स्वास्थ्य सेवा बिन्दुमा महिलाको व्यवस्थापन

503 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बेनीघाट/ दक्षिणी धादिङको बेनीघाट गाविस–७ डाँडागाउँका महिलाहरुको सक्रियतामा सञ्चालन भएको स्वास्थ्य सेवा बिन्दु जिल्लाकै नमुनाका रुपमा सञ्चालन गरिएको छ ।

महिलाहरुले ऋण गरेर ‘बर्थिङ सेन्टर’ र स्वास्थ्य सेवा बिन्दुको भवन निर्माण गरेको र हालसम्म पनि सबै काम पूरा नभएकाले यसलाई पूर्णता दिने उनीहरुले बताएका छन् ।

स्थानीय आमा समूहले बनाएको भवनमा नियमित स्वास्थ्य सेवा दिन अनमी पठाएको छ ।

महिलाहरुको भेलाले सङ्गीता विसुरालको अध्यक्षतामा १५ सदस्यीय स्वास्थ्य सेवा बिन्दु तथा बर्थिङ सेन्टर व्यवस्थापन समितिको गठन गरिएको छ ।

सो बिन्दुमा सुरक्षित सुत्केरी, प्रसूति सेवा, गर्भजाँच सेवा, परिवार नियोजन, पोषण, खोपलगायतका साधारण रोग निदान सेवा उपलब्ध छ । बिन्दु सञ्चालनको लागि महिलाहरुले नियमित वचत सङ्कलन गर्दै आएको महिला स्वास्थ्य स्वयम्सेविका पार्वती त्रिपाठीले जानकारी दिनुभयो ।