मुक्तिनाथ विकास बैंकका सिईओमा पोखरेल नियुक्त

1334 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

जेठ १ -मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रद्युमन पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् ।

बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । पोखरेललाई गत चैत्रमा संचालक समितिको बैठकले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

यस्तै, बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरलाई नियुक्त गरिएको छ । बुधबारदेखि पदबहाली गर्ने गरी मानन्धरलाई नियुक्ति दिइएको हो । मानन्धरले त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका छन् भने यसअघि प्रभु बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहिसकेका छन् । उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि रु. १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले प्रदान गरेका छन् ।