सेवा गरेर सन्तुष्टी लिन चाहन्छन् । त्यसैले कोही दुई दिन त कोही साता वा महिना वा त्यसभन्दा पनि बढी समय जनभोजनको कम्पाउडमा बसेर वालवच्चा तथा बृद्धबृद्धाहरुको सेवा गर्छन् । त्यही बस्छन् र त्यहीं खान्छन् ।

आफ्नो सिप र क्षमता अनुसारको सेवा गाउलेलाई दिन्छन् । भनौन, तपाई बिरुवा कलमी गर्न जान्नु हुन्छ भने सामाजिक परिवारका सदस्यहरुलाई सिकाइदिन सक्नु हुन्छ । पढाउने सिप छ वा योग गुरु हुनुहुन्छ वा अन्य कुनै काम जान्नु हुन्छ भने फुर्सदको समयमा इच्छुक व्यक्तिलाई आफ्नो ज्ञान हस्तान्तरण गर्न सक्नुहुन्छ ।

उदाहरणको लागि बम्बैका विख्यात लेखापरीक्षक (चार्टर्ड एकाउन्टेन्ट) ले जनभोजनको प्रत्येक दिनको हिसाव किताव र लेखापरीक्षण स्वयम्सेवीको रुपमा गर्ने गर्छन् । त्यस्तै अरु काम अरुले पनि गरिरहेका हुन्छन् । त्यस्तै पाँचतारे होटल अन्नपूर्णमा खाना बनाउने अन्तर्राष्ट्रियस्तरका सेफको चाँजोपाँजोमा जनभोजनको खाना तयार मात्र हुँदैन कि हातमा पन्जा, मुखमा मास्क र टाउकोमा टोपी लगाएर मात्र खाना पस्किने गरिन्छ ।

गोर्खाकी एक रिटायर्ड नर्सले सरसफाइको नेतृत्व गर्छिन् । जनभोजनको करेसाबारीलाई अग्र्यानिक खेतीमा पोख्त भोला राउतले नेतृत्व गर्छन् । कतिपयले उनलाई सहयोग गर्छन् । तपाईलाई पनि भोलिन्टियर बनेर सेवा गर्ने इच्छा छ भने व्यवस्थापनसंग समन्वय गरेर आफ्नो रुचिको काम गरेर शिक्षा, स्वास्थ्य, सामुदायिक विकास, शौचालय सरसफाइ, झारपात गोडेर बगैंचालाई हराभरा बनाउने, भुइपुछ्ने, भाँडा माझ्ने, दालतरकारी केलाउने, खाना पकाउने, पानी पिलाउने, खाना सर्भ गर्ने, गीत गाउने, नाच्ने, चित्र बनाउने जस्ता विविध विषय जुन जनभोजनले गर्ने योजना बनाएको छ, तिनमा आफूले सक्दो सहयोग गरेर जीवनमा गरेका विगतका गल्ती कमजोरीको प्रायश्चित गर्न सक्नु हुन्छ ।

हरेकको आकर्षण

तपाईको जन्मदिन आउदैछ ? बैबाहिक जीवनको वर्षगाँठ आउदैछ ? माता—पिता/बाजे—बज्यै हुनुहुन्न भने उहाँहरुको वार्षिक पुण्यतिथि पनि आउदै होलान्, के कसरी मनाउने वा स्मरण गर्ने योजनामा हुनुहुन्छ ? आफ्ना जीवनका महत्वपूर्ण दिनहरु उत्सव पर्व र स्मरणहरु संझने एक नवीन तरीका अपनाउनेहरुको लर्को नै लागेको थियो, गएको चैत्र २८ गते विहानैदेखि ।

धादिंग जिल्लाको दक्षिणी भेग, त्रिभुवन राजपथको छेवैमा अवस्थित तसर्पु गाविसको दामेचौरमा संचालनमा छ जनभोजन कार्यक्रम ।

पाँचतारे होटल अन्नपूर्णमा खाना बनाउने अन्तर्राष्ट्रियस्तरका सेफको चाँजोपाँजोमा जनभोजनको खाना तयार मात्र हुँदैन कि हातमा पन्जा, मुखमा मास्क र टाउकोमा टोपी लगाएर मात्र खाना पस्किने गरिन्छ ।

जहाँ प्रत्येक दिन विहान करीव पाँचसय बालबालिका र सय जना असहाय एवम् जेष्ठ नागरिकहरु पोषणयुक्त भोजन गर्छन् । विद्यार्थीहरु आआफ्नो विद्यालय जान्छन् तथा जेष्ठ नागरिकहरु घर फर्कन्छन् ।

दशवर्षदेखि जनभोजन

०६५ साल चैत्र २८ गतेदेखि शुरु भएको जनभोजन कार्यक्रमले नौ वर्ष पार गरेको छ । जनभोजनको वार्षिकोत्सव पारेर काठमाण्डौं, पोखरा, भक्तपुर, चितवन लगायत अरु जिल्लाबाट पनि धेरै व्यक्तिहरु उपस्थित रहेका देखिन्थे । सबैमा उत्सुकता थियो, कसरी संचालन हुन्छ यति विशाल कार्यक्रम ? जसबारे वार्षिकोत्सवमा उपस्थित पाहुनाहरुले डकुमेन्ट्री हेरे, प्रवचन सुने, वर्षभरि भएका कार्यक्रमहरु मात्र होइन आम्दानी खर्चको हिसाव किताव हेरे । जब उनीहरुले यो कार्यक्रमलाई सहयोग गर्नेहरुको नाम, रकम र तौरतरीका थाहा पाए, उत्तिनखेरै धेरैवटा हातहरु उठे ।

म पनि म्यारेज एनिभरसरी, जन्मदिन, बाआमा–हजुरबा हजुरआमाको तिथि, गणतन्त्र दिवस, लोकतन्त्र दिवस, एकिकरण दिवस, साउने संक्रान्ति, माघे संक्रान्ति, दशै, तिहार, जनैपूर्णीमा लगायत अन्य चाडपर्व कुन दिन पारेर वा जनभोजनले भनेको दिन आफ्नो गच्छे अनुसार, कतिपयले दुई जना मिलेर पनि नाम बुकिंग गराउदा रहेछन् । दुईसय जनाले एक दिन खुवाउने नाम लेखाएपछि जनभोजनका संस्थापक संचालक डोरनाथ न्यौपानेले भने, यो वर्ष खुवाउन अब जम्मा १ सय ६५ दिन मात्र बाँकि छ । दश जना मानिसले नाम लेखाएपछि थप्छन्, अब त जम्मा १ सय ५५ दिन मात्र पो बाँकि भयो त !

भुइचालोपछि दिउसोको खाजा

एक दिनको जनभोजनको खर्च २५ हजार, जसवाट वालवालिका र जेष्ठ नागरिकहरुलाई विहानको खाना खुवाइन्छ । छिमेकका विद्यालयका वालवालिकाका लागि दिउसोको खाजाको प्रवन्ध पनि भुकम्पपछि संचालित छ ।

जनभोजन व्यवस्थापन समितिका स्थानीय प्रतिनिधि प्रेमनेगी लामा बत्तीमूनिको अँध्यारोलाई जनभोजनले उज्यालो बनाएको बताए । उनले यो मानवीय सहयोग र सेवाबाट विद्यालय जाने बालबालिकाहरुलाई पोषणयुक्त खाना र दिउसोको खाजा समेत उपलब्ध भएकोले विद्यालय जाने केटाकेटीको संख्या हत्तै बढेको छ । स्कुल नजाने त अब गाउमा बच्चै छैनन् । उच्च शिक्षा प्राप्त व्यक्ति नै नरहेको गाउमा अहिले पढेलेखेकाहरु गनीसाध्य छैनन् । यस दृष्टिबाट यी दशवर्षमा हाम्रो गाउको त कायापलट नै भैसक्यो ।

उनले भने, गरीव जेहेन्दार विद्यार्थीहरुले छात्रबृत्ति पाइ जीरी, पोखरा र काठमाण्डौ गएर प्राविधिक विषयमा समेत अध्ययन गरिरहेका छन् । यसले गर्दा हिजो भारी बोक्न र कुल्ली काममा जाने हाम्रा गाउका युवा आज शैक्षिक योग्यता बोकेर त्यसै अनुसारको काम गर्छन् । मलाई त यो सबै सपना जस्तै लागिरहेको छ ।

जनभोजन कार्यक्रम सामाजीक पूँजी भएको बताउदै संस्थाका महासचिव डोरनाथ न्यौपानेले हुनेले नहुने वा अलि कम हुनेलाई सहयोग गर्ने संस्कृति बढाउन स्कूल जाने बालबालिकाहरुलाई अध्ययनमा उत्पे्ररित गर्न, स्वच्छ खानेपानी खुवाउन, गाउमा उद्यमशीलता बढाउन, आधारभूत सीप सिकाउन, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिने संस्कृति निर्माण गर्न जनभोजन कार्यक्रम प्रेमरावत फाउण्डेसनसंग मिलेर प्रेम सागर फाउण्डेसनले नौ वर्ष अघि शुरुवात गरेको बताए ।

कार्यक्रमले स्थानीय अभिभावकहरुलाई च्याउ, गोलभेडा, तरकारी खेती, बाख्रा पालन, बेकरी तालिम दिइ पौरखी एबम उद्यमी बन्न उत्साहित गरिरहेको फाउण्डेसनका प्रवन्धक भोला राउतले जानकारी दिए ।

जनभोजन कार्यक्रममा प्रशासनिक खर्च ज्यादै न्यून अर्थात पाँच प्रतिशत भन्दा कम रहेको जानकारी संस्थाका उपाध्यक्ष प्रेमराज ढुंगेलले दिए । उनले भने, हामी सातवटा विद्यालयमा पढ्न जाने भाइवहिनीहरुलाई दैनिक खाना र अन्य तीन विद्यालयका विद्यार्थीहरुलाई खाजाको प्रवन्ध गरिरहेका छौं ।

ढुंगेलले, यो वर्ष ६३ हजार १ सय ७ जनाले खाना, १ लाख ६६ हजार ६८ जनाले खाजा गरि २ लाख २९ हजार १ सय ९३ जनाले खाना खाजा खाएको बताए ।

बृद्धबृद्धाहरुले भने बालबच्चाले खाना खाएर स्कूल गएपछि तातो, शुद्ध सफा र पौष्टिक खाना खाइदिनु पर्छ । खाना खाएको थाल कचौरा पनि माझ्नु पर्दैन । माझ्ने ठाउमा राखिदिए पुग्छ ।

फाउण्डेसनका दुर्गा घिमिरेले भने, वालवच्चालाई पोषणयुक्त खाना खुवाउने र विद्यालय जाने परिस्थिति बनाउनु हामीसबैको दायित्व हो । यसले बालबच्चामा पढ्ने प्रबृत्ति बढेको छ ।

भविष्यको जोहो

यो कार्यक्रमलाई भविष्यमा कसरी अझ प्रभावकारी रुपमा निरन्तरता दिने भन्ने वारेमा यहीको खाना खाएर उच्च शिक्षा प्राप्त गरी जीवनमा सफलता पाउने विद्यार्थीहरुले नै योजना वनाउने दिन धेरै टाढा नभएको विश्वास न्यौपानेले ब्यक्त गरे । उनले भने, शुरुमा दाताहरुको सहयोगमा स्थापना गरिएको जनभोजनमा विस्तारै स्थानीय व्यक्तिहरुको सहभागीताले गर्दा हामी आत्मनिर्भर बन्न लागिसकेका छौ ।

अहिले हामीलाई लागेको छ, दश वर्षमा तसर्पुमा यतिठूलो परिवर्तन संभव हुन सक्यो भने देशका ७ सय ५३ नगर तथा गाउपालिकामा जनभोजन संचालन गर्न सकियो भने नेपालको मुहार परिवर्तन हुन र सक्षम जनशक्ति तयार हुन धेरै वर्ष लाग्ने देखिदैन । स्थानीय, प्रदेश र संघीय सरकारले जनभोजनले हासिल गरेको सफलतालाई देशव्यापी बनाउने योजना थाल्यो भने सहयोग गर्न हामी तयार छौं ।

हामीलाई विश्वास छ, हरेक स्थानीय निकायले अहिले हामीले संचालन गरेजस्तो जनभोजनलाई आत्मनिर्भर बनेर संचालन गर्न सक्छन् । यसले नेपालका ७ सय ६१ सरकारको स्वाभीमानलाई हलक्कै बढाउने मात्र होइन कि प्रत्येक नागरिकलाई शिक्षित, जिम्मेवार, स्वावलम्बी, योग्य र देश तथा समाजप्रति कर्तव्यनिष्ठ पनि बनाउने छ । अनि हाम्रो देश ‘शिक्षित नेपाली, समृद्ध नेपाल’ बन्ने पक्का छ ।

  • हाम्रो कथा डट कमबाट


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२३ बैशाख २०७५, आईतवार १३:१२ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories