रसिया विश्वकपमा तोडिन सक्ने यी ५ रेकर्ड 

951 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । फुटबल विश्वकप नजिकिदै गर्दा विश्वकपमा बेनका कैयौ रेकर्डहरु पनि तोडिने सम्भावना रहन्छ ।

अहिलेसम्म सबैभन्दा धेरै पटक विश्वकप जितेको ब्राजिल, फाइनलमा पुगेर पनि विश्वकप जित्न नसकेको स्विडेन, गत विश्वकपमा फाइनलमा पुगेर विश्वकप जित्न नसकेको अर्जेन्टिना, अहिले सम्म विश्वकपको सेमिफाइनलसम्म पनि नपुगेका अफ्रिकी देश, यी यस्ता विश्वकपका घटनाहरु यस विश्वकपमा तोडिएलान्, दोहोरिएलान या नयाँ रेकर्ड बन्लान्, यो त विश्वकप पछि नै थाहा हुने छ । तर हामि यँहा यस विश्वकपमा तोडिन सक्ने केहि रेकर्डहरुको चर्चा गदैछौ ।

१.बढी उमेरको विश्वकप खेल्ने खेलाडी : विश्वकपमा धेरै उमेरमा खेल्ने रेकर्ड कोलम्बियाका खेलाडी फार्यड मोनड्रागनको नाममा रहेको छ ।

उनले २०१४ को विश्वकपमा जापानविरुद्ध ८५औ मिनेटमा मैदानमा प्रवेश गर्दै ४३ बर्ष ३ दिनका दिन विश्वकप खेलेर विश्वकपको इतिहासमा सबै भन्दा बढी उमेरमा खेल्ने खेलाडीको रेकर्ड बनाएका थिए । तर यस विश्वकपमा यो रेकर्ड तोडिने सम्भावना देखिएको छ । यस विश्वकपमा इजिप्टका गोल किपर एसाम एल हादरीले ४५ बर्षको उमेरमा विश्वकपको २३ सदस्यीय टिममा परेका छन् । उनि विश्वकपमा सहभागी हुने अहिलेसमकै सबैभन्दा बढी उमेरका खेलाडी त बनेका छन् तर अब उनले विश्वकप खेले भने उनले विश्वकपमा अर्को नयाँ रेकर्ड बनाउने छन् ।

२. दुई टिमबीच विश्वकपमा धेरै खेल : विश्वकपको इतिहासमा धेरै पटक खेल्ने टिमको रेकर्ड ब्राजिल र स्विडेन त्यस्तै जर्मनी र सर्बिया (युगोस्लाभिया) तथा अर्जेन्टिना र जर्मनीको नाममा रहेको छ । यी टिम अहिलेसम्म विश्वकपमा ७-७ पटक खेलेका छन् । यस विश्वकपमा पनि यी टिमहरु सँगै खेल्ने सम्भावना देखीएको छ ।

यदि जर्मनीले आफ्नो समुहमा शिर्ष स्थान हासिल गरेमा र सर्बिया समुहमा दोस्रो भएमा अथवा यसको ठिक उल्टो भएमा दुवै टिम अन्तिम १६ मा सँगै खेल्ने छन् । त्यस्तै ब्राजिल समुहमा पहिलो र स्विडेन दोस्रो भएमा वा ठिक उल्टो भएमा पनि यी टिम अन्तिम १६ का खेलमा फेरी एक पटक विश्वकपमा सँगै खेल्ने छन् ।

अर्जेन्टिना र जर्मनीको प्रसंगमा भने उनीहरुले समुह चरण पार गरेर अन्तिम १६ को खेल जितेमा यस विश्वकपको क्वाटरफाइनलमा उनीहरुको भेट हुन् सक्दछ । यी रेकर्ड पनि यस विश्वकपमा तोडिन सक्ने रेकर्डको रुपमा रहेको छ ।

३. चौथो हुने रेकर्ड : अहिलेसम्म विश्वकपमा चौथो स्थान धेरै हासिल गर्ने रेकर्ड उरुग्वेको नाममा रहेको छ । उरुग्वे सन १९५४, १९७० र २०१० मा चौथो भएको छ भने ब्राजिल १९७४ र २०१४ मा चौथो भएको छ । ब्राजिल चौथो भएर यो रेकर्ड बराबरी त गर्न अवश्य चाहदैन तर पनि ब्राजिल चौथो भएका यस रेकर्डको बराबरी हुने छ ।

४. धेरै समयको अन्तरपछि विश्वकप जित्ने रेकर्ड : दुई विश्वकप उपाधि जित्ने अन्तर ४४ बर्षको अन्तरमा विश्वकप जितेर धेरै अब्र्श्को अन्तरमा विश्वकप इटालीले जितेको छ । पहिलो पटक सन १९३८ मा विश्वकप जितेको इटालीले सन १९८२ मा ४४ बर्षपछि विश्वकप जितेको थियो । अब अहिलेको विश्वकप खेल्ने टिममा दुई यस्ता यस अघि विश्वकप जितेका टिम छन् जसमा उरुग्वेले १९५० मा विश्वकप जितेपछि विश्वकप जितेको छैन भने इङल्याण्डले १९६६ मा विश्वकप जितेपछि विश्वकपक ओउपाधि जितेको छैन । यी दुई टिम मध्ये एकले विश्वकप जिते इटालीले राखेको रेकर्ड तोडिने छ ।

५. पेनाल्टी सुटआउटमा जित : विश्वकपमा पेनाल्टी सुटआउटमा धेरै खेल जित्ने रेकर्ड अर्जेन्टिना र जर्मनीको नाममा रहेको छ । दुवै टिमले विश्वकपका ४-४ वटा खेल पेनाल्टी सुटआउटमा जितेका छन् । जर्मनीले १९८२, १९८६ १९९० र २००६ मा पेनाल्टी सुटआउटमा खेल जितेको थियो भने अर्जेन्टिनाले सन १९९० मा दुई खेल र १९९८ र २०१४ मा पेनाल्टी सुट आउटमा खेल जितेको थियो । २००६ को क्वाटरफाइनलमा जर्मनीसँग नै पेनाल्टीमा अर्जेन्टिना हारेको थियो । त्यसैले यस विश्वकपमा जर्मनी या अर्जेन्टिनाले पेनाल्टीमा कुनै खेल जिते यो रेकर्ड तोडिने छ ।
– खरिबोट डट कमबाट