गल्छी गाउँपालिकामा १ दिनमै नक्सापास !

1032 पटक पढिएको

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आईतवार ०७:२६

सम्पादक: Dhading News

गल्छी गाउँपालिकाको कार्यालयले दिने गरेको सेवामध्ये नक्सापास प्रकृया गलत ढंगबाट हुने गरेको सेवाग्राहीहरुले वताएका छन ।
शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर २ केउरिनिटारमा आयोजित गल्छी गाउँपालिकाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको बिषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीहरुले यस्तो गुनासो गरेका हुन ।
गाउँपालिकाले घर वनाउँदा अनिवार्य नक्सापासको व्यवस्था गरेको भएपनि त्यो नक्सापासको काम १ दिनमै पुरा गरेर गाउँपालिकाले अनियमितता गरिरहेको सर्वसाधरणको गुनासो छ । घर बनाउँदा छरछिमेकीलाई असर पर्ने नपर्ने बारेमा कुनै सुनुवाई गर्ने मौका समेत नपाएको, चार किल्ला प्रमाणित,संधियारको मुचुल्का जस्ता काम कार्यालयको एउटा कोठामै बसेर गरिदिने गरेको प्रमाण सहित सार्वजनिक सुनुवाईमा जानकारी गराईएको थियो । सेवाग्राहीहरुले उठाएको गुनासोको बिषयमा जवाफ दिंदै गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले यस्ता गल्तीहरु हुन नदिन आंफुहरु प्रतिवद्ध रहेको र यस अघि भएका कमिकमजोरी को वाट भएको हो अनुसन्धान गरिने वताउनु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा कर्मचारी अनुपस्थित थिए भने गु्नासोहरुका वारेमा गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सना, वडा नम्बर १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा, २ का अध्यक्ष षडानन्द खनाल र ३ का अध्यक्ष कपिल रेग्मीले जवाफ दिनु भएको थियो ।गल्छी गाउँपालिकाको आयोजना र इन्सेकको सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङले सहजीकरण गरेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ जेष्ठ २०७५, आईतवार ०७:२६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक.....

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा.....

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी.....

Categories