गल्छी गाउँपालिकाको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम सार्वजनिक

1783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी(धादिङ )९ असार -प्रदेश नम्बर ३ अन्तरगत पर्ने धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम  सार्वजनिक गरेको छ ।

असार ९ गते शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको रिम्स नेपालको श्रोत केन्द्र भवनमा आयोजित गल्छी गाउँपालिकाको दोश्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले ग्रामीण सडक शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपालन,कृषि,उद्योग वाणिज्य,पर्यटन,सामाजिक विकास नीति, शिक्षा स्वास्थ तथा खेलकुद र पुर्वाधार बिकास नीति सार्वजनिक गर्नु भएको हो ।  प्रत्येक वडामा उत्पादन, व्यवसाय प्रबर्द्धन कार्यक्रम संचालन गर्दै ऐतिहासिक,धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पर्यटकिय गन्तव्यको रुपमा पहिचान गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सोहि क्रममा धादिङ न्यूज संग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले  भने “ जनताको हरेक चाहाना र आवश्यकता लाई मध्यनजर गर्दै हामीले नीति तथा कार्यक्रम बनाएका छौ, । आगामी ४ वर्ष भित्र सम्पुर्ण विकासका कार्यनीति कार्यान्वयन हुने छ ।“ स्थानीय स्रोत र साधनलाई नै बढी महत्त्व दिई समुन्नत गल्छी  निर्माण गर्न सबै पक्षसंग सहकार्य गरिने छ ।

गल्छी गाउँपालिकाले आगामी आ. व. २०७५।७६ को लागि निम्नानुसारका  नीति अवलम्वन गर्नेछ ।

  • आर्थिक विकास नीतिः
  • गाउँपालिकाको विकास निर्माणको लागि स्रोत अभिवृद्धि गर्न करको दायरा बढाइनेछ ।साथै एकिकृत सम्पत्ति कर लागू गरी घरधुरी कर र मालपोत संकलनलाई न्यायपूर्ण एवं व्यवस्थित बनाइनेछ ।
  • व्यवसाय दर्ता अभियान, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण तथा लघु, घरेलु, साना, मझौला  उद्यम प्रवर्द्धन जस्ता कार्यक्रमबाट गल्छीको आर्थिक समृद्धिको मार्ग प्रशस्त गरिनेछ ।
  • स्थानीयस्तरमा उत्पादन हुने फलफूलको व्यवसायिक खेती प्रवर्द्धन गरिनेछ ।
  • गाउँपालिकाको उपयुक्त स्थानमा तरकारी, फलफूल र कृषि उपजहरुको संकलन तथा बिक्रि वितरण केन्द्रको स्थापना गरिनेछ ।
  • पशु संकलन तथा बिक्रि वितरण केन्द्रको स्थापना गरिनेछ ।
  • कृषकहरुलार्इ कृषि र पशुपालनका क्षेत्रमा व्यवसायीक बन्न प्रोत्साहन गरिनेछ ।
  • खोर तथा गोठ सुधार कार्यलार्इ प्राथमिकता दिर्इ रसादीको उत्पादन गर्दै विषादी र रासायनिक मललार्इ क्रमशः न्यूनीकरण गरिनेछ ।साथै जैविक विषादीलाई प्रवर्द्धन गरिनेछ ।
  • पशुपालनका क्षेत्रमा स्थानीय नागरिकलार्इ सहयोग गर्ने उदेश्यले गाउँपालिकामा आवश्यक संख्यामा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तयार गरिनेछ।
  • व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकलाई निःशुल्क रुपमा पशुको लागि कृत्रिम गर्भाधान प्रक्रिया लाई व्यवस्थित गरिदै लगिने छ ।
  • गाउँपालिका भित्र एक घर पाँच फलफूल विरुवा रोप्ने नीतिलाई अवलम्बन गरिने छ ।
  • कृषि उपज वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिइनेछ ।
  • गाउँपालिका भित्र सञ्चालन मा रहेका सहकारीहरुलार्इ एकीकृत गरी एकीकृत कार्यक्रम सञ्चालन गर्न गराउन जोड दिइनेछ ।
  • सरकारी निकाय निशर्त अनुदान कार्यविधि तर्जुमा गरी आवश्यकता र ‌औचित्यका आधारमा अनुदान दिने नीति अवलम्वन गरिनेछ ।
  • धार्मिक महत्व रहेका ऐतिहासिक, पुरातात्विक स्थानहरुको पहिचान गरी संरक्षण, संबर्धन र व्यवस्थापन कार्यमा जोड दिइनेछ । साथै वडा नं. ५ मा तामाङ सांकृतिक भवन निर्माण कार्य अगाडि बढाइनेछ ।
  • गाउँपालिका भित्रका गरिव, दलित, जनजाति, पिछडिएका वर्ग, अपाङ्ग एवं अल्पसंख्यक जातजातिको पहिचान र लगत संकलन गरिनेछ ।
  • खानी उत्खनन कार्यलाई दीगो, वातावरणमैत्री, वैज्ञानिक र व्यवस्थित वनाइनेछ ।
  • उत्कृष्ट उद्यमीलार्इ पुरस्कृत गरिनेछ ।
  • धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुप्तेश्वरी गुफा, रणकालिका, धर्मद्वार, पापद्वार, रानीमाला लगायतका क्षेत्रको गुरुयोजना निर्माण गरी नमूना पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण गर्न आवश्यक पहल गरिनेछ ।साथै पर्यटकीय महत्व बोकेका क्षेत्रहरुमा आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्ने कार्यमा जोड दिइनेछ ।त्रिशुली नदीमा पर्यटकीय जलयात्रालाई प्रवर्द्धन गरिनेछ ।
  • नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा उक्त क्षेत्रको विकासको लागि सार्वजनिक सार्वजनिक र सार्वजनिक निजी साझेदारीको अवधारणालार्इ अवलम्वन गरिनेछ ।
  • देश भित्रको कम्तिमा एक र देश बाहिरको कुनै एक स्थानीय तहसँग भगिनी सम्बन्ध विस्तार गरी आपसी सहयोग बढाउने नीति अवलम्बन गर्नेछ ।
  • इतिहासविद् वा पुरातत्वविद्को सहायतामा आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक व्यक्ति र घटनासंग जोडिएका स्थल पहिचान गरी सो स्थानमा शिलालेख राखी पर्यटकीय केन्द्रको रुपमा विकास गरिनेछ ।
  • सामाजिक विकास नीतिः
  • खानेपानी तथा सरसफार्इ सुविधाको पूर्ण उपलब्धतालार्इ पहिलो प्राथमिकतामा राखिनेछ ।
  • गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य जस्ता दैनिक जीवनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकता दिइनेछ ।
  • गैर सरकारी संस्थालाई नियमन गरी कार्यक्षेत्रको दोहोरोपना अन्त्य गरिनेछ ।
  • सञ्चार नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । साथै आप्रवासी युवा हकहित तथा सूचना केन्द्र स्थापना गरिनेछ ।
  • युवा स्वरोजगार कार्यक्रम मार्फत युवा जनशक्तिलाई परिचालित गरिनेछ ।
  • गाउँमा सबैको लागि शिक्षा अभियानलार्इ पुर्णता दिन विद्यार्थी भर्ना अभियान, विद्यालयको पूर्वाधार विकास, गुणस्तरीय शिक्षा अभियान जस्ता कार्यक्रमहरुमा विद्यालयलार्इ सहयोग गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका सरकारी विद्यालयमा अग्रेजी माध्यमवाट अध्ययन/अध्यापन गर्ने/गराउने कार्यमा जोड दिइनेछ ।
  • गाउँपालिका भित्रका माध्यमिक विद्यालय र आधारभूत विद्यालयहरुमा विद्यार्थी अनुसार दरबन्दीको लेखाजोखा गरी दरबन्दी मिलान गरिनेछ र समायोजन भएका विद्यालयको हकमा बाल कक्षा सञ्चालन गरिनेछ ।
  • विद्यालयको पहुँच भन्दा बाहिर रहेका वाल वालिकाहरुमा शिक्षाको पहुँच पुग्ने व्यवस्था गर्न वाल कक्षा सञ्चालन गरिनेछ ।साथै दिवा खाजा कार्यक्रम तथा शैक्षिक एवं खेलकूद सामग्री वितरण कार्यक्रम सञ्चालन गरिनेछ।
  • विद्यालयहरुमा प्रभावकारी अध्ययन अध्यापनको लागि प्रोत्साहन प्रणाली कार्यान्वयन गरिनेछ।
  • हाल सञ्चालन मा रहेका विद्यालयहरुमा वालमैत्री र अपाङ्गमैत्री कक्षा कोठा, शैक्षीक सामग्री तथा अन्य पूर्वाधार निर्माण गरिनेछ ।
  • शिक्षालार्इ आधुनिकीकरण गर्न आवश्यकता अनुसार शिक्षकहरुलार्इ तालिम, गोष्ठी तथा प्रशिक्षणको व्यवस्था गरी शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक शैक्षिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्रत्येक वडाका विद्यालयहरुमा कम्तिमा एउटा विद्यालयको लागि प्रोजेक्टर तथा तालिमको व्यवस्था क्रमशः गर्दै लगिने छ ।
  • उत्कृष्ट विद्यालयलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ।
  • स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच सहज बनाउन एम्बुलेन्सको व्यवस्थापन, घुम्ती शिविर लगायत सबैका लागि स्वास्थ्य भन्ने नारालाई व्यवहारमा उतार्नका लागि देहायका कार्यक्रम सञ्चालन गरिनेछ ।
    • स्वास्थ्य स्यंमसेविका प्रोत्साहन
    • यन्त्र उपकरण खरिद
    • स्वास्थ्य संस्थाहरुमा क्रमशः चौबिसै घण्टा प्रसुती सेवा सञ्चालन र सुत्केरी सुविधा
  • क्रियाशिल गै.स.स.हरुसँग सहकार्य र समन्वय गरी सामाजिक सद्भाव कायम गर्ने खालका कार्यक्रमहरुलार्इ विषेश जोड दिइनेछ ।
  • गैरसरकारी संघ संस्थाहरुवाट सञ्चालन गरिने सबै प्रकारका सहयोग तथा सेवाहरुलार्इ गाउँपालिकाको एकद्वार प्रणाली मार्फत सञ्चालन गरि व्यवस्थित बनाइनेछ ।गाउँपालिको कार्यालयमा संघसंस्था समन्वय डेस्क सञ्चालन गरिनेछ ।
  • सरकारी तथा गैरसरकारी क्षेत्रवाट सञ्चालन गरिने योजना तथा आयोजनाहरुको अनुगमन, मूल्याङ्कन पद्धतिलार्इ व्यवस्थित र बस्तुपरक गरिनेछ ।
  • समुह मार्फत जनचेतनामा अभिबृद्धी, आर्थिक र सामाजिक संमृद्धी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा महिलाहरुलार्इ मुख्य स्थान दिर्इ समुह गठन गरिनेछ ।
  • खानेपानी तथा सिंचाई व्यवस्थाको लागि लिफ्टिङ्ग तथा सिंचाईका नविनतम् उपायहरु खोजी गर्ने र अधुरा योजनाहरुलाई पुरा गर्ने कार्यहरुलाई जोड दिईनेछ । साथै गाउँपालिका भित्रका पुराना पोखरीलार्इ संरक्षण गर्ने कार्यलार्इ जोड दिइनेछ ।
  • युवाहरुको लागी आवश्यक खेल मैदान तथा खेल सामाग्री सहयोग र खेलकुद प्रवर्द्धनका विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • पशु स्वास्थ्य सुधारका लागी गाउँ गाउँमा घुम्ती शिविरहरु सञ्चालन गरिनेछ ।
  • आर्थिक उपार्जनका कार्यलाई प्रवर्द्धन गर्न पशु पालन व्यवसायीलार्इ घाँस खेतीमा प्रोत्साहित गरिनेछ ।
  • एक वडा एक वाल उद्यान निर्माण गरिनेछ । जुन अपाङ्गमैत्री, जेष्ठ नागरिक मैत्री रहनेछ ।
  • ८५ वर्ष माथिका जेष्ठ नागरिकका लागी न्यानो कपडा वितरण गरिनेछ ।

ग) पुर्वाधार विकास नीति

  • सीमित संख्यामा दीगो, वातावरणमैत्री र न्यायपूर्ण पूर्वाधार विकासलार्इ उच्च प्राथमिकता दिइनेछ ।
  • ग्रामिण क्षेत्रको सडक र विद्युतीकरणको माध्यमबाट जनजीबनलाई सहज बनाइनेछ ।
  • गल्छी गाउँपालिकाको खेस्टे देखी वेल्खु खोला सम्मको पृथ्वी राजमार्गको दायाँ बाया सोलार बत्ती जडान, पेटी निर्माण र बजार क्षेत्रमा रेलिङ समेतको व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • ग्रामिण सडक कम्तिमा नालि बाहेक ६ मिटर को हुन पर्ने नीति को अवलम्वन गरिनेछ । ग्रामिण सडकको बिचबाट कम्तिमा साढे सात मिटर भित्र भौतिक संरचना निर्माण गर्न नपाइने नीति अवलम्बन गरिनेछ ।
  • कम्तिमा एक वडामा एउटा ग्रामीण सडकलाई प्राथमिकतामा राखि ५ वर्ष भित्रमा पक्की नालि र ग्राभेल सहितको व्यवस्थित सडक निर्माण गरिनेछ ।
  • यस गाउँपालिकामा खानेपानी र सिंचाईको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै लिफ्टिङ, नहर र ड्रिलिङको माध्यमवाट खानेपानी र सिंचाईलाइ प्राथमिकतामा राखिनेछ ।
  • युवाहरुको लागि कम्तीमा १ वडामा १ खेल मैदान तयार गरिनेछ ।
  • कृषिमा आधारित गाउँपालिका भएकोले कम्तीमा १ शित भण्डार र १ विक्रीकेन्द्रको स्थापना गरिनेछ ।
  • ग्रामिण विद्मुतिकरणलाई व्यवस्थापन गर्न छुट्टै कानुनी संरचना निर्माण गरि लागु गरिनेछ ।
  • सडकको लगत कट्टा गर्ने कार्यलाई जोड दिईनेछ ।
  • खानेपानी मुहान नभएका स्थानमा ड्रिलिङ र लिफ्टिङका माध्यमबाट खानेपानी सुविधा पुप्याउनमा जोड दिईनेछ ।
  • ड्रिलिङ प्रविधिबाट खानेपानी व्यवस्थान गर्न आगामी आ व २०७५।७६ मा नमुनाको रुपमा गल्छी गाउँपालिकाको उपयुक्त स्थानमा परिक्षणको रुपमा कार्य अघि बढाईनेछ ।
  • यस गाउँपालिकाको आवश्कता अनुरुप यातायात गुरुयोजना तयार गरी सो अनुरुप मात्र पुर्वाधार निर्माण गरिनेछ ।
  • सडक निर्माण तथा मर्मत सुधारका क्रममा सडक क्षेत्राधिकार कायम गर्ने, सडक विस्तार नीति तथा मापदण्डको प्रभावकारी ढंगले कार्यान्यन गरिनेछ ।
  • प्रत्येक सडकका लागि विनियोजित रकमको कार्यपालिकाले तोके बमोजिम रकम कट्टा गरि मर्मत संभार कोषमा जम्मा गरिनेछ सो रकमबाट साझेदारीमा मर्मत संभार कार्य सचालन गरिनेछ ।
  • सडकको क्षेत्राधिकारलाई प्रभावकारी कार्यान्वयन गरी अतिक्रमणलाई निरुत्साहित गर्दै सडक खुल्ला राख्ने कार्यमा निरन्तरता दिइनेछ र अव्यवस्थित रुपले रहेका बिद्मुत तथा टेलिफोनका पोल तथा तारलाई व्यवस्थित गर्न पहल गरिनेछ ।
  • बिद्मुतका काठे पोलहरुलाई विस्थापन गर्ने कार्यमा जोड दिईनेछ र केन्द्रीय सामुदायिक विद्मुतिकरण कार्यक्रम मार्फत सञ्चालन हुने सामुदायिक बिद्मुतिकरणका लागि गाउँपालिकाले उपभोक्ता समितिसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाउने छ ।
  • भू – उपयोगलाई व्यवस्थित तुल्याउन भू – उपयोग नीति तयार गरी लागु गरिनेछ घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्बनमा ध्यान दिईनेछ ।
  • शहरीक्षेत्रमा प्रतिक्षालयको व्यवस्था र सार्वजनिक शौचालय निर्माण गरी यसको व्यवस्थापन र संरक्षण गर्ने जिम्मेवारी समुदायमा हस्तान्तरण गरिनेछ ।
  • व्यस्त सडक र बजार क्षेत्रमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै आकाशे पुल र ट्राफिक संकेतको व्यवस्थाको लागि पहल गरिनेछ।
  • स्वास्थ्यचौकीमा रहेको सुत्केरी भवनको स्तरोन्नतीमा जोडदिईने छ ।
  • गाउँपालिकामा बन्ने पक्की घर नक्सा पास गरी मापदण्ड अनुरुपको निर्माणमा जोड दिईनेछ ।
  • प्रत्येक वडामा एक सामुदायिक भवन निर्माणमा जोड दिईने छ ।
  • प्रत्येक वडामा स्वास्थ्य चौकीको सरकारी अवधारणा अनुरुप कार्ययोजना बनाईने छ ।

घ) वातावरण तथा विपद् व्यवस्थापन नीति

  • विपद् सिकार्इ केन्द्रहरुको स्थापना, सवलीकरण र सञ्चालनमा जोड दिइनेछ ।
  • फोहोरलार्इ मोहरमा परिणत गर्ने गरी फोहोरमैला व्यवस्थापन गरिनेछ ।साथै ल्यान्डफिल्ड साइडको निर्माण कार्य अगाडी बढइनेछ ।
  • प्राकृतिक विपद्ले निम्त्याएका जोखिमलाई न्यूनीकरण गर्दै विपद्लाई अबसरमा परिणत गरिनेछ ।
  • वातावरणीय व्यवस्थापन योजना  बनाई कार्यान्यवन गरिनेछ ।
  • बन क्षेत्र संरक्षणको लागि वृक्षारोण, संरक्षण , सम्बर्धन र व्यवस्थापनका लागि सामुदायिक र कबुलियति बन उपभोक्ता समूहहरुलाई सक्रिय बनाउने कार्य सञ्चालन गरिनेछ ।
  • ईन्धनको बन क्षेत्रमा पर्ने चाप कम गर्न बैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रमलाई जोड दिईने छ।
  • सडक निर्माण गर्दा दुबै तर्फ वृक्षारोपण साथै बहुउपयोगी घाँस खेतीका लागि प्रोत्साहित गर्ने नीति लिईनेछ ।
  • वातावरणमैत्री स्थानीय शासनको स्वीकृत सूचकहरु प्राप्तीका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • गाउँक्षेत्र भित्रका बिद्यालय तथा क्याम्पसहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • भूकम्प पछिको पुननिर्माणमा देखीएको सुस्ततालाई कार्ययोजना बनाई २ बर्ष भित्र सबैका सुरक्षित घर निर्माण गरी सक्ने सकाउने व्यवस्था गरिनेछ ।
  • जलबायू परिवर्तनबाट पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न सरोकारवाला निकाय गै. स. स. तथा विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरी स्थानिय जलवायू परिवर्तन अनुकूल कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
  • वातावरण मन्त्रालयबाट स्वीकृत राष्ट्रिय मापदण्ड अनुरुप प्लाष्टिक प्रयोगमा बन्देज गर्न  औपचारीक पहल गरिनेछ ।
  • स्वास्थ्य र सफा मासु आपुर्तीको लागी उपयुक्त स्थानको पहिचान गरी निजी वा सार्वजनिक वा निजी सार्वजनिक वधशाला सञ्चालन कार्य प्रारम्भ गरिनेछ ।
  • गाउँपालिका भित्र नदी कटान, पहिरो ,गल्छी नियन्त्रण गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिनेछ ।साथै नर्सरीकेन्द्रको स्थापना गरिनेछ ।
  • गाउँपालिकाका शहरी क्षेत्रमा सृजना हुने फोहोरलाई व्यवस्थापन गर्नका लागि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउने कार्यलाई नागरिक सचेतना मार्फत व्यवस्थित व्यस्थापन गरिनेछ साथै नकुहिने फोहोरलाई पुन : प्रयोगमा ल्याउन पुनः प्रशोधन केन्द्र (Re use center) को स्थापना गरिनेछ ।
  • प्राकृतिक रुपमा बग्दै आएका खोलानालालाई पुर्ववत रुपमा लैजाने कार्यमा जोड दिईने छ । गल्छी गाउँपालिकाको वडा नं ६ स्थित गर्दो खोलालाई परापुर्वक काल देखि बगीआएको स्थानबाट नै स्वतन्त्र रुपमा बहने व्यवस्था गरिनेछ ।
  • स्थानिय स्तरमा सञ्चालन भई प्रदुषण गरिरहेको उद्मोगहरुलाई स्थानीय सेवा सुबिधा बन्चित गरी बन्द गराउने नीति लिईनेछ ।
  • गाउँपालिका भित्र संञ्चालन गरिने बालुवा ढुंगा र अन्य खानिजजन्य उद्मोगहरुलाई स्थानीय बस्ती, बन जंगल र सार्वजनिक स्थलहरुलाई असर नपर्ने गरी सञ्चालन अनुमती प्रदान गरिनेछ ।

ङ) संस्थागत विकास तथा सेवा प्रवाह नीति

  • नागरिक पहिलो (Citizen first )को अवधारणा पूर्णतः अवलम्बन गरिनेछ ।
  • सेवाग्राही सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिनेछ । साथै नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।
  • संस्थागत विकास तथा सेवा प्रवाहमा सुधार गरिनेछ । यसको साथै नागरिक बडापत्र तयार गरी लागु गरिनेछ ।
  • ऐन नियम तथा कार्यविधि एवम् मापदण्ड तर्जुमा गरी कानुनी संरचना तयार गरिनेछ ।
  • गाउँपालिकाको वेवसाईटलाई प्रभावकारी ढंगले सञ्चालन गरी सम्पुर्ण सूचनाहरु वेव मार्फत प्रसारित गरिनेछ ।
  • गाउँपालिकाका गतिविधीहरु पारदर्शी तुल्याउन तथा स्थानिय नागरीकहरुलाई सहज तवरले जानकारी पुर्याउन सबैखालको सञ्चार माध्यमसँग समन्वय गरिनेछ ।
  • गाउँपालिकामा सञ्चालित आयोजनाहरुको गुणस्तर अभिवृद्धि गरी बित्तिय जोखिमलाई न्यूनिकरण गर्न अनुगमन समिति गठन गरी उक्त समितिलाई सक्रिय तुल्याईने छ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका प्रशासनिक सुधारका लागी आवश्यक अनलाईन प्रणालीको विकास तथा सञ्चालन गरिनेछ ।
  • गाउँपालिका भित्र सञ्चालनमा रहेका व्यवसायीहरुलाई आफ्नो व्यवसाय प्रति उतरदायी बनाउन करको दायरामा ल्याईनेछ ।
  • सञ्चालित विकास निर्माण लगायत सबै कार्यक्रमहरुको नियमित अनुगमन प्रगती समिक्षा, समन्वय बैठक, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण आदी कार्यक्रमहरुलाई बढावा दिइने छ ।
  • गाउँपालिकाका वडा कार्यालयको संस्थागत सुदृढिकरणका कार्यहरु थालनी गरिनेछ ।
  • कार्यालयलाई सेवाग्राही मैत्री बनाउन सुशासनका सुचाङकहरुलाई नागरिक वडापत्र ,सुझाव पेटिका, सूचना अधिकारी तोक्ने जस्ता कार्यहरुलाई कडाइका साथ लागु गरिनेछ।
  • गल्छी गाउँकार्यपालिकाको कार्यालयमा नागरिकलाई सरल र सहज रुपमा प्रवाह गर्नका लागि सोधपुछ कक्षको स्थापना गरिनेछ ।
  • गाउँपालिका भित्र रहेको संघ संस्थाले संस्थागत विकासका लागी नियमावाली तयार गरी गाउँपालिकाबाट स्वीकृत लिई सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
  • कर्मचारी एवमं पदाधिकारीको क्षमता विकासका लागि आवश्यक समय सापेक्षित बनाउन तालिम, अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाईनेछ साथै कर्मचारीको मनोबल उच्च बनाई राख्न विगत देखि खाईपाई आएको स्थानिय भत्तालाई निरन्तरता दिइनेछ र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा पुरस्कृत गरिनेछ ।
  • कर्मचारीको व्यवस्थापनका लागी गल्छी गाउँपालिकाको कर्मचारी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
  • लोकसेवा आयोग संगको समन्वयमा तत्कालै कर्मचारी पदपुर्ती प्रक्रिया अघि बढाईने छ ।

च) वित्तिय व्यवस्थापन तथा सुशासन नीति

  • नागरिक तहका संघसंस्था सम्मनै पारदर्शिता, उत्तरदायित्व र खुलापन स्थापित गरिनेछ ।
  • विकास निर्माणका कार्यलाई समावेशी, पारदर्शी, उत्तरदायी तथा जनसहभागितामूलक बनाइनेछ ।
  • तत्कालिन गाउँ विकास समितिबाट पेश्की रकम लिई हाल सम्म फस्यौट नभएको, म्याद नाघेको पेश्की फछ्यौट कार्यमा प्रभावकारी पहल गरी पेश्की सुन्य गरिनेछ साथै पेश्की फस्यौट गर्न अटेर गर्ने व्यक्ती फर्म संघ संस्थाको नामावली कार्यालयको मूलद्धारमा फेलेक्स व्यानर बनाई प्रचार प्रसार गरिनेछ ।साथै अन्य सेवा सुविधाबाट बञ्चित गराइनेछ ।
  • हरेक महत्वपुर्ण सन्देश र सूचनाहरु कार्यालयको वेवसाईट, फेसबुक पेज र स्थानीय एफ.एम. रेडियो मार्फत सबै गतिविधिहरु नागरिकहरुको जानकारीमा ल्याउने प्रयास गरिनेछ । यस गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै नागरिकको नाम गाउँपालिकाको वेव सार्इट (websiite) मार्फत सार्वजनिक गरिनेछ ।साथै सामाजिक सुरक्षा भत्त्तालार्इ बैंकिङ प्रणाली मार्फत बितरणको व्यवस्था मिलाइनेछ ।
  • लेखा व्यवस्थापनका लागि लेखा सफ्टवेयर (Accounting Software) को प्रयोग गरी बित्तिय अनुशासनलाई प्रभावकारीता कायम गरिनेछ ।
  • गाउँपालिकाको बित्तिय जोखिम न्यूनीकरणका लागी प्रत्येक योजनाको स्थलगत अनुगमन पश्चात मात्र रकम भुक्तानीको व्यवस्था मिलाइनेछ ।

सभासद्ज्यूहरु

माथि उल्लेखित ६ किसिमका नीतिको कार्यान्वयनबाट आगामी ४ वर्षभित्र देहाय बमोजिमको उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

  • बढीमा २० मीनटको दूरीमा सर्वयाम सडक सुबिधाको व्यवस्था गर्ने
  • सबै नागरिकहरुलार्इ पार्इपवाट खानेपानीको सुविधा पुर्याउने
  • बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री र पूर्ण सरसफार्इयुक्त गाउँपालिका बनाउने
  • घर भित्रको धुवाँमुक्त, आधारभूत तहको पूर्वाधारको सुबिधा युक्त र उज्यालो युक्त गल्छी बनाउने

यो नीति तथा कार्यक्रम कार्यान्वयमा सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको छु ।

धन्यवाद ।