त्रिशूली जलविहार : एक पृथक आनन्दानुभूति

425 पटक पढिएको

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार ०८:५७

सम्पादक: Dhading News

जीवन या त बहादुरीपूर्ण कर्म एवं यात्राको योगफल हो कि केही होइन । तरङ्गित भइरहे हेलेन केलरका शब्दहरू दिमागभरि । प्रसङ्ग थियो त्रिशूली जलविहारको । त्यो पनि साहित्यसँग साइनो जोडेर जलयात्राका सहयात्री ज्येष्ठ साहित्यकारदेखि उमेरले कनिष्ठसम्म । आआफ्नै पृथक विशेषता छन् सहयात्रीहरूका । आयोजक संस्था त्रिशूली वाङ्मय प्रतिष्ठान र आवगमन व्यवस्थापक मकालु एडभेन्चर । एघार जनाको साहित्यिक टोली निकै उत्साहित बन्यो, जलविहारमा सहभागी बन्न ।

जोन फ्रेमन्ट र होरेस एच्. डेले अठारौँ शताब्दीको मध्यतिर पहिलोपटक व्यावसायिक रबर राफ्ट प्रयोग गरेको इतिहास पढेका हामी यसै पनि पुलकित थियौँ । हाम्रो निम्ति त्रिशूली स्नेक नदी (पहिलो राफ्टिङ भएको नदी) थियो । कल्पनाको तरङ्गमा तरङ्गिँदै यात्रा प्रारम्भ भयो, अलिकति गलफती र फतफताइसँगै । समयको मूल्यबारेको किञ्चित बहससँगै अविराम अघि बढ्यो जलक्रिडाको आकर्षणले तानेको हाम्रो यात्रा । एकाध घण्टापश्चात गुडिरहेका छौँ हामी त्रिशूलीको तिरैतिर ।

झमक्क साँझ परिसकेको छ, चुक घोप्ट्याएसरि, त्रिशूली किनारमा बसबाट उत्रँदा । बसको तीनघण्टे उफ्राइपछि थकित भएका हामीलाई कार्यक्रम संयोजक राजेन्द्रमान श्रेष्ठको मधुर मुस्कानले भिन्नैखाले ऊर्जा भर्छ । तीन–चार घण्टाको हल्का आक्रोश रूपान्तरित हुन्छ मुस्कानमा । त्यसो त खरोपन नै असली परिचय हो राजेन्द्रमानको । आलटाल र झारा टराइलाई उनी स्वभावतः उतिसारो हजम गर्न सक्दैनन् । तोकिएको काम तोकिएकै समयमा, तोकिएकै व्यक्तिद्वारा पूरा हुनुपर्छ अन्यथा मानसिब कारण पेश गर्नुपर्छ भन्ने कुरामा दृढतापूर्वक उभिन्छन् उनी । शायद यही वैशिष्ट्य होला उनको ।

बसबाट उत्रनासाथ ओरालिन्छ एघार सदस्यीय साहित्यिक टोली, त्रिशूलीको झोलुङ्गे पुलतिर पुलकति हुँदै, गफिँदै र तस्विर लिँदै । चिर्बिराउँदै चिर्बिराउँदै भर्खर बास बसेका छन् चराहरू, नजिकैको बाँसको झ्याङतिर । मान्छेहरू दिनभरिको कामपछि आआफ्ना बासस्थानतिर लुखुरलुखुर फर्किरहेको दृश्य देखिन्छ धुमिलरूपमा । पुलमा पाइला हाल्नासाथ अनेक पोजमा तस्विर खिचाउन मन पर्छ लक्ष्मी र कुमारीलाई । आकाशमा बिजुली चम्केझैँ लाग्छन् सेलफोनका फ्ल्यास । टोलीका सदस्यहरू जो भेटिए पनि मोबाइल थामाइहाल्ने । टहटह मुस्कुराइरहेछ जून आकाशमा किनकि दिउँसोको असिनापानीपश्चात छङ्ङ छ आकाश । र त पोखिएको छ चमक त्रिशूली किनारको पाखाभरि । पारिपट्टिका रिसोर्टहरूमा रङ्गीविरङ्गी प्रकाशमा छमछम नाचिरहेको प्रतीत हुन्छ । यता सेल्फीमै व्यस्त छन् प्रोल्लास सिन्धुलीय पनि पुलको बीचतिर, कपालको चुल्ठो मिलाउँदै । रमणीय दृश्यपान गर्ने र ब्यानर बोक्ने जिम्मा छ कृष्णकिशु र म दुई थान सदस्यको ।

उता पत्तै नपाई राजेन्द्रमान, युवराज, श्रीहरि, आरएम र प्रोल्लासको टोलीले पुलमाथिको हाम्रो कायाको बाहिरी एक्स–रे लिई पो सकेछन् आआफ्ना मोबाइलमा । मिलिक्क बिजुली तलबाट चम्कँदा पो थाहा भो । जब टेकियो आँगन रिभर फन रिसोर्टको तब झुल्किहाले शङ्कर अधिकारी हामीलाई ग्वाम्लाङ्ङ अँगालो हाल्न । चल्यो भलाकुसारी । आरएम डङ्गोलले सबै सदस्यहरूको परिचय गराए भने गम्भीर तवरले उनलाई सुन्दै मुन्टो हल्लाइरहे शङ्करले चाहिँ, रङ्गीविरङ्गी मादक वातावरणमा ।

भनिन्छ, सिङ्गो जिन्दगी नै आफ्नै हतामा भएको सुर र ताल न हो । यही सोच्दा सोच्दै आवाज आयो– खाजा तयार भयो ।

खाजाको धुन, गानाबजानाको धुन झण्डै एकैचोटि । त्यसमाथि हल्का मादकता थप्यो सोमरसको सुक्र्याइले । भनिन्छ, सोमरसले नजानेका कुरा पनि जानेझैँ बाहिर निकाल्छ र नभएको कला र शिल्पलाई पनि भएझैँ भान पार्छ । यस्तै प्रतीत हुन्थ्यो त्यहाँ तातेको माहोलले ।

यसैबबीच खैलाबैला मच्चिन्छ, यात्राका एक होनहार सहयात्री श्याम पाठकमाथि लाठोको आक्रमणले । छिप्पिसकेको रातको समय छ, कुदाकुद हुन्छ हाम्रो । हतियारधारी अपरिचित एक स्थानीयबासीले खेदेको र नजिकैको अर्को रिसोर्टमा छिरेपछि हतियारधारी गायब भएको सूचना प्राप्त हुन्छ हामीलाई र सँगै ल्याउँछौँ उहाँलाई । परन्तु त्यो किन र कसरी भन्ने सवाल अनुत्तरित नै रहन्छ । आफ्ना रचना वाचान गर्ने कार्यक्रम रहेकाले यो परिघटना ओझेलमा पर्छ पनि, भलै मनभित्र अनगिन्ती प्रश्नका छालहरू उठेकै किन नहुन् ।

त्यसो त जीवन निभेपछि शवदहनको खरानी पनि उसैगरी हेलिने न हो जलयात्रामा । फगत भिन्नता यतिमात्रै हो– अहिले रबरको नाउमाथिको यात्रा र त्यसबेला जलको माथि माथिको यात्रा । शायद अधिकांशको मनस्थिति यही हुनुपर्छ । त्रिशूलीको किनारमा छ साहित्ययात्राको टोली । लाग्छ, धमिलो मनलाई पनि आफूजस्तै सङ्लो बनाउने ताकत राख्छ त्रिशूलीले । भलै यतिबेला त्रिशूली आफैँ पनि किञ्चित कल्मष बोकेर हिँडेको प्रतीत हुन्छ हामीलाई जो एउटा सफा समुद्र गन्तव्य तय गर्दै अथक यात्रामा यात्रारत छ । परन्तु हाम्रो यात्रा भने अनिश्चित छ । घरि मन गरुङ्गो हुन्छ एउटा तानामा– कदाचित सयर गरेको नाउ घोप्टियो भने ¤ पौडीमा पारङ्गत नहुनुको निजी भय महाभय भएर उभिन्छ कल्पनाको तटमा । आखिर एकैछिनपछि पूर्वमनसुनका कारण किञ्चित धमिलिएको त्रिशूलीमा चोपलिनु नै छ, बनावटी र देखावटी निर्भयका साथ । र त एक मनले सोच्छ– एकबारको जीवन अरू कुनै पात्रले च्वच्व…. विचरा भनेर दयाको भिख दिने खालको होइन, बरु ईष्र्या गर्ने खालको होस् । थप सोच्छ– डुब्यो भने पानीलाई दोष, लड्यो भने ढुङ्गालाई दोष, सार्थक काम गर्न चुक्यो भाग्यलाई दोष ¤ अनि आफू हुनुको वैशिष्ट्य र मूल्य ? अनि जिन्दगीलाई भिजेको कागजझैँ किन बनाउनु– न लेख्न मिल्ने, न डढाएर खरानी बनाउन ?

यस्तै कल्पनामा तैरँदा तैरँदै ढुङ्गामा तैरने बेला भई पो सकेछ । लाइफ ज्याकेटले शरीरलाई बेरेर हामी तम्तयार भयौँ नदीमा तैरिन । तैपनि हतारमा कोही भएझैँ लाग्दैनथ्यो जसरी नदीलाई समुद्र भेट्न हुँदैन । मिलन हटुवालले अङ्ग्रेजीमा धारा प्रवाह हामीलाई के गर्ने र के नगर्ने भनी अथ्र्याए, बडो आकर्षक अनि कलात्मक शैलीमा । कलिलो शिशुले कडा शिक्षकको आदेश पालन गर्न मुन्टो हल्लाएझैँ हल्लायो हाम्रो टोलीले । एकातिर रमाइलोको हतारो अर्कोतिर दुर्घटनाको अनिश्चित भय, उकुस मुकुस थियो मन । यही अन्योलताको दोसाँधमा अघि बढ्यो रबरको नाउ । मिलनको स्वभाव मजाकलाग्दो छ र हाम्रो भयभीत मनलाई त्राण मिलेको छ । उनी बेला बेला ¥यापिडका नाम भट्याउँछन् त कहिले ‘इन्साइड, फास्टर, स्लो डाउन, ¥यापिड अहेड’ आदि इत्यादि । निर्धक्क बन्दैछ टोली उनका सामयिक र सटिक निर्देशनले ।

‘फ्यास्टर….. अफसेट वन….. गेट इन’ हडबडाए हटुवाल । पहिले नै जानकारी गराएका थिए उनले ‘अफसेट वन’ त्रिशूली ¥याफ्टिङ दुरीको सबैभन्दा ठूलो ¥यापिड । त्रसित भयौँ हामी तर उमङ्गसहितको एड्भेन्चर थियो त्यो र एउटा रोमाञ्चक परन्तु कठिन क्षण । हामी निर्देशन अक्षरसः पालन गर्दै थियौँ र ध्यान दिएर सुन्दै पनि । हामीले आफ्नो बुताले भ्याएसम्म सन्तुलन गुम्न दिएनौँ ¥याफ्टको तसर्थ पल्टनबाट जोगियो डुङ्गा । संयोगवस सफलता हात प¥यो हामीलाई । परन्तु हामीलाई पछ्याइरहेको अर्को डुङ्गा उत्ताना टाङ भयो । जलयात्रुमा कोलाहल मच्चियो, नदीमा बग्न थाले । किन्तु ठिक तल्तिर हामीले बगेका जलयात्रीलाई उद्धार ग¥यौँ र फे¥यौँ सन्तोषको सास । चिहिलबिहिल बनेका उनीहरू अत्यन्तै आत्तिएका थिए । जीवन र मृत्युको दोसाँधमा हुँदा मान्छेको हविगत कस्तो हुँदो रहेछ भन्ने प्रत्यक्ष अनुभूति पनि सँगालियो त्यतिखेर । छारेरोग उठेर अचेत भएका यात्रीका साथीहरूलाई समेत ढाडस दिइयो । त्यतिबेला त यस्तो लाग्यो– आत्मविश्वास नै सफलताको मुख्य राज हो र मनोबल नभएको मानिसको कुनै स्थान छैन यो संसारमा । संयोगले बाँचेको जस्तो लाग्नेहरूलाई नियाल्दा स्मरण भयो– बाँच्न लायक उही हुन्छ जो मर्न तयार हुन्छ ।

‘जिन्दगीमा यो जति मज्जा कहिल्यै भएन ।’

फुत्किइहाल्यो श्रीहरिदाइको ओठबाट जसले अनेक विधाका तीन दर्जन पुस्तक जन्माए र तीस वसन्त सरकारी नुन पनि खाए । यति लामो कालखण्डमा समेत यति ज्यास्ती आनन्दानुभूति कहिल्यै नभएको प्रष्ट झल्कन्थ्यो उनको यो कथनले । आखिर यस्तै यस्तै यात्राका डोबहरूको समष्टि नै त जीवन होला । लुकामारी खेलिरहेछ एक भुल्को बादल हामीलाई जिस्क्याएझैँ गरी । छङ्छङाइरहेछ त्रिशूलीमा जलको मुस्लो । एघार थान यायावरहरू पुलकित छौँ सफल जलयात्रा तुरेपछि । न अस्मेल भेल छ न सफा छ जल । समय अविच्छिन्न कुदिरहेछ त्रिशूलीको जल प्रवाहजस्तै ।

-इहिमालय टाईम्स डट कमबाट



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ जेष्ठ २०७५, सोमबार ०८:५७ मा प्रकाशित

समाचार

सबै

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली.....

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा.....

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको.....

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व.....

प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर.....

Categories