आर्थिक वर्ष २०७५/७६ बजेटको पूर्ण पाठ

2447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाण्डौं: आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताउनुभयो। यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका  लागि ८ खर्ब ३१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ५३ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ। सरकारले १ सय ७२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।

आर्थिक वर्ष २०७५/७६ बजेटको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस