धादिङको थांक्रेमा ट्रक र जीप ठोक्कियो, ट्रकमा आगलागी, तीन जना घाईते (फोटो फिचर )

2561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे,२१ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा पर्ने सातकिला स्थित पृथ्वी राजमार्गमा सोमबार दिउँसो ४ वजे तिर मालवाहक ट्रक संग बोलेरो जीप एकआपसमा ठोक्किदाँ ट्रकमा आगजनी भएको छ ।
चितवनबाट काठमाडौँ तर्फ सिमेण्ट लिएर जाँदै गरेको ना ५ ख ८७७० नम्बरकोे ट्रक संग काठमाण्डौंबाट चितवन तर्फ जाँदै गरेको गरेको बा १७ च १०९३ नम्बरको कुखुरा वोक्ने बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुईवटा सवारी साधन एक आपसमा ठोक्किएपछि ट्रकको ट्याङकीबाट आगो निस्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा बोलेरो जीपमा सबार तीन जना घाईते भएका छन । घाईतेहरुको महादेवबेसी स्थित पोलिक्निकमा प्रारम्भिक उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थल नजिकै दमकल नभएका कारण जिल्ला सदरमुकाम धादिङबेसीबाट घटना भएको डेढ घण्टा पछि दुद्र्धटना स्थल पुगेको दमकलको सहायतामा आगो निभाउने कार्य भईरहेको छ । केही दिन अघि पनि पृथ्वीराजमार्गको महादेबबेसी नजिकै भएको दुर्घटनामा ट्रकमा आगजनी भएको थियो ।
दुर्घटनापछि दुई घण्टा भन्दा बढि समय राजमार्ग पूर्ण रुपमा बन्द रहेको थियो ।