चुम्लिङटार नजिकै दुर्घटना चार जनाको मृत्यु

873 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ असार – चितवन जिल्लामा पर्ने इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारा ( पृथ्वीराजमार्ग)  शुक्रवार विहान भएको दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्वरको ट्रक र पोखराबाट काठमाण्डौका लागि छुटेको ग १ ख ७६९२ नम्वरको माईक्रो बस शुक्रवार विहान ७ वजे तिर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिन चितवनले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रो चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसी रहेको चितवन प्रहरीले जनाएको छ । यसै गरी अर्का एक महिला सहित दुई पुरुषको भने सनाखत हुन सकेको छैन । दुर्घटनापछि ट्रक त्रिशुली नदी किनारमा पुगेको थियो।
माईक्रो बसले टिकट नकाटेको र चलानी नभरेका कारण अन्यको सनाखत हुन नसकेको ईलाका प्रहरीले जनाएको छ । घाईते ६ जनाको अवस्था पनी गम्भिर रहेकोले उनिहरुलाई स्थानीय अस्पतालमा उपचार पछी थप उपचार गर्न चितवनको भरतपुरतर्फ पठाईएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।