सिद्धलेक गाउँपालिकाले सांकेतिक भाषाको तालिम संचालन गर्ने

218 पटक पढिएको

प्रकाशित मिति: ७ असार २०७५, बिहीबार २२:०४

सम्पादक: Dhading News

 

 

धादिङ , ७ असार -सिद्धलेक गाउँपालिकाले जिल्लामा पहिलो पटक अपांगताभएकाहरुको अधिकार स्थपनाका लागि गाउँपालिकामा अपांग डेस्क राखेर अधिकार ग्यारेन्टी गर्ने भएको छ ।
गाउँपालिकामा रहेका बहिरा (बोल्न सुन्न नसक्नेहरु) का लागि गाउँपालिकाले गाउँपालिका तथा समूदायमा उनिहरुले सबै क्रियाकलापहरुमा सहज बनाउन सरकार अभिभावक भएकोले सांकेतिक भाषाको तालिम संचालन गरि संवृद्धिका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष प्रेमनाग थ सिलवालले बताउनुभएको छ ।
बिहिबार सिद्धलेक गाउँपालिका वडा न.ं ७ पिपलटारमा अपांगता भएकाहरुका लागि कार्यरत परिलक्षित नामक संस्थाको सामाजिक लेखापरिक्षणको अबसरमा यस्तो प्रतिवद्धता गर्दै यहि गाउँपरिषदबाट यो प्रावधान लागुगर्ने बताउनुभएको हो ।
अपाङ्गता भएकाहरुको लागि धादिङ जिल्लामा संचालन गरेको छात्रवृत्ति र अपांगता भएकाकरुको शशक्तिकरण कार्यक्रमबारे समूदाय स्तरमै सामाजिक लेखापरिक्षण गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
अपाङ्गता भएकाहरुका लागि गाउँपालिकाले टोल स्तरबाट योजना छनौट गर्दा नै उनिको अधिकारका लागि ध्यान दिने र अपांगता भएकाकरुको आयआर्जन, शशक्तिकरण र पहुँच पुर्याउन योजनाहरु निर्माण गरि कार्यान्वयन गरिने गाउँपालिकाले जानकारी दिएको छ । जिल्लामै पहिलो पटक गाउँपालिकाले गाउँपालिका भित्रका अपांगता भएकाहरुका लागि गाउँपालिकाले खरिद गरि सहायक सामाग्री वितरण गरेको गाउँपालिका प्रशाशकिय अधिकृत लक्ष्मण भट्टराइले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, राष्ट्रिय अपांग महासंघका गुणराज खतिवडा, बहिरा महासंघका रामप्रसाद अधिकारी लगायतले गाउँपालिकामा भित्रका अपांगता भएकाहरुलाई अधिकारका लागि लागिरहन आग्रह गरेका थिए । मानवअधिकारकर्मी सीताराम अधिकारीले सामाजिक लेखापरिक्षकको रुपमा सहजीकरण गर्नुभएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ असार २०७५, बिहीबार २२:०४ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories