धादिङका जगन्नाथ नेपाल नेकपाको केन्द्रिय सदस्यको सूचीमा

1306 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ ५ जेठ,। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई हालै गठन भएको नेपाल कम्युनिष्ट पार्टीको रिक्त केन्द्रिय सदस्यहरु मध्ये विघटित एमालेका तर्फबाट पठाईने ४० जनाको नाम सूची तयार पारिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख समेत रहनु भएका नेपाल विघटित एमालेका ३ नम्बर प्रदेश कमिटीको सदस्य हुनुहुनथ्यो । एमालेबाट यस अघि डाक्टर पुष्प कँडेल। केन्द्रिय लेखा आयोग संयोजक ( पार्टीको स्थायी समिति आमन्त्रितसदस्य) राजेन्द्र पाण्डे,गंगालाल तुलाधर पोलिटव्युरो सदस्य, खेम लोहनी बैकल्पिक केन्द्रिय सदस्य रहेका थिए । विघटीत एमालेका तर्फबाट थपिने केन्द्रीय सदस्यको नाम तत्कालीन एमालेपार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलले तयार पारिसकेका छन ।

थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको बताइएको छ । थपिने केन्द्रीय नेताको सूचिमा नेकपा एमाले धादिङका संस्थापक सदस्य जगन्नाथ नेपालको नाम पनि परेको छ ।  कास्कीका खगराज अधिकारी,  महेश बस्नेत, सूचना तथा सञ्चार राज्यमन्त्री  गोकुल वास्कोटा,  झापाका दीपक कार्की, पाँचथरका बसन्त नेम्वाङ रहेका छन् ।

त्यस्तै, विगत नवौ महाधिवेशनताका  संखुवासभाका राजेन्द्र गौतम, मोरङका विनोद ढकाल र घनश्याम खतिवडा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई र प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन  विष्ट पनि केन्द्रीय सदस्यको सम्भावित सूचिमा परेका छन् ।

त्यस्तै, पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, रामेछापका कैलाश ढुंगेल, चितवनका देवी ज्ञवाली र जेएन थपलिया, मकवानपुरका रामेश्वर राना, उपत्यकाका रामेश्वर फुँयालपनि केन्द्रीय सदस्यको सूचीमा अटाएका छन् ।

सम्भावित केन्द्रीय सदस्यको सूचिमा नुवाकोटका केशव पाण्डे, मुगुका गोपाल बम, तनहुँका टुकराज सिग्देल, कास्कीका कृष्ण थापा, वाग्लुङका  हिरा केसी, स्याङ्जाका  किशोरविक्रम मल्ल रहेका छन ।

यस्तै  अखिलका पूर्व उपाध्यक्ष सोभियत ढकाल, बुटवलका नेत्र पन्थी, कपिलवस्तुका बलराम अधिकारी, दाङका नरुलाल चौधरी, युवासंघका पूर्व महासचिव निरज आचार्य, सुर्खेतका मोहनमाया ढकाल, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका राजेन्द्रसिंह रावल, कैलालीका नारदमूनी रानाको नाम रहेको छ ।