सामुदायिक बनभित्र संचालन गरिएका बालुवा उद्योग नियन्त्रणमा

490 पटक पढिएको

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहीबार १४:२६

सम्पादक: Dhading News

धादिङ — बुढीगण्डकी किनार मैदीस्थित सामुदायिक वनमा अतिक्रमण गरि अवैधरुपमा संचालित ३ वटा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) जिल्ला वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।

स्थानीय वालुवा तस्करहरुले जंगलभित्रै संचालन गरेका बालुवा खानी र फिरफिरे संचालन गर्ने थ्रीफेज विद्युतीय उपकरणहरु बरामद गरेको हो कान्तिपुर डेली डट कममा खबर छ ।
जिल्ला वन कार्यालय धादिङबाट जिल्ला वन अधिकृत इमानाथ पौडेलको नेतृत्वमा खटिएको गस्ती टोलीले जिल्लाको साविक मैदी गाविस–९ (ज्वालामुखी गाउँपालिका–१) माम पर्ने मजुवा सिमलटार महिला सामुदायिक वन क्षेत्रभित्र अवैध रुपमा राखिएका अवैध फिरफिरे नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
सदरमुकाममा समेत सुराकी राखेर अवैध रुपमा खानी र वालुवा उद्योग संचालन गर्ने उद्योगीहरु गस्ती टोली गएको थाहा पाएर भागेका थिए। गस्ती टोलीले २ थान एचपी सिङ्गल फेज इलेक्ट्रिक मोटर, एक थान पम्पसेट बरामद गरेको छ। फिरफिरेका रबर बेल्ट लगायत सामानहरु एकीकृत पारी आगो लगाएर नष्ट गरिएको छ। गस्ती टोली धादिङवेसी, मलेखु, बेनिघाट, गोरखाको घ्यालचोक–दरबुङ हुदै उक्त स्थानमा पुगेको थियो।
वन कार्यालयका अनुसार जंगलभित्रको उक्त अवैध फिरफिरेमा स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाले विद्युत उपलब्ध गराएको थियो। स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाको नाममा केन्द्रिय प्रशाारण लाइनबाट विद्युत ट्रान्सफर्मर र मिटर जडान गरिदिएकाले ग्राहकलाई वितरण गर्ने र महसुल संकलन गर्ने जिम्मेवारी स्थानीय सहकारीकै भएको सदरमुकामस्थित नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा शाखा प्रमुख ध्रुव थापाले बताए।
त्यसैगरी, जिल्ला वन कार्यालयले सामुदायिक वनभित्र गजुरी गाउँपालिकाले निर्माण गरेको ल्याण्डफिल साईट पनि पुरि दिएको छ। गाउँपालिकाले जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वनको अनुमति नलिइ गजुरी–२ आँपचौरमा काशीखोला सामुदायिक वन क्षेत्रभित्र कानुन विपरित जंगल अतिक्रमण गरेर फोहरमैला फाल्ने नाममा वन अतिक्रमण गरिएको जिल्ला वन अधिकृत पौडेलले बताए।


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३ जेष्ठ २०७५, बिहीबार १४:२६ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories