कफी खेतीमा एनआरएनको लगानी

686 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ। गैरआवासीय नेपाली (एनआरएन) ले नेपालको कफी खेतीमा लगानी गर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएपछि उनीहरु यसमा आकषिर्त हुन थालेका हुन् ।

coffee-1पाल्पाका सन्तोष पोख्रेलले एनआरएन बेल्जियमका संस्थापक कोषाध्यक्ष बासु खड्कासँगको साझेदारीमा धादिङको नलाङमा कफी खेती सुरु गरेका छन् । उनीहरुले २ सय २० रोपनी जग्गामा २२ हजार विरुवा रोपेका छन् । अर्गानिक हिमालय ओर्जिनल कफी कम्पनी र सनराइज अर्गानिक कम्पनी चालएका पोख्रेलले विदेशमा कफीको माग बढेपछि कफी खेतीतर्फ आकषिर्त भएका पोख्रेलमात्र होइन स्याङ्जाका बोधराज अर्यालले पनि जापानीसँग मिलेर कफी खेती सुरु गरेका छन् ।

एनआरएनले नुवाकोट, स्याङ्जा, ललितपुर, पर्वत, पाल्पालगायतका जिल्लामा लगानी गर्ने तयारी गरेको कफी व्यवसायी महासंघले जनाएको खबर नागरिक दैनिकले छापेको छ । ‘थोरै मेहनत र लगानीमा राम्रो प्रतिफल आउने भएपछि विदेशी र एनआरएन कफीमा लगानी गर्न लालायित देखिएका छन्,’ महासंघका महासचिव भवानीप्रसाद शर्माले भने । कफीको भविष्य राम्रो देखेर लगानी बढेको शर्माको भनाई छ ।