धादिङमा भएको दुई छुट्ट–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ,पाँच जना घाईते

1308 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


धादिङ, ३ जेठ –  धादिङ जिल्लाकोे दुई छुट्ट–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन ।
बुधवार राती (कालुपाण्डे मार्ग) मलेखु धादिङ सडक खण्डमा पर्ने च्याँडु खोलामा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन भने थांक्रे गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको दश किलोमा मोटर साईकल दुर्घटनामा परि अर्को एक जनाको ज्यान गएको हो ।
मलेखुबाट गिट्टी लिएर सदरमुकाम धादिङबेसी तर्फ जाँदै गरेको ना ३ ख ६१४३ नम्वरको ट्रक नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ मा पर्ने च्याँडु भन्ने स्थानमा दुर्घटना हुदा ट्रक धनी धादिङ त्रिपुरासुन्दरी गाँउपालिका घर भई धादिङबेसी बस्दै बस्दै आएका २६ बर्षिय गोकुल उपाध्यायको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो दुर्घटनामा अन्य चार जना घाईते भएका छन् । दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २५ बर्षिय गकुल उपाध्याय,लमजुङका ३८ बर्षिय बैंसबहादुर तामाङ,धादिङ त्रिपुरासुन्दरीका ३८ बर्षिय राजकुमार श्रेष्ठ,नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २६ बर्षिय मोहन गुरुङ र २७ बर्षिय इशा तामाङ घाईते भएका थिए । घाईतेहरु मध्ये गम्भिर अवस्थामा रहेका उपाध्याय,बैस बहादुर तामाङ र राजकुमार श्रेष्ठलाई लाई रातीनै जिल्ला अस्पताल धादिङमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाण्डौं पठाईएकोमा उपाध्यायको मृत्यु भएको र चालक श्रेष्ठको अवस्था गम्भिर रहेकोले निजको ट्रमा सेन्टर काठमाण्डौमा आईसियु कक्षमा राखी उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसैगरी धादिङकै थाक्रे गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको दशकिलामा मंगलबारे बस र मोटर साईकल ठोक्किएर भएको दुर्घटानमा परी मोटर साईलमा सवार ललितपुर कुपण्डोलका २३ वर्षिय अक्षय तण्डुकारको मृत्यु भएको छ भने मोटर साईकलमा सवार सोही ठाँउका २२ वर्षिय निकेस तण्डुकारका घाईते भएका छन् । अक्षयको भने बुधवार राती उपचारको क्रममा काठमाण्डौ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको पनि धादिङ प्रहरीले जनाईएको छ । चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको बा८९ प७९६१ मोटर साईकल र विपरित दिशाबाट आउदै गरेको ग१ ख ६९२७ नम्वरको बससंग ठक्कर खाँदा उनिहरु दुर्घटनामा परेको हो ।