थांक्रे गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक,बजेट ४० करोड ७३ लाख

1365 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे गाउँपालिकाको आव २०७५- ७६को नीति कार्यक्रम तथा बजेट आईतबार सार्वजनिक भएको छ ।गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ

आव २०७५- ७६ का लागि रु.४० करोड ७३ लाख ९० हजार ८ सय को बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ ३ करोड ८४ लाख ७० हजार त्यस्तै पुजिंगत खर्च तर्फ रु १९ करोड ४ लाख १४ हजार र जनसहभागिता रु. १ करोड ९६ लाख ६ हजार ८ सय गरी कुल पुजिँगत खर्च रु. २१ करोड २० हजार ८ सय सर्सत तर्फ १५ करोड ८९ लाख रुपैया सहितको कुल वजेट रु.४० करोड ७३ लाख ९० हजार ८ सय हुने अनुमानित व्यय विवरण गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

विनियोजित वजेट मध्ये क्षेत्रगतरुपमा आर्थिक विकास तर्फ  १ करोड २२ लाख ५० हजार ,सामाजिक विकास तर्फ  ५ करोड २३ लाख ३० हजार पूर्वाधार विकास तर्फ १० करोड १० लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७१ लाख, संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ र १ करोड ७६ लाख ६५ हजार र जनसहभागिता तर्फ १ करोड ९६ लाख ६ हजार ८ सय गरी क्षेत्रगत रुपमा छुट्याईएको छ । त्यसैगरी गैरसरकारी संस्थाहरुवाट आगामि आ.व को चालु तर्फ र ६१ लाख र पुजिँगत तर्फ रु. ४ करोड ५० लाख ४६ हजार ४ सय ४० रुपैयाको वजेट परिचालन हुनेछ । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको वताईएको थियो । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब  १६ करोड ९३ लाख, सशर्त अनुदानतर्फ करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको  गाउँपालिकाका उपाध्यक्ष  रुपाखेतीले वताउनु भएको थियो ।

प्रस्तुत छ सभामा पेश गरिएको निति तथा कार्यक्रमको पूर्ण पाठ

सभा अध्यक्षज्यू,
नेपालको संबिधान २०७२ ले परिकल्पना गरेको संघिय प्रणालीलाई मूर्त रुप दिन तीन तहको निर्वाचन मार्फत २०७४ देखि संघ, प्रदेश र स्थानीय सरकारको गठन भैसकेको यस सभालाई सर्वविदितै छ,यसै सिलसिलामा नेपाललको इतिहासमा सो संघिय प्रणाली बमोजिम गत वर्ष यस थाक्रे गाउँपालिकामा प्रथम गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरी सकिएको छ ।

यस गरिमामय तेस्रो सभा समक्ष आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा आफुलाई गौरवान्वित महसुस गरेको छु । आगामी आ. व. को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा मुलुकलाई यस अवस्थासम्म ल्याई पु¥याउनु हुने जनआन्दोलनहरुको क्रममा सहादत भएका सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरु प्रति श्रद्घापुर्वक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

गाउँको विकासमा नागरिकहरुको प्रत्यक्ष सहभागिता होस् ,नागरिकहरुकै घर दैलोमा सरकारको अनुमति होस् भन्ने उदेश्यले संघिय प्रणाली आएको हो, त्यसको परिणति यस गाउँपालिको गठन भै गत वर्ष देखिनै कर्मचारीहरुको अभाव, भौतिक पूर्वाधारको अभाव, प्राविधिक क्षमताको कमि संस्थागत क्षमता विकास भैं नसकेको, कानूनहरुको अभावलाई समेत झेल्दै यस परिपाटीको अभ्यासको कमीको विच पनि यस गाउँपालिकाले सबै वडाहरुको सन्तुलित विकासलाई ध्यान दिई कार्यक्रमहरु संचालन गरेको यस सभालाई अवगत नै छ ।

यस थाक्रे गाउँपालिकालाई समृद्घ, समुन्त र पृथ्वी हाइवेमा नमुना गाँउको रुपमा विकास गर्ने चाहना हुँदाहँुदै पनि वित्तीय हस्तान्तरण भैं नसकेको, राजस्व वाँडफाँडमा समेत प्रस्टता नआएको साझा सुचिमा उल्लेखित अधिकारहरुको एकिन भैं नसकेको परिपक्षमा कार्य गर्नु पर्दा विभिन्न चुनौतिहरुको सामना गर्न परेता पनि जनतामा आएको जनसहभागिताको उत्साह जनप्रतिनिधिहरुको सवल प्रतिवद्घता जस्ता कारणले निराशा भैं हाल्नु पर्ने अवस्था देखिएको छैन ।

साविकका थाक्रे, तसर्पु ,केवलपुर, भुमेस्थान र गोगनपानी ५ गाउँ विकास समितिलाई गाभी थाक्रे गाउँपालिका गठन भएको १ वर्ष भैंसकेको छ । गाँउपालिका गठन भए पश्चात पर्यटन, खानेपानी, सिचाई, सडक, विद्युत, कृषि जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको यस गरिमामय सभालाई जानकारी गराउछु ।

विगत वर्षको अनुभवका आधारमा आगामी ४ वर्षमा यस थाक्रे गाउपालिकालाई गर्व गर्न लायक गा.पा. बनाउने उदेश्य रहेको समेत जानकारी गराउछु । विकास एकै चोटी हुने विषय होइन यसको निरन्तरता दिगोपनाले मात्र यस गा.पा.लाई समृद्घीको ढोका खोल्नेमा आशावादी छु ।
हाम्रा विकासका भावना सोचलाई मूर्त रुप दिन आगामी आ.व. को लागि जन अपेक्षा सम्बोधन हुने गरी शिक्षा, स्वाश्थ्य, खानेपानी, पर्यटन, सडक, सिंचाई, समावेशी विकास, लैंगिक सशक्तिकरण, मानवीय विकास, सुशासन, संस्थागत क्षमता विकास गर्न उपर्युक्त नीति तथा कार्यक्रमहरु लिनु पर्ने हुन्छ ।

थाक्रे गाउँपालिकाको समग्र विकासका लागि देहाय बमोजिमका सोच लक्ष एंव उद्देश्य निर्धारण गरेको छु
दिर्घकालिन सोच : “सम्वृद्ध थाक्रे गाउँपालिका निर्माणको आधार कृषि,उद्योग,पर्यटन र व्यापार”

लक्ष्य : थाक्रे गाउँपालिका रहेको प्राकृतिक श्रोत साधनजन्य उद्योगहरुलाई वातावरण मैत्री एंव दिगो विकास एंव प्रचलित मापदण्ड अनुसार संचालन हुने गरी संरक्षण र प्रवद्र्धन गर्ने, कृषि पेशा व्यवसायीहरुलाई व्यवसायीक र आधुनिकिकरण गर्दै साना घरेलु उद्योग व्यवसायलाई सवलिकरण गर्ने तथा ग्रामिण एंव राजमार्ग केन्द्रीत पर्यटन व्यवसायको प्रवद्र्धन गर्दै राजधानी एंव राजधानी वासीका आवश्यकता परिपुर्ति गर्ने उत्पादन क्षेत्रको विकास गरी आर्थिक केन्द्रको रुपमा विकास गरिने छ । यसका लागि समावेशी विकासको आधारमा जोड दिने रोजगारी श्रृजना एवं आर्थिक वृद्धि गर्ने आन्तरीक श्रोतको अभिवृद्धि गर्दै आत्म निर्भरता वृद्धि गर्ने भौतिक तथा आर्थिक पूर्वाधारको विकास एवं रोजगारी श्रृजना गर्दै गरिबी निवारणमा जोड दिने ।

उद्देश्य : संमृृद्ध र सुखी थाक्रे गाउँबासीको चाहनालाई परिपुर्ति गरी आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय र सुशासनको क्षेत्रमा सवल, सशक्त र संमृृद्ध पालिका निर्माण गर्ने उद्देश्य लिईएको छ ।
त्यसै सिलसिलामा म देहाय अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्मानीत सभा समक्ष अनुमति चाहन्छु ।
क) आर्थिक क्षेत्र (आर्थिक प्रशासन तथा राजस्व परिचालनसम्बन्धी नीतिहरु)
–  नेपालको संविधान, स्थानिय सरकार सँन्चालन ऐन २०७४, आधारमा थाक्रे गाँउपालिकाको आर्थिक ऐन, जिल्ला समन्वय समितिसँग समन्वय, साथै प्रचलित ऐन कानुन तथा नेपाल सरकारद्वारा जारी गरिएका नीति, मार्गदर्शन र कार्यविधि बमोजिम राजश्व संकलनलाई व्यवस्थित गरी राजश्ब अभिवृद्धि गर्ने नीति लिइनेछ ।
–  यस पालिकाक्षेत्र भित्र बसोबास गर्ने थाक्रे बासीहरुको क्षमता, अन्य गाँउपालिकाको तुलनात्मक अध्ययन तथा प्रचलित ऐन नियमका आधारमा करका दरहरु निर्धारण गरिनेछ ।
–  कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै उत्पादकत्व बृद्धि गरी यस नगर क्षेत्रलाई विषादी रहित अर्गानिक तरकारी, खाद्यान्न, दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने नीति लिइनेछ ।
–  कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्दै यसलाई मर्यादित एवम् आकर्षक पेशाको रुपमा विकास गरिनेछ । तुलनात्मक एवम् प्रतिस्पर्धात्मक लाभको सम्भावना र भौगोलिक एवम् पर्यावरणीय स्थिति अनुसार विभिन्न भागहरुलाई खाद्यवस्तु, तरकारी तथा नगदेबाली उत्पादनको पकेटक्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गरिने छ । किसानहरुको सहभागितामै सामाजिक सुरक्षा कोष खडा गरी क्रमशः उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेत यसमा आबद्ध गरिनेछ ।
–  कृषिको यान्त्रीकरणलाई प्रोत्साहन दिन सामुहिक र सहकारी कृषि प्रणालीको विकास गरिनेछ । मल, बीउ, सिंचाई, प्रविधि र कृषि उपजको बजारको सुनिश्चितता कायम गरिने छ । बाली तथा पशुपंक्षी बीमामा किसानको सर्बसुलभ पहुँच पुग्ने व्यवस्था गरिने छ । यसका लागि निजी क्षेत्रसँगै सहकारी संस्थाहरुलाई समेत परिचालन गरिनेछ । कृषि सहकारीको प्रवद्र्धन गरी साना किसानहरुको आर्थिक सामाजिक सशक्तीकरण गरिनेछ ।
–  कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराइनेछ । साथै कृषि सम्बन्धी सूचनाहरु स्थानीय पत्रपत्रिका, रेडियो, मोवाइल तथा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाइनेछ ।
–  सार्वजनिक, सहकारी र निजी क्षेत्रको साझेदारीमा पशु स्रोतकेन्द विकास गरी उन्नत जातका गाई, भैँसी, बाख्रा लगायतका पशुपंक्षीहरुको उत्पादन तथा वितरणलाई व्यवस्थित तुल्याइनेछ ।
– पशुपंक्षीको बजार प्रवद्र्धन गर्न पशुपंक्षी हाटबजारको व्यवस्था मिलाउन प्रोत्साहन गरिनेछ । आधुनिक बधशाला सञ्चालन गर्नुपर्ने नीति अवलम्बन गरिनेछ । साथै पशुपंक्षी बिक्रीका लागि काठमाण्डौँमा विशेष व्यवस्था मिलाइनेछ ।
– कृषि तर्फ मुख्य खाद्यवस्तुहरुको उत्पादनमा वृद्धि गरी खाद्यन्नमा आत्मनिर्भर बनाई खाद्य सुरक्षा हासिल गराउने नीति अवलम्बन गरिनेछ ।
–  गाँउपालिकाको दीर्घकालीन आयश्रोतको रुपमा वित्तीय कोष खडा गरीकृषि, पर्यटन जलश्रोतप्रर्वद्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
–  यस गाँउपालिकाबाट सेवा शुल्क निर्धारण गर्दा सामाजिक न्यायको आधारमा उपेक्षित वर्गका लागि सहुलियत हुने गरी तोकिए बमोजिम सेवा शुल्क निर्धारण गरिनेछ ।
– राजस्वका थप क्षेत्र पहिचान गरी राजस्व वृद्धि गर्ने नीति लिइनेछ ।
–  “राजस्व संकलन– भार होइन, समृद्धिको आधार हो” भन्ने चेतना जागरण गराउन राजश्व सचेतना अभियान सञ्चालन गरिनेछ ।
–  स्थानीय उद्योग तथा व्यवसाय प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पु¥याउने कर नीति अवलम्बन गरिनेछ ।
–  राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरी प्रक्षेपित स्रोत साधनको सन्तुलित वितरणको खाका तयार गर्ने नीति लिइनेछ ।
–  संघीय तथा प्रादेशिक सरकारबाट प्राप्त मार्गदर्शन, स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधारहरु तय गर्ने नीति अवलम्बन गरिनेछ ।
–  अर्थतन्त्रका तीन स्तम्भहरु सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई सहभागिता, स्वतन्त्र विकास र परिपूरक भूमिका मार्फत गाँउपालिकाको अर्थतन्त्रलाई सुदृढ गर्दै समृद्धिको मार्गतर्फ आर्थिक नीतिहरु केन्द्रित हुनेछन् ।
–  उद्योग वाणिज्य संघ लगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा व्यापार प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
–  एकिकृत सम्पति कर प्रणाली लागु गर्न एकिकृत सम्पति कर ब्यवस्थापन निर्देशिका तयार गरी २०७५ श्रावण १ गतेबाट प्रचलित ऐन बमोजिम एकिकृत सम्पति कर तथा मालपोत कार्यान्वयन गर्ने नीति अवलम्बन गरिने छ ।
–  पशुपालन एवं मौरी पालनलाई विशेष प्रोत्साहन प्रदान गर्ने नीति अवलम्बन गरिने छ ।
–  राजमार्ग केन्द्रित होटल व्यवसायलाई मर्यादित एवं यात्री÷पर्यटक मैत्री बनाउन पहल गरिने छ ।
– थाक्रे गाउँपालिका क्षेत्र भित्र रहेका क्रसर उद्योग, इट्टाभट्टा, ग्यास उद्योग लगायत ठुला उद्योग भित्र्याउने र हाल संचालित उद्योग कलकारखाना एवं खानिलाई प्रचलित मापदण्ड भित्र संचालित गर्ने नीति अवलम्बन गरिने छ ।
– सहकारी बैंक तथा वित्त क्षेत्र विकासको लागि प्रभावकारी कार्यक्रम संचालन गरिने छ, साथै संगठित क्षेत्रबाट हुने कारोवारलाई बैंकिङ प्रणालीमा आवद्घ गर्न प्रोत्साहित गरिने छ ।
– कृषि क्षेत्रका आधुनिकिकरण एवं व्यावसायिकरणका लागि प्राविधिक जनशक्ति आवश्यक भएकोले “एक वडा एक प्राविधिक कृषिको व्यवसायिकता प्रत्येक वडामा १ प्राविधिकको उपलब्धता ” नामक कार्यक्रम संचालन गरिनेछ, यसका लागि आ.व. ०७५÷७६ मा कृषि प्राविधिक उत्पादन गरिनेछ ।
–  कृषि क्षेत्रको प्रगति उन्नति थाक्रेको सम्बृद्घि नामक कार्यक्रम संचालन गरिनेछ ।

ख) सामाजिक क्षेत्र (सामाजिक विकास नीति तथा कार्यक्रम)
अ) अध्ययन, अनुसन्धान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी नीतिहरु
–  यस थाक्रे गउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन गर्ने तथा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरी सकिएकोमा यस क्षेत्रलाई १ वर्षभित्र खुला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ । सरकारी तथा गैरसरकारी विकास साझेदारहरुसँगको सहकार्यमा घर–घरमा शौचालय बनाउने अभियानलाई थप प्रभावकारी बनाउनुका साथै व्यस्त सार्वजनिक ठाउँहरुमा सार्वजनिक शौचालय बनाउन पहल गरिनेछ र शौचालय नबनाउने व्यक्तिहरुलाई गाँउपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा रोक्का गर्न सकिने नीति लिइनेछ ।
–  थाक्रे गाँउपालिका क्षेत्रलाई प्लाष्टिकमूक्त क्षेत्र घोषणा गर्न आवश्यक पहल गरिनेछ ।
घ० थाक्रे गउँपालिका क्षेत्र भित्रका फोहर व्यवस्थापन गर्नका लागि स्थायी ल्याण्डफिल्ड साइट खोजी गरी प्रयोगमा ल्याइनेछ ।
–  स्वास्थ्य सेवा विकास गर्न आवश्यक पहल गरिनेछ साथै स्वास्थ्य चौकी नभएका वडाहरुमा ग्रामिण स्वास्थ्य क्लिनिकको स्थापना गरिनेछ ।
–  वातावरण मैत्री स्थानीय शासनको प्रारुपमा उल्लेखित सूचकहरु कार्यान्वयनको लागि स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थासँग समेत सहकार्य गर्नुका साथै वडा समितिलाई परिचालन गरी सामाजिक परिचालक मार्फत कार्यान्वयनमा ल्याइनेछ ।
–  यस गउँपालिका भित्रका मूख्य मूख्य वस्तीलाई सफा उज्यालो बनाउनको लागि सौर्य उर्जा मार्फत उज्यालो सहर बनाउने नीति लिइने छ ।
–  वित्तीय सेवामा सबै गाँउवासीको पहुँच सुनिश्चित गर्न सबै गाँउवासीको बैङ्क खाता सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
–  समुदायमा रहेको साधन, स्रोतको संगठितरुपमा परिचालन गरी सामाजिक रुपान्तरण र समन्यायिक आर्थिक वृद्धिमार्फत समुदायको सशक्तीकरण गर्न सहकारी अभियानलाई अघि बढाइनेछ ।
–  शैक्षिक बेरोजगारी अन्त्य गर्दै सीपमुलक प्राविधिक जनशक्ति उत्पादनको नीति लिइनेछ , विधालय स्तरबाटै पप्राविधिक विषयहरु शुरुवात गििर प्राविधिक जनशक्ति उत्पादन गरिनेछ ।
–  स्वास्थ्य र निरोगी थाक्रे वासी को परिकल्पना गरिरहेको छु, यसको लागि प्राकृतिक चिकित्सा र योग अभ्यास लाई प्राथमिकता दिइनेछ, साथै मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम गैर सरकारी संस्था संगको साझेदारीमा संचालन गरिने छ ।

आ. समुदाय विकास नीतिहरु
–  गाँउपालिकाद्वारा सञ्चालन गरिने सीप तथा स्वरोजगारमूलक, क्षमता अभिवृद्धि कार्यक्रमहरु लागत सहभागिताको आधारमा सम्बन्धित सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
–  समुदायमा हुने विवाद समाधान गर्न मेलमिलाप गर्ने नीति अख्तियार गरिनेछ साथै यसका लागि मेलमिलाप केन्द्रलाई क्रियाशील बनाउने तथा मेलमिलाप कर्ता उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
–  ग्रामिण गरिवी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
–  लागू औषध दुव्र्यवसनी न्यूनीकरण गर्न सम्बन्धीत संघसंस्थाहरुको सहकार्यमा कार्य गरिनेछ ।

 समावेशी विकास नीतिहरु
–  थाक्रे गाउँपालिका भित्र रहेका अति विपन्न परिवारलाई स्वरोजगार एवं आयआर्जनको कार्यक्रम मार्फत गरिबि निवारण नीति लिइने छ । यसका लागि गरिबका साथमा अध्यक्ष नामक कार्यक्रम संचालन गरिने छ यस मार्फत प्रत्येक आ.व. मा कम्तीमा १०० विपन्न घर परिवारलाई उक्त कार्यक्रममा सहभागि गराइने छ ।
– यस थाक्रे गाँउपालिका क्षेत्र भित्र रहेका महिला, अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका र पिछडिएको वर्गको छुट्टाछुट्टै सञ्जाल गठन गरी लक्षित समुदायको सशक्तिकरणमा टेवा पु¥याइने छ ।
–  महिला, एकल महिला, वालवालिका, दलित, जनजाति, अपाङ्ग, असहायको उत्थानका लागि लक्षित वर्ग कार्यक्रम अन्तर्गत सम्बन्धित क्षेत्रमा क्रियाशिल संघसंस्थामार्फत ती वर्गको सशक्तिकरणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
–  विकास दृष्टिले पछाडि परेका वडा तथा क्षेत्रको समानुपातिक एवम् सन्तुलित विकासका लागि ती क्षेत्रका समुदायले जुटाउनुपर्ने लागत सहभागिताको भारलाई कम गर्न सकारात्मक बिभेदको नीतिलाई अगाडि बढाइनेछ ।
–  अनाथ वालबालिका, अपाङ्ग, सुस्त मनस्थिति, मानसिक सन्तुलन गुमाएका तथा वुद्धवृद्धाको उचित व्यवस्थापन तथा स्याहारका लागि आवश्यक सेवा केन्द्र सञ्चालन गर्ने संघसस्थालाई सहयोग गर्ने नीति अवलम्वन गरिनेछ ।
–  बालमैत्री गाँउ बनाउनको लागि बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार बालमैत्री कार्यक्रम सञ्चालन गरी बालश्रमरहित गाँउपालिका बनाउन प्रयास गरिनेछ ।
–  थाक्रे गाँउपालिकामा धेरै पहिले देखि मुस्लिम समुदायको उपस्थिति रहेकोमा उक्त समुदायको सम्बद्र्घन तथा मातृभाषा शिक्षालाई प्रवद्र्घन गर्ने नीति लिइनेछ ।
–  सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाई यस क्षेत्र भित्रका विकृती न्युनिकरण गर्न मोबाइल बैंकिंग प्रणाली मार्फत वृद्घ वृद्घा भत्ता वितरणको कार्य शुरु भैसकेको छ , यस सेवा प्रवाहलाई अझ थप प्रभावकारी बनाइने छ ।
–  थाक्रे गाउँपालिकाको समपुर्ण महिलाको समग्र विकासका लागी एक परिवार कम्तीमा १ सदस्य रहनेगरी गाउँपालिका क्षेत्रभरी महिला समुह गठन गरी महिलाको क्षमता विकास सशक्तिकरण तथा संस्थागत विकास गर्ने नीति अवलम्वन गरिनेछ ।
–  वडा स्तरमा संचालनहुने योजनाहरुमा महिलाको नेतृत्व वृद्धि गर्ने निति अबलम्बन गरिनेछ । सम्भव भए सम्म वडा स्तरका उपभोक्ता समिति मार्फत संचालन हुने कम्तीमा एक तिहाई योजनाहरु महिलाको नेतृत्वमा संचालन गर्ने र समग्र योजनाहरुमा महिला रहने नीति अबलम्बन गरिने छ ।
ग) पूर्वाधार क्षेत्र (सहरी पूर्वाधार तथा भौतिक संरचना बिकास सम्बन्धी नीतिहरु)
–  आगामी आर्थिक वर्ष यो गाँउपालिकाको पूर्वाधार विकास तर्फको प्रस्थान विन्दु हुनेछ । आगामी पाँच वर्षलाई विकास अवधिका रुपमालिइनेछ ।
–  यस वर्ष छनौट गरिएका आयोजनाहरुलाई एज्ञ, एद्द र एघ मा वर्गीकरण गरी एज्ञ मा परेका आयोजनाहरुलाई पहिलो चौमासिकमा, एद्द मा परेका आयोजनाहरुलाई दोस्रो चौमासिकमा र एघ मा परेका आयोजनाहरुलाई तेस्रो चौमासिकमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ ।
–  गाँउपालिका क्षेत्रमा सञ्चालन गरिने पूर्वाधार वा सामाजिक बिकाससँग सम्बन्धित कुनै पनि कार्यक्रम वा परियोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा सञ्चालन व्यवस्थापन चरणहरुमा सामाजिक तथा वातावरणीय सन्तुलन, प्रकोप व्यवस्थापन पक्ष समेतलार्ई ध्यानमा राखी आयोजनाहरुको निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
–  जनसहभागितामा सञ्चालन गरिने आयोजनाहरु कार्यान्वयन गर्दा वातावरणमैत्री आयोजना बनाउने तर्फ सम्बन्धित उपभोक्ता समितिहरुलाई जिम्मेवार बनाउने नीति लिइनेछ । सम्पन्न भएका आयोजनाहरुको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित उपभोक्ताहरुलाई नै हस्तान्तरण गर्ने नीति लिइनेछ ।
–  भौतिक पूर्वाधार तथा संरचनाको गुणस्तर सुनिश्चतताको लागि सुपरिवेक्षण तथा अनुगमन कार्यलाई नियमित बनाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
–  योजना सम्पन्न भएपछि भुक्तानीका लागि पेश हुन आएका योजना कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरुको सहभागितामा सार्वजनिक परीक्षण पश्चात मात्र भुक्तानी गर्ने नीति लिइनेछ ।
–  समग्र विकास निर्माणमा सार्वजनिक र नीजि साझेदारी ९एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ(एएए० को अवधारणा अवलम्बन गरिनेछ ।
–  पूर्वाधार विकास गरिएका योजनाहरुको दिगो विकासका लागि मर्मत सम्भार सेवा शुल्क तोकी मर्मत कार्यलाई अगाडि बढाइनेछ ।
–  व्यवस्थित तथा योजनाबद्ध सहरी विकासलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
–  विकास कार्यलाई व्यवस्थित गर्न गाँउको समग्र विकासको गुरुयोजना ९क्ष्लतभनचबतभम ःबकतभच एबिल० तयार शुरुवात गरिएकोमा आगामि वर्ष देखी उक्त गरुयोजना बमोजिम वजेटिङ गरिनेछ ।
–  भू–उपयोग नीति अवलम्बन गरिनेछ ।
–  सहरी विकास मन्त्रालय÷डिभिजन भवन कार्यालयसँग सहकार्य गरी जग्गा विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
–  सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षणको नीति अवलम्बन गरिनेछ ।
– ० ११ वटै वडामा कम्तीमा १÷१ वटा एकिकृत बस्ती, पार्क÷वगैचा, खेलकूद मैदान, सामुदायिक भवन निर्माणको लागि प्रोत्साहित गर्ने नीति लिइनेछ ।
–  नीजि क्षेत्रले जग्गा विकास गर्दा गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने नीति अवलम्बन गरिनेछ ।
–  भूकम्पका कारण भत्किएका निजी आवास तथा सरकारी भवनहरुको पुनःनिर्माणको कार्यलाई आ.व. ०७५÷७६ वर्ष भित्रमा सम्पन्न गर्न प्रोत्साहित गरिनेछ ।
–  नेपाल विद्यतु प्राधीकरणसँगको सहकार्यमा विद्युत वितरण लाइन विस्तार गर्दा स्थानीय जनतामा कुनै असर नपर्ने गरी विद्युत प्रसारण गर्ने नीति अवलम्बन गरिनेछ साथै जोखिम पूर्ण काठका पोलहरुलाई ५ वर्ष भित्र पूर्ण रुपमा विस्थापन गरी स्टिल पोल राखिने छ ।
–  गाउँपालिका क्षेत्र भित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा आधारभूत औषधि तथा स्वास्थ्य उपचारका लागि उपकरणहरुको व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा कायम गर्न समुचित व्यवस्था मिलाइनेछ ।
–  सडक तथा टोल बस्तीमा प्रतिक्षालय निर्माण गर्ने नीति लिइनेछ ।

घ) वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीतिहरु
–  वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
–  फोहोरमैला संकलन, पुनःउपयोग, प्रशोधन र विसर्जन गरी सफा सहर निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
–  वन संरक्षण, व्यवस्थापन, दिगो उपभोग र स्वच्छ वातावरणको लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणाली सुदृढीकरण गरिनेछ । जैविक विविधताको संरक्षण, वातावरणीय सेवा र जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
–  विपद् व्यवस्थापनका लागि विपद्का क्षेत्रहरुमा जोखिमको अवस्था, जोखिम न्युनिकरणको उपायहरु तथा संस्थागत प्रवद्र्धन गर्न आवधिक जोखिम व्यवस्थापन योजना ।

–  वनस्पति, गैरकाष्ठ वन पैदावर तथा जडिबुटी प्रजातिको अध्ययन, अनुसन्धान, संरक्षण, खेती तथा उत्पादन वृद्धि र प्रशोधनकेन्द्रहरु स्थापना गरी वनमा आधारित उद्यमलाई प्रोत्साहित गरिने छ ।
–  काठको उत्पादन र उपयोगमा गाँउलाई आत्मनिर्भर बनाइने छ । खेर गइरहेको जग्गामा निजी र सामुदायिक वनको क्षेत्र तोकी कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक वन र सहकारी मार्फत जनसहभागिताको क्षेत्र फराकिलो तुल्याउँदै वनबाट रोजगारीका अवसर सिर्जना गरिने छ ।
–  वन क्षेत्रको अतिक्रमण र आगलागी नियन्त्रण गर्न आवश्यक कार्ययोजना तयार गरिने छ ।
–  विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्ययोजना तय गरी लागू गर्ने नीति अवलम्बन गरिनेछ ।
–  सार्वजनिक खाली जग्गा वा पाखा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
–  विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघसंस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
–   सडक यातायातको सडक दुर्घटना कम गर्न तथा दुर्घटना पश्चात तत्काल उद्धारको कार्य गर्ने व्यवस्था मिलाइने छ ।
–  भु–शंरक्षण एवं पहिरो नियन्त्रणको लागि वृक्षरोपण कार्यक्रम एवं रोकथामका विधि अबलम्बन गर्ने नीति लिइनेछ ।
ज्ञघ० आगलागी नियन्त्रणको लागि संघीय सरकारका वा प्रदेश सरकार संग सहकार्य गरेर आगलागी नियन्त्रणको यन्त्र उपकरण उपलब्ध गराउन पहल गरिनेछ ।
–  विपद बेला प्रयोग गर्ने गरी विपदसँग सम्बन्धित संस्थाहरु जस्तै रेडक्रस लगायत सँग सहकार्य गरी तालिम प्राप्त खोज तथा उद्दार कार्यकर्ता तालिम सन्चालन गर्ने निति अवलम्बन गरिने छ ।
–  संस्थागत विकास, सेवा प्रवाह र सुशासन नीतिहरु
– गाँउपालिकाकोे संस्थागत क्षमता अभिबृद्धि तथा मानव संसाधन विकासका लागि क्षमता विकासयोजना तर्जूमा गरिनेछ ।
–  कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन पद्दतिलाई प्रभावकारी र वैज्ञानिक बनाई सेवामुखी एवम् जवाफदेही बनाइनेछ साथै उच्च कार्य सम्पादन सहित उत्कृष्ट सेवा प्रवाह गर्ने ३ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिने छ ।
–  थाक्रे गाउँपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरुलाई चुस्त र पारदर्शि वनाइने छ, सेवा प्रवाहमा विद्युतिय प्रविधिको प्रयोग गरिनेछ कार्यलयको गतिविधीहरु वेव साईट, फेसबुक पेज मार्फत सार्वजनिक गरिनेछ । मोबाईल एप मार्फत सम्पूर्ण योजना र गतिविधिहरु जानकारी हुने व्यवस्था मिलाउन शरुवात गरिएकोमा आगामि आ.व. देखी यसलाई थप प्रभावकारी बनाईने छ ।
–  गाउँपालिका र वडा कार्यालयहरुमा विधुतिय हाजिरी प्रणालीको व्यवस्था मिलाइने छ, साथै वडा कार्यालय र गाउँपालिका बिच विधुतीय सम्बन्ध प्रणाली विकास गरिने छ ।
–  वेरुजु नहुने गरी आर्थिक प्रशासन संचालन गर्ने नीति लिइने छ । आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाइनुको साथै आन्तरीक लेखा परिक्षण बाट यथार्थ विवरण प्राप्त हुने व्यवस्था मिलाइनेछ ।
– गाउँपालिका गठन पश्चात स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन भई नसकेकोले पदपुर्ति भइनसके सम्म अति आवश्यक पदमा करार वा ज्यलादारीमा पदपुर्ति व्यवस्था गरिनेछ ।
–  पत्रकारिता क्षेत्रको, प्रर्वद्धन एवम् विकासका लागि पत्रकार महासंघ लगायत संचारसंग सम्बद्ध निकायहरुसंग समन्वय गरी संचारमैत्री कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
– गाउँपालिकाबाट सम्पादन हुने कामहरुलाई प्रभावकारी बनाउन प्रचलित कानून बमोजिम विषयगत र क्षेत्रगत निर्देशिकाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
–  पारदर्शिता एवम् सुशासनका लागि गाउँपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिनेछ । साथै जनप्रतिनिधी र कर्मचारीहरुलाई कम्प्युटर तालिम प्रदान गरी सबै वडामा सफ्टवेयर जडान गरी आर्थिक कारोवार कम्प्युटर मार्फत गर्ने व्यवस्था मिलाइने छ ।
–  पारदर्शिता एवं सुशासनका लागि गाँउपालिकाको आम्दानी एवं खर्चलाई सार्वजनिकीकरण गर्ने कार्यलाई निरन्तरता दिनुका साथै विकास निर्माण कार्यमा पारदर्शिता कायम गर्न योजना स्थलमा नै सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– सुशासन र सेवा प्रवाहलाई चुस्त, प्रभाावकारी बनाउन ऐन, नियम, कार्यविधी, निर्देशिकालाई पूर्ण रुपमा पालना गरिनेछ। सेवा प्रवाहमा संलग्न कर्मचारीहरुको मनोवल बढाउन आवश्यक्तानुसार प्रोत्साहनका कार्यक्रमहरु ल्याइनेछ ।
– थाक्रे गाउँपालिकाका विभिन्न विधाका प्रतिभा हाम्रा गहना हुन्, त्यस्ता प्रतिभाको श्रृजनामा योगदान गर्ने तथा गाउँपालिकाको ख्यातिमा योगदान पु¥याउने प्रतिभाको सम्मान गर्ने नीति गाउँपालिकाले अबलम्बन गर्ने छ ।
–  प्रस्तुत नीति कार्यान्वयनवाट थाक्रे गाउँपालिकाको सम्वृद्धी विकासमा उल्लेखिय योगदान पुग्ने अपेक्षा गरेको छु । नीति कार्यक्रम तयार गर्न सहयोग पु¥याउनुहुने वडा समितिहरु, कार्यपालिकाका सदस्यहरु, बुद्धिजिवीहरु, राष्ट्र सेवक कर्मचारीहरु सबैलाई धन्यवाद व्यक्त गर्दछु । प्रस्तुत नीतिको सफल कार्यान्वयनको लागि समेत सबैको सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद ।

प्रस्तुत कर्ता 
रामकुमार आचार्य
अध्यक्ष
थाक्रे गाउँपालिका

आर्थिक वर्ष २०७५/ ७६ को बजेट बक्तब्य

सभाअध्यक्ष ज्यू,
स्थानीय तहको सरकार संचालनको १ वर्ष पश्चात यो तेस्रो गरिमामय गाउँसभा आ.व. ०७५/ ०७६ वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरवान्वित ठानेको छु । नेपालको संविधानले नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्र शासन व्यवस्थाको माध्यम द्धारा, दिगो शान्ती शुसाृसन, विकास र संवृद्धीको आकांक्षा पूरा गर्ने लक्ष लिइएकोमा समृद्ध थाक्रे गाउँपालिका र सुखी थाक्रे वासी निर्माण गर्ने अभियानमा थाक्रे गाउँपालिकाले आफ्नो क्रियाकलाप संचालन गरि रहेको छ । यसको लागि चा.लु आ.व. को अनुभव समेत वाट आगामी आ.व. ०७५/०७६ योजना तथा कार्यक्रम छानोट गरी प्रभावकारी कार्यान्वयन गरिने व्यवस्थापन सहित वजेट ब्यवस्था गरेको छु ।

थाक्रे गाउँसभा बैठकमा राजश्व र व्ययको अनुमान (वजेट) प्रस्तुत गर्न उभि रहदा, नेपाललाई,राष्ट्रिय स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, दिगो शान्ती, सुशासन, विकास र सम्वद्धिीको नयाँ युगमा लैजानको लागि जन आन्दोलनका विभिन्न कालखण्डमा जिवन बलिदान गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक भावपूर्ण श्रदान्जली अर्पण गर्दछु साथै घाईतेहरु प्रति स्वास्थ्य लाभको लाभको कामना गर्दछु ।
घ० संविधान अनुसार स्थानिय तहवाट आफ्नो अधिकार क्षेत्र अनुसार ऐन, नियम एंव कार्यविधी वनाउन सक्दछन् । हामिले पनि नेपालको संविधान एंव स्थानिय सरकार संचालन ऐन २०७४ को प्रावधान अनुसार थाक्रे गाउँपालिकाको लागि आवश्यक कानुन निर्माण गर्ने सो अनुसार कार्य सम्पादन गर्ने अभियान थालेका छौ ।

प्रस्तुत वजेट निर्माण, गर्दा नेपालको संविधान, स्थानिय सरकार संचालन ऐन तथा स्थानिय तहको योजना तथा वजेट तर्जुमा दिग्दर्शन मा उल्लेख भएका विधि एंव प्रक्रिया अबलम्बन गरिएका छन् । यसरी वजेट निर्माण गर्दा थाक्रे गाउँपालिका लाई सम्ुान्नत, सम्वृद्ध, र आत्मनिर्भर बनाउने निति, कार्यक्रम र योजनाहरु प्राथमिकतामा दिइएको छ । दुइ वटा राष्ट्रिय राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग थााक्रे गाउँपालिका हुदै गएका भएतापनि, अधिकांस भु–भाग विकट पहाडि भुगोल र ग्रामिण जिवन शैली रहेकोे थाक्रे गाउँपालिकामा हामिले सम्बोधन गर्नुपर्ने विषयहरु धेरै रकेका छन् । स्थानिय सरकारको उपस्थिती पश्चात जनताको अपेक्षा बढेका छन् । हामिले छनौट गरेका योजना तथा कार्यक्रमले जनताको अपेक्षालाई संबोधन गरेको हुनु पर्दछ प्रस्तुत वजेटमा यहि मुल मर्म लाई आत्मसाथ गरेको छु ।
छ० संघीय राजधानी काठमाण्डौ वाट नजिक रही खानी, पर्यटन कृषि र व्यपारको प्रचुर सम्भावना बोकेको यो सुन्दर पहाडी नगरीको श्रोत र साधनको सुव्यवस्थित उपयोगले थाक्रे वासीको सम्वृद्धी र जिवनमा सकारात्मक परिवर्तन ल्याउन तथा गाउँपालिकाको सेवामा विशिष्टता ल्याउने गरी नीति तथा कार्यक्रम तय गर्न यो गाउँ सभा सफल रहने विश्वास लिएको छु ।

चालु आ.व.को नीति तथा कार्यक्रमको समिक्षा 
६) स्थानीय तहको निर्वाचन भई सरकार गठन पश्चात सेवा प्रवाहमा
प्रभावकारिता
वृद्धि भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुको सामुहिक प्रयासले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण विपद व्यवस्थापन एवं सुशासन
प्रवद्र्धन र क्षमता विकास तर्फ महत्वपूर्ण शुरुवात गरिएको छ । यसवाट प्रारम्भिक नतिजाहरु उत्साह प्रद्ध देखिएका छन् ।
चालु आ.व. का लागि विनियोजन भइ संचालनमा रहेका योजना बाट हाल सम्म भौतिक प्रगति तर्फ ४२.७ कि.मि. सडक स्तरोन्नती भएको, ५.५९ कि.मि. ग्राभेलिङ भएको छ त्यस्तै नया ट्रयाक निर्माण तर्फ २२ कि.मि. निर्माण संपन्न भएको छ, खानेपानी आयोजना तर्फ १३ वटा योजनाहरु सम्पन्न भएका छन्, सामुदायीक भवन निर्माण तर्फ ११ वटा योजनाहरु र सामाजिक विकासका ८ ओटा योजना सहित अन्य योजना समेत गरी पुजिगत तर्फ ११ करोड ३२ हजार २ सय ७५ खर्च भएको छ चालु तर्फ १ करोड ६५ लाख ५८ हजार २ सय ५७ रुपैया, सर्सत तर्फ ७ करोडर ३ लाख ३७ हजार ४ सय ३० रुपैया सामाजिक सुरक्षा भत्ता तर्फ ३ करोड ३९ लाख ७२ हजार ८ सय खर्च भएको छ , एल.जि.सि.डि.पि तर्फ ५ लाख ७६ हजार ९ सय ४५ गरी कुल खर्च २३ करोड १४ लाख ७७ हजार ७ सय ७ रुपैया को प्रगति हासिल भएको छ ।
हाल योजना तथा कार्यक्रमहरु संचालनमा रहेकोले सम्पूर्ण नतिजा चालु आ.व.को अन्त्य सम्ममा मात्र प्राप्त हुने व्यहोरा अनुरोध छ ।
सभाअध्यक्ष ज्यू,
अव म २०७५/ ०७६ वजेट निर्माण गर्दा लिइएका प्राथमिकता क्षेत्र एवं आधारहरु प्रस्तुत गर्न अनुमति चाहान्छु
७) प्राथमिकताका क्षेत्रहरु
१. पूर्वाधार विकास
२. कृषिमा आधुनिकरण र यान्त्रिकरण
३. शिक्षा, पर्यटन,जलश्रोत, स्वास्थ्य र व्यापारको प्रवद्र्धन तथा विकास
४. महिला, बालबालिका, अशक्त÷अपाङ्ग दलित आदिवासी÷जनजाति,
पिछाडिएको वर्ग र अति गरिव तथा सिमान्तकृत समुदायको विकास
५. विकासमा गैर सरकारी तथा नीति क्षेत्रसँग सहकार्य र साझेदारी

८) प्राथमिकताका आधारहरु
यस आ.व.मा आयोजनाहरुको प्राथमिकीकरण गर्दा निम्न आधारहरु लिइएको व्यहोरा यस सम्मानित सभा समक्ष निवेदन गर्दछु ।
– आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने,
– उत्पादनमूलक र छिटो प्रतिफल दिने,
— राजस्व परिचालनमा योगदान पु¥याउने,
-सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने,
-स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने,
– लैंगिक समानता तथा सामाजिक समावेसीकरण वातावरण संरक्षण तथा बैकल्पीक उर्जा र विपद व्यवस्थापनमा योगदान पु¥याउने,
-स्थान विशेषको संस्कृति र पहिचान प्रवद्र्धन गर्ने,
– दिगो विकासका लक्षहरु प्राप्ती तर्फ उन्मुख हुने

श्रध्देय अध्यक्ष ज्यू,
९) अव म गत आ.व.को यथार्थ चालु आ.व.को राजश्व र व्ययको संशोधित विवरण प्रस्तुत
गर्दछु ।
गत आ.व. ०७३/०७४ मा गाउँपालिका गठन हुनु अघिको साविक गा.वि.स. हरु तथा गाउँपालिका
गठन भए पश्चातको विवरण अनुसार उक्त आ.व. मा चालु खर्च तर्फ ुसामाजिक सुरक्षा भत्ता सहित कुल रु. ३ करोड ५२ लाख ६६ हजार ४ सय ३१ रुपैया ९० पैसा र पूजिँगत तर्फ कुल रु. ४ करोड ५ लाख ३९ हजार ९ सय ६३ रुपैया र नब्बे पैसा यथार्थ खर्च भएको व्यहोरा सम्मानीत सभा समक्ष अनुरोध गर्दछु । त्यस्तै गरी चालु आ.व. को लागि रु. ४ करोड २४ लाख २७ हजारको चालु खर्च र रु २१ करोड ९ लाख ७४ हजार १ सय ९१ रुपैयाको पुँजिगत खर्च तथा सर्शत तर्फ १० करोड ७१ लाख १० हजाररुपैया गरि ३६ करोड ५ लाख ११ हजार १ सय ९१ रुपैयाको संशोधित अनुमान पेश गरेको छु ।

सभाध्यक्ष ज्यू,

१०) अव म आगामि आ.व ०७५/०७६ को चालु खर्च पूजिगत खर्च सर्सत तर्फका खर्च एंव क्षेत्रगत तथा मुख्य मुख्य कार्यक्रमहरुको अनुमानित खर्च विवरण प्रस्तुत गर्दछु ।

१) आगामी आ.व ०७५/०७६ को गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ३ करोड ८४ लाख ७० हजार त्यस्तै पुजिंगत खर्च तर्फ रु १९ करोड ४ लाख १४ हजार र जनसहभागिता रु. १ करोड ९६ लाख ६ हजार ८ सय गरी कुल पुजिँगत खर्च रु. २१ करोड २० हजार ८ सय सर्सत तर्फ १५ करोड ८९ लाख रुपैया सहितको कुल वजेट रु.४० करोड ७३ लाख ९० हजार ८ सय हुने अनुमानित व्यय विवरण पेश गरेको छु । जस अनुसार क्षेत्रगतरुपमा आर्थिक विकास तर्फ रु. १ करोड २२ लाख ५० हजार सामाजिक विकास तर्फ रु. ५ करोड २३ लाख ३० हजार पूर्वाधार विकास तर्फ १० करोड १० लाख ६९ हजार वातावरण तथा विपद ्व्यवस्थापन तर्फ ७१ लाख संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ रु. १ करोड ७६ लाख ६५ हजार र जनसहभागिता तर्फ रु.१ करोड ९६ लाख ६ हजार ८ सय गरी क्षेत्रगत विनियोजन गरेको छु त्यसैगरी गैरसरकारी संस्थाहरुवाट आगामि आ.व को चालु तर्फ रु. ६१ लाख र पुजिँगत तर्फ रु. ४ करोड ५० लाख ४६ हजार ४ सय ४० रुपैयाको वजेट परिचालन हुनेछ । सो को विवरण अनुसूचीमा व्यवस्था गरेको छु ।
२) उपरोक्त अनुसारको विनियोजन भएको व्यय रकम वेहोर्ने श्रोत तर्फ देहाय बमोजिम रहने अनुमान गरेको छु ।
ब० केन्द्रीय सरकार (सघं) वाट वित्तिय समानिकरण अनुदान रु. १६ करोड ६३ लाख
द० प्रदेश सरकार तर्फ वाट वित्तिय समानिकरण अनुदान रु. ८१ लाख ८ हजार
अ० केन्द्रीय सरकार (सघं) वाट शशर्त अनुदान रु. १३ करोड ६२ लाख
म० प्रदेश सरकार वाट शशर्त अनुदान रु.२ करोड २७ लाख
भ० आन्तरिक राजश्व तर्फ रु. ५ करोड ४४ लाख ७६ हजार (बैंक अल्या र नगद मौज्दात समेत )
च) जनसहभागिता तर्फवाट रु. १ करोड ९६ लाख ६ हजार ८ सय
खर्च व्यहोर्ने शिर्षकहरुको शिर्षक गत आ.व. को विवरण संलग्न अनुसूचिमा व्यवस्था गरेको छु ।

सभाध्यक्ष ज्यू,
ज्ञज्ञ० आगामी आ.व.मा संचालन हुने खुख्य मुख्य कार्यक्रमहरु मध्ये कृषि तथा पशु क्षेत्रको विकासका लागि १ करोड २ लाख विनियोजन गरेको छु त्यस्तै पर्यटन क्षेत्र विकासका लागि समेत उल्लेख्य रकम छुट्याएको छु ।
ज्ञद्द० थाक्रे गाउँपालिका भित्र रहेका अति विपन्न परिवारलाई स्वरोजगार एवं आयआर्जनको कार्यक्रम मार्फत गरिबि निवारण नीति लिइएकोछ ५ वर्ष भित्र अति विपन्न समुदायको आर्थिक अवस्थामा सुधार गर्न “गरिबका साथमा अध्यक्ष” नामक कार्यक्रम संचालन गरिने छ यस मार्फत प्रत्येक आ.व. मा कम्तीमा १०० विपन्न घर परिवारलाई उक्त कार्यक्रममा सहभागि गराइने छ जसका लागि चालु आ.व.मा रु. २५ लाख विनियोजन गरेको छु ।
ज्ञघ० समग्र खेलकुद क्षेत्रको विकासको लागि वडा स्तरमा समेत खेलकुद क्लब र मैदान गर्ने निर्माण गरिनेछ साथै गाउँपालिका स्तरी खेलकुद प्रगियोगिता संचालन गर्ने र जिल्ला स्थित सबै स्थानिय तह सहभागि हुनेगरी “अध्यक्ष कप खेलकुद प्रतियोगिता” संचालन गरिने छ यसका लागि रु. ४० लाख विनियोजन गरेको छु ।
ज्ञद्ध० शिक्षण संस्थाहरुलाई प्रदान गरिएको पूर्वाधार विकास वाहेक शिक्षा क्षेत्र विकास एवं सुदृढिकरणका लागि थप रु. ६८ लाख विनियोजन गरेको छु त्यस्तै स्वास्थ्य क्षेत्रको लागि रु. ६५ लाख ८० हजार, स्थानिय सडकहरुको लागि ५ करोड २९ लाख ४० हजार विपद् व्यवस्थापनको लागि ७१ लाख छुट्याएको छु ।
ज्ञछ० आगामि ५ वर्ष भित्र थाक्रे गाउँपालिका भित्रका सबै जनतालाई पाईपवाट खानेपानी खुवाउने व्यवस्था मिलाईने छ यसको लागि आगामि आ.व. मा रु. २ करोड २९ लाख त्यस्तै महिला जनजाती तथा दलितका लागि रु. ७६ लाख रुपैया विनियोजन गरेको छु ।
ज्ञट० सुचना प्रविधिको प्रायोगले थाक्रे गाउँपालिकाको संस्थागत क्षमता विकासको गतिविधि एवं सेवा प्रवाहलाई प्रभावकारी गराइने छ गाउँपालिका एवं वडा कार्यालय बिच विद्युतिय सम्बन्ध ९ भ्(ीष्लपबनभ० कायम गरिने छ, थाक्रे गाउँपालिकाका सबै गतिविधि जनताका हातमा पु¥याउनका लागि सुरु गरिएको मोबाइल एप्लिकेशनलाई थप प्रभावकारी बनाइने छ । गाउँपालिकाको वेव साइट , फेसबुक पेज , सफ्टवयेर जस्ता प्रविधिको प्रयोग गरिनेछ । लगायत समग्र सुचना प्रविधि विकासका लागि २० लाख छुट्याइएको छु । यस वाट सेवा प्रवाह एवं सुशासन र पारदर्शितामा महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छु ।

११) सुशासन प्रवद्र्धन गर्न वडा स्तरमा संचालनहुने कार्यक्रमहरुको पारदर्शिताका लागि व्यवस्थापन मिलाइने छ । र सबै कार्यक्रमहरुको अनुगमन, सार्वजनिक सूनुवाई, सामाजिक परिक्षण जस्ता कार्यलाई प्रभावकारी बनाईनेछ । नीति योजना कार्यक्रम बजेट तयारीको क्रममा रातदिन खटिने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप चालू आ.व. मा एक महिनाको तलब भक्ता दिने र विषयगत शाखा र वडामा कार्यरत कर्मचारीलाई आधा महिनाको तलब भक्ता प्रदान गर्ने व्यवस्था मिलाएको छु । कर्मचारीहरुको मनोबल उच्च राखी सदाचार, ईमान्दार, लगनशिल बनाई समृद्ध थाक्रे बनाउने अभियान सफल पार्न आगामी आ.व. मा कर्मचारीहरुलाई प्रोत्साहित गर्ने व्यवस्था बजेटमा मिलाएको छु ।
१२) वजेट तर्जुमाको क्रममा निर्देशन गर्नु हुने आदरणिय अध्यक्ष प्रति हार्दिक आभार प्रकट गर्दछु । त्यस्तै गरी राय सल्लाह सुझाब दिने यस क्षेत्रका माननिय संसदहरु, जि.स.स. का सभपति, सबै राजनैतिक दलका स्थानिय प्रमुखहरु, सरकारी, गैर सरकारी क्षेत्रका प्रमुखहरु तथा जनप्रतिनिधिहरु, व्यवसायी, शिक्षक, कर्मचारी, संचारकर्मी सबैलाई हार्दिक धन्यावाद दिन चाहान्छु । योवजेट कार्यक्रमा सबैको रचानात्मक सहयोग, सुझाब र समन्वय को अपेक्षा गर्दछु । साथै, यो वजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोग रहने आशा व्यक्त गर्दछु ।

धन्यवाद ⁄

प्रस्तुत कर्ता
अम्बिका रुपाखेती पौडेल
अपाध्यक्ष
थाक्रे गाउँपालिका