त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरो, ५ घर जोखिममा

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चौतारा – गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालय सहित ५ घर उच्च जोखिममा परेका छन् ।

सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको ३ वटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताए । भूकम्पपछि पुनःनिर्माण गरिएका ती घर निर्माणको अन्तिमचरणमा छन् ।

सोही ठाउँ निवासी खड्गबहादुर श्रेष्ठ र साबिक तौथली ७ मा पर्ने निर्माणाधिन सेतीदेवी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष श्रेष्ठले बताए ।
रासस