मलेसियामा नेपालीले धादिङकी एक महिला बलात्कार गरेको भन्दै उजुरी

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया – मलेसियामा एक नेपाली महिलाले चार महिनादेखि आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी छिन् ।

धादिङकी एक महिलाले मलेसियामा कार्यरत बुटवलका आशबहादुर बिकले बलात्कार गरेको भन्दै उजुरी दिएकी मलेसियामा रहेको नेपाली दूतावासले जनाएको उज्यालो अनलाइनमा खबर छ ।

आशबहादुरले पीडित महिला बस्ने होटलमा दिनहुँ जाने, ढोका नखोल्दा जबर्जस्ती लात्ताले हानेर ढोका खाेल्ने र भित्र पसेर ज्यान मार्ने धम्की दिने गरेको पीडित  महिलाले दिएकाे जाहेरीमा उल्लेख छ ।

साथै, आशबहादुरले पीडित महिलाको नामबाट फेसबुक आइडी बनाइ अश्लिल फोटोहरु राख्ने, उनको श्रीमान् र आफन्तलाई अश्लिल म्यासेज पठाउने गरेका थिए ।

मलेसियन नागरिकसँग बिहे गरेका आशबहादुरले स्थानीय गुण्डासँग मिलेर डर देखाउँदै यस्तो कार्य गर्दै आएको पनि खुलेको छ । पीडित महिलाले आशबहादुरलाई कारबाही गरी आफ्नो उद्दारका लागि दूतावासमा निवेदन दिएकी छन् ।