बिद्युत्त प्राधिकरणको लापरवाहीे,गल्छी ६ को बस्तीमा दुई सातादेखि विजुली बलेन

1806 पटक पढिएको

प्रकाशित मिति: ४ असार २०७५, सोमबार १३:५६

सम्पादक: Dhading News

धादिङ,४ असार -धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को चारवटा टोलमा बिद्युत्त प्राधिकरणको लापरवाहीका कारण गएको जेठ २२ गते देखि बिद्युत्त लाईन अबरुद्ध हुन पुगेको छ ।
पृथ्वीराजमार्गको महेशदोभानबाट माझिखेत,माझिलोसे, रैकर,बराडाँडा लगायतको गाउँ तर्फ लगेको बिद्युत्त लाइनमा समस्या देखिएको भन्दै नेपाल बिद्युत्त प्राधिकरण गजुरी शाखाका कर्मचारीले जेठ २२ गते काटिदिएको बिद्युत्तलाइन अझे सम्म नजोडिदिंदा गाउँबासीले विजुली उपभोग गर्न नपाएका हुन । राजमार्गबाट २० मिनेटको दुरीमा रहेको बस्ती दुई साता देखि बिद्युत्त विहिन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीयको आरोप छ ।
बस्तीमा लगेको विजुलीको लाइन संग माझिखेतमा भर्खरै संचालनमा आएको वालुवा प्रशोधन उद्योगमा जोडेको बिद्युत्त लाइन हावा चलेको बेला एक आपसमा जुध्ने भएपछि प्राधिकरणले बस्ती तर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत संचालन गरिदिएको छ । उद्योग वरिपरीका घरमा पनि विजुली वलिरहेको छ । त्यहाँबाट २ सय मिटर परको बस्ती भने टुकीको भरमा बस्नु परेको भन्दै स्थानीयले प्राधिकरणको लापरवाहीको विरोध जनाएका छन् ।
गाउँका ३० घर परिवार दुई साता देखि बिजुली उपभोग गर्नबाट बञ्चित हुनुपरेपछि काटिएको लाइन जोडिदिन अनुरोध गर्दे गाउँवासी दर्जनौं पटक बिद्युत्त प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन । गाउँवासीले लाइन जोेडिदिन मौखिक तथा लिखित अनु्रोध गरेपनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन । बिद्युत्त प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनिहरुले गल्छी गाउँपालिका,धादिङ क्षेत्र नम्बर १ का सांसद भुमिप्रसाद त्रिपाठी,जिल्ला प्रशासन कार्यालय, नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा मार्फत पनि प्राधिकरणको गजुरी शाखाको ध्यानाकर्षण गराएपनि खासै उपलव्धि हुन नसकेको उनले वताए ।
राजमार्गबाट गाउँ तर्फ लगिएको विजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्नेक्रम बढिरहेको छ, ‘प्राधिकरणले लाइन काटेपछि दुईवटा पोल ढलिसक्यो, कृही व्यक्तिले यहि मौका छोपेर आफ्नो खेतमा पोल गाड्न नदिएपछि गाउँबासी नजिकैको टोलमा वलेको विजुली हेरेर टुकी र मैनबत्ती वालेर बस्न वाध्य भएका छन । गाउँमा रहेको काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर रहेको छ,केही ठाउँमा भाँचिएको पोललाई टेको दिएर अड्याएर राखिएको छ’ स्थानीय स्थानीय प्रविन भण्डारी बताउँछन ।
अहिले विजुली वन्द भएको गाउँबस्तीमा अहिलेकै अवस्थामा विजुली लाइन सुचारु गर्न सक्ने अवस्था छैन, गत बर्षको पुसमा पनि एक महिना सम्म गाउँमा विजुली वन्द भएपछि वडाबाट तत्काल वजेट निकासा गरी विग्रिएको लाइन वनाएर गाउँमा विजुली वाल्ने व्यवस्था मिलाएको गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । विगतमा जहाँ जहाँ पोल गाडिएका थिए त्यही स्थानमा पुराना पोल हटाएर नयाँ पोल गाड्नु पर्ने प्राधिकरणको भनाई छ, केही व्यक्तिले भने अनावश्यक विवाद सिर्जना गरी आफ्नो जग्गामा पोल गाड्न नदिने अडान लिएका कारण बिद्युत्त प्राधिकरणको ढिलासुस्ती र लापरवाहीलाई मलजल गरिरहेको वडा अध्यक्ष श्रेष्ठको बुझाई छ ।
एउटै गाउँमा पटक पटक एकै प्रकारको समस्या आउँदा प्राधिकरणले समस्या समाधानका लागि खासै चासो नदिएको गाउँलेहरु बताउँछन ।दुई साता देखि गाउँमा विजुली वन्द भएपछि सहयोग गरिदिन आईतबार गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठलाई भेट्न पुगेका स्थानीयलाई अध्यक्ष श्रेष्ठले आंफु अस्वस्थ रहेको भन्दै गाउँवासीको कुरा नसुनि कार्यालयबाट वाहिरिएका थिए । गाउँमा बिद्युत्त लाइन अवरुद्ध भएको बिषयमा अध्यक्ष श्रेष्ठले गाउँवासीलाई वेवास्ता गरेपछि गाउँलेहरुले उपाध्यक्ष राधा तिमिल्सिनालाई भेटेर आफ्नो समस्या सु्नाएका थिए ।
उपाध्यक्ष तिमिल्सिनाले प्राधिकरण गजुरी प्रशाखाका प्रमुख तोरणकुमार पोखरेललाई तत्काल प्राविधिक टोली गाउँ पठाएर समस्याको पहिचान गर्न अनुरोध गरेपछि कार्यालय प्रमुख पोखरेलले तुरुन्तै टोली खटाउने वताएको भएपनि काम भने भएको छैन ।
पुराना भएका काठको पोल मक्किएर भाँचिएको भन्दै गाउँवासीले १३ वटा स्टिल पोल माग गरेकोमा पछिल्लो तीन दिनमा ९ वटा स्टिल पोल गाउँमा पठाएपनि त्यो पोल कहाँ र कसरी गाड्ने भन्ने बिषयमा जानकारी दिन प्राधिकरणले प्राविधिक भने खटाएको छैन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

४ असार २०७५, सोमबार १३:५६ मा प्रकाशित

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories