logo

लालपुर्जा नहुंदा चेपाङले घर बनाउन पाएनन्

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनीघाटरोराङ-भूकम्प पश्चातको आवास पुनर्निर्माण लाभग्राही सूचीमा नाम नपरेर घर बनाउन नपाएको कुरा त पुरानै हो । आवास पुनर्निर्माण सूचीमा नाम भएर पनि घर बनाउन नपाएको समस्या आएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ (साविक महादेस्थान गाविस वडा नं. २ र ३) पार्लाक, बाङकुर्ती र भैंसे गाउँका चेपाङ समुदाय यस्तो समस्यामा परेका हुन् कारोवार दैनिकले खबर लेखेको छ ।
बाकुराङबाट पूर्णबहादुर चेपाङ, हस्तबहादुर प्रजा, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोम सिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दिपलाल चेपाङ, सोमबहादुर चेपाङ र सोमबहादुर चेपाङको आवास निर्माण लाभग्राही सूचीमा नाम परेको छ । यसैगरी पार्लाकबाट शुकराम चेपाङ, लालबहादुर चेपाङ, दिलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइत सिं चेपाङको नाम पनि आवास निर्माण लाभग्राही सूचीमा छ । आवास निर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न सम्झौता रोकिएपछि धेरै पटक गाविस-वडा कार्यालय र गाउँपालिका धाएको जीतबहादुर चेपाङले बताए । आवास निर्माण लाभग्राही सूचीमा नाम नपरेकालाई नाम निस्केन भन्ने चिन्ता छ । लाभग्राही सूचीमा नाम नपरेका दिलबहादुर चेपाङ, जगतबहादुर चेपाङ र रुपबहादुर चेपाङ छन् । दिलबहादुर चेपाङले थपे, “मेरो त घरको जगसम्मै लडेको थियो नाम निस्केन । सुस्केरा हाल्दै नाम निस्काकाहरूले पनि घर बनाउन पाएका छैनन् । नाम निस्केर मात्र के गर्नु हाम्रो त पुर्जा छैन हामीले घर बनाउन नपाउने भन्छन् ।” उनले भने, “हाम्रो लागि बोलीदिने को छ र ।” घरको जगसम्म पुरेका अर्का लालबहादुर चेपाङले थपे बिहान बेलुका के खाउँ भन्नु परेको छ । घर कसरी बनाएर बस्नु । न पानी छ, न अन्न, छ त दुःखी ज्यानमात्र ।
आफूहरूसँग जग्गा हुदाँहुँदै पनि सुकुम्वासी हुनु परेकोमा पीडा छ । जुन पीडा हटाउन हाम्रो मात्रै प्रयासले सकिँदैन । गाउँभरिका सबैको पुर्जा छैन । पार्लाक र बाङकुर्ती गाउँका जग्गा २०३२ सालमा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं. ४ को ठेगानामा नापी भएको थियो । अहिले जग्गाको नापी छैन । जग्गाको पुर्जा पनि छैन । उठिवास लाउँछ कि सरकारले । हामीलाई धादिङ चाहिन्छ । चितवन जादैनौ एकै सासमा रुपबहादुर चेपाङले भने । हामीलाई खाने चीज र खानेपानी पनि छैन । सुत्केरीलाई टाँकीको मुन्टा, सिस्नो, लट्टे खुवाउनु पर्ने अवस्थाका हामीले कसरी घर बनाउनु । हामी ज्यालाबाट बाँचेका छौ । जंगलमा केही खाने चीज छ कि भनेर खोज्न हिँड्नु पर्छ । कयौ दिन भोकै सुतेको सम्झन रुपबहादुर ।
वडाध्यक्ष टंकबहादुर थापाका अनुसार धादिङबाट नापी भएको भूगोल पछि चितवनमा गाभिएकाले श्रेस्ता चितवन पठाएको छ । उनीहरूले नापी भएदेखि भूमिकर तिरेका छैनन् । अब पुर्जा निकाल्न भूमिकर तिर्नुपर्ने अवस्था आयो भने कसरी तिर्न सक्छन् । अहिले उनीहरूले नागरिकता र मतदाता परिचयपत्र धादिङबाट लिएका छन् । समस्या समाधान गर्न चितवनको राप्ती नगरपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संयुक्त रूपमा पहल गर्नुपर्ने बताए ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic