सेर्तुङमा बिद्यालय वनाउन जापानी दुतावासको ९२ लाख अनुदान

1996 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको विकट मा रहेको रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा अवस्थित च्याम्रादेवी माविको विद्यालय भवन निर्माण गर्न सेर्तुङमा जापान सरकारले  ९२ लाख रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा  नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गरेका छन । २०७२ को विनासकारी भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सिधै अनुदान रकम उपलब्ध गराउने जनाएको छ ।

भूकम्पले क्षति पुगेको विद्यालयमा नयाँ कक्षाकोठा निर्माण नहुदाँ बालबालिकहरु तत्कालिन समयमा बनाएर अहिले जीर्ण भइसकेको भवनमा बसेर अध्ययन गर्न बाध्य हुदै आइरहेका छन् ।