सिद्लेक गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

1475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 देशमा लोकतान्त्रिक, गणतन्त्र स्थापन संगै सविधान सभावाट नेपालको संविधान २०७२ जारि भैसकेको छ । यस संविधानले जातिय, क्षेत्रिय, भाषिक, धार्मिक लैगिक विभेद र सवै प्रकारका जातिय छुवाछुतको अत्य गरि आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी समान वितरण प्रणाली आधारित र सहभागिता मूलक सिद्बान्तका आधारभूत समानतामुलक समाजको निर्माणको परिकल्पना गरेको छ । स्थानिय तह निर्वाचन पश्चात नेपाल सरकार वाट मिति २०७४/०८/१० गते संघिय संसद र प्रदेश संसदको निर्वाचन गरि तिनै तहको निर्वाचन सम्पन्न गरि सरकार गठन भै सकेको छ । सोही अनुरुप तिनै तहका सरकारवाट आ-आफनो कार्य संचालन भैरहेको यस पावन अवसरमा जनतावाट निर्वाचित सरकार वाट जनचाहाना अनुरुप जनसमुदायले चाहे अनुसार जननिर्वाचित प्रतिनिधीहरु द्धारा जनहितको लागी समयमै कार्य सम्पन्न भई देशको विकासको फड्को मार्नेछ । यसका साथै जननिर्वाचित प्रतिनिधी सामू २०७२ को विनाशकारी भुकम्पवाट क्षेती हुन गएका घर टहराको पुन निर्माण कार्य ढिलाईले तिव्रता लिन सकेको छैन । साथै सयौको संख्यामा घरहरु लाभग्राहिको सुचीवाट छुटिरहेको अवस्था छ । पुन निर्माण भएका घरहरुको पनि दोश्रो र तेश्रो किस्ता प्राप्तीमा ढिलासुस्ती भैरहेको छ । यस अवस्थामा पालिका भित्र भुकम्पवाट घर क्षती भै लाभग्राहीमा नाम छुटेका घर निर्माण भई दोश्रो र तेश्रो किस्ता पाउन ढिला भएका लाभग्राहीहरु पहिचान गरि यथासिघ्र समस्या समाधान गर्न विशेष पहल गर्ने छौ ।

मिति २०७४ /०३/३१ गते पहिलो गाउँ सभा सम्पन्न पश्चात मिति २०७४/१२/२९ गते दोश्रो गाउँ सभा सम्पन्न गर्दा सम्म सिद्बलेक गाउँपालिकाले २१ वटा ऐन, नियम ,कार्यविधी, निर्देशिका वनाई सिद्धलेक गाउँपालिकाको पहिचान स्थापित गर्न सकेका छौ । तापनी यतिले मात्र जनताको चाहाना र हाम्रो अपेक्षा पुरा हुने होईन । गाउँपालिकाको सस्थागत संरचना निर्माण गर्न र वाँकी रहेका ऐन, नियम, कानून, निति, निर्देशिका निर्माण गर्न गाउँपालिका तत्पर रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।

आदरणीय अध्यक्ष ज्यू मानुभावहरु प्रभावकारी योजनाहरुलाई व्यवस्थित रुपमा विकास गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भएकोले संविधानले परिकल्पना गरे अनुरुप कार्यकारी अधिकार न्यायिक अधिकार व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिए अनुरुप आज हामीहरु यस गाउँपालिकाको तेश्रो गाउँ सभामा उपस्थित भएका छौ । संविधानले दिएको अधिकार प्रयोग गरि यस तेश्रो गाउँ सभामा आगामी आर्थिक वर्षमा संचालन गरिने निति, नियम, ऐन, निर्देशिका, वजेट तथा कार्यक्रम कर र गैरकर राजश्वको दर निर्धारण गर्न प्रस्तुत निति तथा कार्यक्रमले सहज प्रदान गरि यसै चालु सभावाट वजेट तथा कार्यक्रम स्वीकृत गरि कार्यान्वयन गर्न गईरहेका छौ ।

योजना तर्जुमा प्रक्रयालाई जनसहभागिताको माध्यमवाट अगाडि वढाउन वस्ती टोल इलाका विभिन्न संघ संस्थाहरुवाट माग र सुझाव भई आय अनुसार निति योजना कार्यक्रमहरु हामी जनप्रतिनिधीको हैसियतले यस सिद्धलेक गाउँपालिकाको तर्फवाट दोश्रो पटक प्रस्तुत गर्न पाउँदा हामीमा गौरवको अनुभूती भएको छ । गत गाउँ सभामा प्रस्तुत भएका नीति, तथा कार्यक्रमहरु सम्पन्न गर्न सकेका छैनौ । नीति नियम, ऐन आदीको नमुना कानून संघिय सरकार वाट उपलत्र्ध समयमा हुन नसकेको कारण हामीले दिएको वचन पूरा गर्न सकेनौ । यस सिद्धलेक गाउँपालिका विकासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र भित्रका अल्पसंख्यक तथा पछाडी परेका वर्ग तथा समुदायलाई विकासको मूलधारमा ल्याई विकास निर्माण प्रक्रियामा अगाडी ल्याउन कृर्षी क्षेत्र व्यवसायीकरण, विविधिकरण सहित आधुनिकिकरण गरि उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गरि रोजगारी सृजना गर्ने सुशासन प्रवर्द्धन गरी सेवा प्रवाह प्रभावकारीता कायम गर्ने पर्यटन क्षेत्र लाई आज जनजिवनको अभिन्न अंगको रुपमा विकास गर्न प्रर्वद्धन गर्न सामाजिक विकास लाई कृर्षी पर्यटन संग आवद्धता गरी संस्थागत विकासको प्रतिफल हासिल गर्ने जस्ता चुनौती हाम्रो रहेको छ । यी चुनौतीका वावजुद पनी यस गाउँपालिकाले २१ वटा ऐन, नियम, निर्देशिका ,नियमावली , कार्यविधी यहाँहरु माझ ल्याई सकेका छौ । यसका साथै वडा १,४ र ७ वडा कार्यालय भवन निर्माण सम्पन्न पश्चात वडा कार्यालयवाट काम सम्पादन भैरहेको छ । वडा नं. ५ को वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा छ । गाउँ कार्यपालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको, शिक्षाको तालिम केन्द्र अन्तिम चरणमा पुगी सकेको छ । वडा नं २ र ३ को लागी जग्गा व्यवस्थापन गरिएको छ । यसका साथै वुङचुङ मैदान सडक स्तर उन्नती भै नियमित रुपमा वस संचालनमा छ,  वैरेनी पिपलनलाङ ठाँटी कमलावारी मैदान सडकमा दैनिक यातायात संचालनमा रहेको र परेवाटार कूम्पूर भञ्ज्याङ वागवच्छला कालीदह सडक स्तर उन्नती गरी आ.व ०७५/०७६ मा यातायात सेवा संचालन गरिने नीति लिइने छ । यसका साथै मूलावारी ,काम्राङ, डुमीडाँडा, कोटडाँडा, ढल्केपिपल डिप वोरिङ सम्पन्न गरि पानी निकाल्ने कार्य भैसकेको छ ।

माथी उल्लेखित चुनौतीका वावजुद यस गाउँपालिका भित्रका क्रियाशिल राजनैतिक दलहरुको सहयोग सहमतीमा गाउँपालिकाको गुरुयोजना निर्माणाधिन चरणमा रहेको छ । यसको लागी राजनितिक दल, वुद्धिजिवी, संघ संस्था, दलित, जनजाती ,अपाङ्ग, शिक्षक समाजसेवी र अन्य समुदायको सुझावको आधारमा यहाँहरु समक्ष आगामी आ.व ०७५/०७६ को नीती तथा कार्यक्रमहरु प्रस्तुत गर्न अनुमती चाहन्छु ।

 सिद्बलेक गाउँपालिकाको आ.व ०७५/०७६ को लागि प्रस्तावित निति तथा कार्यक्रम 

आर्थिक विकास निति

  • स्थानिय स्तरमा उत्पादन हुने फलफूलको व्यवसायिक खेतिको लागी प्रर्वद्धन गरिने निति लिईने छ ।
  • गाउँपालिकाकमा पर्यटन प्रवद्धन गर्न काडे भ्याकुर संरक्षण प्रर्वद्धन तथा ढेवा लेकमा पर्यटन भित्र्याउन गुरुयोजना तयार गरी प्रदेश सरकार संग समन्वय गर्ने नीती लिईने छ ।
  • लक्षित वर्गहरु महिला बालबालिका आदिवासी जनजाती तथा अपाङ्गता भएका व्यक्तीहरुको विशेष कार्यक्रम मार्फत सामाजिक समावेशीकरण योगदान पुर्याइ जेष्ठ नागरिक एकल महिला अशक्त अपाङ्गता भएका नागरिकहरुको सामाजिक सुरक्षामा जोड दिदै वृद्धा आश्रम निर्माणको निम्ती योजना वनाईने छ ।
  • पशु हाट वजारको स्थापना गरिने छ ।
  • गाउँपालिकका भित्र रहेको सहकारी मार्फत तरकारी ,फलफूल र कृषि उपजहरुको संकलन तथा बिक्रि वितरण गरिने नीति लिईने छ ।
  • कृषकहरुलाई कृषि र पशु पालन क्षेत्रमा व्यावसायिक बन्न प्रोत्साहन गरिने निति लिईने छ ।
  • कुम्पुर डाँडामा र ढेवा लेकमा भ्यू टावरको लागी विशेष पहल गरिनेछ ।
  • कृषकको सहजताको लागी गाउँपालिकाको विभिन्न स्थानमा दुग्ध संकलन केन्द्र स्थापना गरिने छ ।
  • पशुपालनको लागी खोर गोठ सुधार कार्यलाई प्रथमिकता लिई रसादीको उत्पादन गर्दै बिषादि र रासायनिक मललाई ५ वर्ष भित्र न्युनिकरण गरिने कार्यलाई जोड दिईने छ ।
  • गाउँपालिकामा पर्यटन प्रवर्द्धनमा जोड दिई कम्तिमा प्रत्येक वडामा  होमस्टे संचालन गर्न महिला समुह तथा स्थानिय समुदायलाई परिचालन गरि व्यवस्थापनको जिम्मेवारी दिईने छ ।
  • भुकम्प प्रभावितहरुको पुन निर्माण र पुनस्थापनालाई उच्च प्राथिमकतामा सहयोग पुर्याइने निति लिईने छ ।
  • कृर्षीमा आधुनिकरण गर्न कृर्षी तथा पशुपन्छी सम्वन्धी गुरुयोजना वनाउने नीती लिईने छ ।
  • पशु विमा एवं वालि विमाको निम्ती विशेष पहल गरिने छ ।
  • पशुपालन क्षेत्रमा स्थानिय नागरिकलाई सहयोग पुर्याउने उदेश्यले गाउँपालिकमा आवश्यक संख्यामा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता र कृषी प्राविधिक तयार गरि एग्रोभेट संचालन गरिने छ ।
  • किसानहरुले उत्पादन गरेको वस्तुको समर्थन मुल्य कायम गराउन प्रदेश र संघिय सरका संग समन्वय गरिने छ ।
  • खेतियोग्य जमिन वाझो नराखी खेति गर्न प्रोत्साहन गरिने छ ।
  • भुकम्प प्रभावितहरुको लाभग्राहिमा नाम छुटेको पहिचान गरि लाभग्राहीमा नाम समावेश गर्न पहल गरिने छ ।
  • स्थानिय स्तरमा उत्पादन हुने फलफूलको व्यवसायिक खेतिको लागी प्रवर्धन गरिने नीति लिईने छ ।
  • खेतियोग्य टारहरुमा लिफ्ट सिंचाईको व्यवस्था गरि कृषि क्षेत्रको विस्तार गर्ने नीति लिईने छ ।
  • आधुनिक नर्सरी स्थापना गरि कृषकलाई निशुल्क, सःशुल्क विरुवा वितरण गर्ने नीति अवलम्वन गरिने छ ।
  • नमुना होमस्टे वनाउन आमा समुह तथा समुदायलाई परिचालन गरिने नीति लिइने छ ।
  • व्यवसायिक रुपमा पशुपालन, फलफूल, तरकारी, मौरी पालन आदि क्षेत्रमा प्रोत्साहन तथा विकास गरिने छ ।
  • गाउँपालिका भित्र संचालित सहकारी आफ्नो उद्देश्य अनुसारको विकास तथा सम्वृद्बिका लागी सहकारी शिक्षा तालिम र सूचना व्यवस्था गरिने छ ।
  • विषादी न्यूनीकरण गर्न अर्गानिक खेती गर्नेलाई विशेष पुरस्कृत गर्ने नीति लिईने छ ।
  • व्यवसायिक गाई , भैसी , बाख्रा, कुखुरा,वंगुर पालन गर्ने कृषकलाई प्रोत्साहन गरिने छ ।
  • गाउँपालिका भित्र १ वटा प्राङ्गारिक मल कारखाना स्थापना को लागी जग्गा प्राप्तिको लागी पहल गरिने छ ।
  • घरेलु उद्योग साना तथा मझौला र ठुला उद्योगहरुलाई प्रवर्द्धन संवर्द्धन गरिने छ ।
  • गाउँपालिका भित्र उत्कृष्ठ काम गर्ने व्यक्ती वा संस्थालाई पुरस्कृत गरिने छ ।
  • आ.व ०७५/०७६ मा गाउँपालिका भित्र एकिकृत सम्पती कर लागु गरिने छ ।
  • ‘घ’ वर्गका विकासे वैंक र फाइनान्सहरुले गाउँ गाउँमा समुह वनाई रकम संकलन गरिरहेकोमा रकमको सुश्चितताको लागी बैक तथा फाइनान्सलाई सुचिकृत गराइ  करको दायरामा ल्याउने नीति अवलम्वन गरिने छ ।
  • महिलाको नाउँमा साना व्यवसाय दर्ता हुन आएका व्यवसायि महिलाहरुलाई दर्ता दस्तुमा ३० प्रतिशत छुट दिइने व्यवस्था गरिने छ ।
  • वाल संरक्षण तथा लैगिक हिंसा सम्वन्धी न्ययिक उपचारको लागी स्थानीय न्ययिक समितिको क्षमता अभिवृद्धि गर्न विशेष व्यवस्था मिलाईने छ ।
  • महिला तथा वालवालिका विरुद्ध हुने हिंसा शोषण दुर्व्यवहार जस्ता लैगिक हिंसाको काम गर्न सहयोगी संघ संस्था संग आवश्यक सहयोग लिइने छ ।
  • वाल संरक्षण तथा लैगिक हिंसा सम्वन्धी घटनाहरुलाई तत्काल सम्वोधन गर्न राहत कोषको स्थापना गरिने छ ।

पूर्वाधार विकास निति

  • कम्तिमा एक वडामा एउटा ग्रामिण सडकलाई प्राथमिकतामा राखी ५ वर्ष भित्रमा पक्कि नाली र ग्राभेल सहितको क्रमश कालो पत्रे गरि  सडक निर्माण गर्ने नीति लिईने छ ।
  • कालुपाण्डे राजमार्गको सिद्धलेक खण्ड पुर्ण रुपमा सरसफाई तथा हरियाली सडक निर्माण गरिने नीति लिइने छ ।
  • ग्रामिण सडक तथा मुख्य सडकको न्यूनतम दायाँ वाँया सिमा निर्धारण मापदण्ड कायम गरि लागु गरिने छ ।
  • जग्गाधनी दर्ता प्रमाणपत्र नभएका घरधनीहरुको पहिचान गरि व्यवस्थित बसोवासको व्यवस्था गर्न सार्वजनिक सम्पतीको लेखाजोखा गरी संरक्षण गरिने छ ।
  • सिद्बलेक गाउपालिकाको फुर्के खोला देखि च्याडु खोला सम्म वजारमा दायाँ वायाँ र वडा कार्यालय तथा ग्रामिण वजार क्षेत्रमा सोलार वत्ती  जडान गरिने नीति लिइने छ ।
  • निलकण्ठ न.पा. ले च्याडु खोलामा  खुल्ला रुपमा फोहोर डम्प गरेको डम्पिङ साइड हटाउन पहल गरिने छ ।
  • यस गाउँपालिकाको स्थाई भवन तथा अन्य भौतिक संरचनाको निर्माणमा प्राथमिकता दिईने छ ।
  • थोपलखोला लगायत अन्य खोलाहरुलाई यथास्थानमा बग्न दिई स्वच्छता कार्यम गर्न प्रयास गरिने छ ।
  • खानेपानी समस्या समाधान गर्न शुद्ब खानेपानीको मुल पहिचान गरी खानेपानी व्यवस्था गर्ने र खानेपानीको समस्या समाधानका लागि विद्युत्त लिफ्ट तथा डिप वोरिङ वाट योजना संचालन गरिने छ ।
  • आवश्यकताको पहिचान गरी झोलुङ्गे पुल तथा मोटर बाटोमा पर्ने नदी खोलाहरुमा पक्की पुल निर्माण गर्न पहल गरिने छ ।
  • मठ मन्दिर पाटी पौवाहरुको संरक्षण तथा पुन निर्माण गरिने छ ।
  • यस गाउँपालिका भित्र सिंचाईको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै लिफ्टिङ, नहर र ड्रिलिङको माध्यमवाट सिंचाईलाई प्राथमिकता दिइने नीति लिइने छ ।
  • ड्रिलिङ प्रवृधीवाट खानेपानी व्यवस्थापन गर्न आगामी आर्थिक वर्ष २०७५/०७६ मा नमुनाको रुपमा सिद्बलेक गाउँपालिकाको उपयुक्त स्थानमा निकास हुने पानीलाई प्लाष्ट्रिक पोखरी निर्माण गर्ने कार्य अघि वढाईने छ ।
  • प्रत्येक वडामा खेलमैदान निर्माण गरिने छ ।
  • नदी तथा खोलाहरुले कटान गर्ने जमिनहरुलाई तटबन्ध निर्माण गरि संरक्षण गरिने छ ।
  • ग्रामिण क्षेत्रका सडकलाई करको दायरामा ल्याइने छ ।
  • ग्रामिण सडकमा चल्ने सवारी साधनको भाडा निर्धारण गर्ने निति लिईने छ ।
  • भैरहेको सडकहरुलाई मर्मत संम्भार ग्रावेलिङ नाला निर्माण तथा कालोपत्रे गर्दै यातायातका साधनलाई सहज बनाई सडक संजाल नपुगेका गाउँ टोलमा सडक पुर्याइने छ ।
  • वैकल्पिक उर्जा प्रवर्द्धन एवं नियमित विद्युत्त सेवा विस्तारमा काठे पोल विस्थापित गरिने छ ।
  • खेलकुद, कला , भाषा र संस्कृतिको संरक्षणमा जोड दिईने छ ।
  • कालुपाण्डे राजमार्गको आसपास एवं गाउँपालिका स्थित वजार क्षेत्र रहेको स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने छ ।
  • सामुदायिक ग्रामिण विधुतिकरण व्यवस्थापन गर्न छुट्टै कानुनी संरचना निर्माण गरि लागु गरिने छ ।
  • यस गाउँपालिकाको आवश्यकता अनुरुप यातायात गुरुयोजना तयार गरी सो अनुरुप मात्र पूर्वाधार निर्माण गरिने छ ।
  • भू-उपयोगलाई व्यवस्थित तुल्याउन भू – उपयोग निति तयार गरी लागु गरिने छ । घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्वनमा ध्यान दिईने छ ।
  • व्यस्त सडक र वजार क्षेत्रमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक संकेतको व्यवस्था गरिने छ ।
  • सडक निर्माण तथा मर्मत सुधारका क्रममा सडक क्षेत्राधिकार कायम गरिने , सडक विस्तार निति तथा मापदण्डको प्रभावकारी ढंगले कार्यन्वयन गरिने छ ।
  • बजार क्षेत्र र गाउँघरको व्यस्त स्थानमा प्रतिक्षालय तथा  सार्वजनिक शौचालय निर्माण गरी  यसको व्यवस्थापन, संरक्षाण र सरसफाई गरिने जिम्मेवारी समुदायमा हस्तान्तरण गरिने छ ।
  • सामुदायिक ग्रामिण विद्युत्तिकरण मार्फत संचालन भएका ग्रामिण विद्युत्तिकरणको कार्यक्रमलाई व्यवस्थापन गर्ने नीति लिइने छ ।
  • प्रत्येक सडकका लागी विनियोजित रकमको ५ प्रतिशत रकम कट्टा गरी मर्मत सम्भार कोषमा जम्मा गरिने छ । सो रकमवाट मर्मत सम्भार कार्य संचालन गरिने छ ।
  • विभिन्न खोप कार्यक्रमहरु संचालन गरी खोपवाट बचाउन सकिने रोगहरुवाट हुने ५ वर्षमुनिका वालवालिकाहरुको विरामी दर, मृत्यु दर घटाई अपाङ्ग हुनवाट जोगाउने नीति लिईने छ ।
  • समुदायमा आधारित नवजात शिशु तथा वालरोग एकिकृत व्यवस्थापन कार्यक्रम संचालन गरि ५ वर्ष मुनिका वालवालिकाहरुको झाडापखाला, स्वासप्रस्वास, दादुरा, औलो तथा कुपोषणवाट हुने विरामी र मृत्यु दर घटाउने नीति लिईने छ ।
  • सडकको क्षेत्राधिकारलाई प्रभावकारी कार्यान्वयन गरी सडक अतिक्रमणलाई निरुत्साहित गर्दै सडक खुल्ला राख्ने कार्यमा निरन्तरता दिईने छ ।
  • स्वास्थ्य चौकीमा तथा वर्थिङ सेन्टर संचालनमा रहेको सुत्केरी भवनको स्तर उन्नतीमा जोड दिइने छ ।
  • कामको सिलसिलामा जनप्रतिनिधी तथा कर्मचारीहरु विरामी तथा दुर्घटना पर्दा एवं नेपाल सरकारले तोकेका  गम्भिर प्रकृतिका रोगको उपचार खर्च कोष वनाई खर्च गर्ने नीति लिईने छ ।
  • वैदेशिक रोजगारमा जाने युवा, युवती लाई तालिम सिप तथा भाषा र कानून सम्वन्धित तालिम संचालन गरिने छ ।
  • सुक्ष्म तथा वृहत पोषण सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालन गरी कुपोषण हुनवाट जोगाई कुपोषण भई मर्ने ५ वर्षमुनिका वालवालिकाहरुको संख्यालाई घटाउने र प्रजनन उमेरका महिलाहरुमा विद्यमान कुपोषणको अवस्थामा सुधार ल्याउने नीति लिईने छ । सुक्ष्म तथा बृहत पोषण सम्वन्धी नागरिक आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्ने नीति लिईने छ ।
  • गाउँपालिकाको सवै वडामा वालमैत्री उद्यान, वालमैत्री स्थानीय शासन र अपाङ्ग मैत्री वनाउन विशेष पहल गरिने छ ।
  • अत्यावश्यक स्वास्थ्य सेवा गुणस्तरीय एंव प्रभावकारी रुपमा उपलब्ध गराउने नीति लिईने छ । गाउँपालिका क्षेत्र भित्रका हरेक स्वास्थ्य संस्थामा सुचिकृत अत्यावश्यक औषधीहरुको अभाव हुन नदिने नीति लिईने छ ।
  • प्रत्येक वडामा स्वास्थ्य चौकीको सरकारी अवधारणा अनुरुप कार्ययोजना बनाईने छ ।
  • गाउँपालिकामा स्वास्थ्य डेक्स, अपाङ्ग डेक्स, वैदेशिक रोजगार सुचना डेक्सको स्थापना गरिने छ ।
  • प्रत्येक वडामा समुदाय संगको साझेदारीमा सामुदायिक भवन निर्माणमा तथा संरक्षणमा जोड दिईने छ ।
  • सहरी तथा ग्रामिण क्षेत्रमा बन्ने पक्की घर नक्शा पास गरी मापदण्ड अनुरुपको निर्माणमा जोड दिईने छ ।
  • नेपालमा पाईने अति दुर्लव प्रजातीको एकमात्र चरा काडे भ्याकुर सिद्बलेक गाउँपालिकामा मात्र पाईने भएकोले काडे भ्याकुर संरक्षण गरिने नीति अवलम्वन गरिने छ ।
  • विकासका लागी संचार भन्ने अभियानका साथ संचार क्षेत्र संगको सहकार्यमा संचार माध्यमको स्तर उन्नती एवं संचारकर्मीहरुको विकास कार्यक्रम संचालन गरिने छ ।
  • विद्यालयहरको भवन निर्माण एवं अन्य भौतिक संरचनाहरुको विकास गर्ने तथा गुणस्तरिय शिक्षाको लागी आवश्यक पर्ने नयाँ नीति बनाइने छ ।
  • नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराई रोग लाग्ने दर, मृत्यु दर कम गर्ने नीति लिईने छ ।
  • प्रत्येक वडामा १ वटा १०+२ कक्षा संचालन गर्ने व्यवस्था मिलाईने छ ।
  • गर्भ अवस्थामा नियमित गर्भ जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले अतिरिक्त थप सुविधा दिइने व्यवस्था मिलाईने छ ।
  • गाउँपालिका भित्रका उद्यमी महिलाहरुलाई उद्यम प्रति आर्कषण गर्न प्रत्साहनको नीति ल्याईने छ ।
  • घरमा सुत्केरी हुने सुन्य गाउँपालिका(Zero Home Delivery Rural Municipality) अवधारणाको लागी विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।

 

वातावरण तथा विपद् व्यवस्थापन नीति

  • वातावरण मैत्री स्थानीय शासनको स्वीकृत सुचकहरु प्राप्तीका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने छ ।
  • वन क्षेत्र संरक्षणको लागी वृक्षारोपण, संरक्षण, सम्वर्धन र व्यवस्थापन गर्न सामुदायिक र कवुलियत वन उपभोक्ता समुहहरुलाई सक्रिय वनाई कार्य संचालन गरिने छ  ।
  • इन्धनले वन क्षेत्रमा पार्ने चाप कम गर्न वैकल्पिक उर्जा प्रर्वद्बन कार्यक्रमलाई जोड दिईने छ ।
  • वातावरण र जलवायु परिर्वतन हुने प्रभाव न्यूनिकरण गर्न पानी जम्ने पोखरी निर्माणको अवधारणा अवलम्वन गरिने छ ।
  • ग्रामिण सडक निर्माण गर्दा दुवै तर्फ वृक्षारोपण साथै वहुउपयोगी घाँस खेतीका लागी प्रोत्साहित गर्ने नीति लिइने छ साथै Enviroment Management Plan(EMP) बनाई कार्यन्वयन गरिने छ ।
  • गाउँपालिका भित्र संचालन गरिने वालुवा, ढुङ्गा र अन्य खानिजन्य उद्योगहरुलाई स्थानिय वस्ती , वन जंगल र सार्वजनिक स्थलहरुलाई असर नपर्ने गरि व्यवस्थापन गरिने छ ।
  • गाउँपालिकाका बजार क्षेत्रमा उत्पादन हुने फोहोरलाई व्यवस्थापन गर्नका लागि घरवाट नै कुहिने र नकुहिने फोहोर छुट्याउने कार्यलाई नागरिक सचेतना मार्फत व्यस्थापन गरिने छ ।
  • गाउँपालिका भित्र नदी कटान तथा पहिरो नियन्त्रण गर्नका लागी आवश्यक वजेट विनियोजन गरिने छ ।
  • जलवायु परिर्वतनवाट पर्न सक्ने प्रभाव न्यूनिकरण गर्न सरोकारवाला निकाय, गाउँपालिका तथा साझेदारहरुसंग समन्वय र सहकार्य गरि स्थानिय जलवायु अनुकुलन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।
  • वुढीगण्डकी परियोजनावाट प्रभावित क्षेत्र भित्र वसोवास गर्ने व्यक्तिहरुलाई वासस्थानको उचित व्यवस्थापनको लागि पहल गरिने छ ।
  • सार्वजनिक सम्पती, मठ, मन्दिर, वगैचाको संरक्षण गर्ने नीति लिइने छ ।
  • थोपल खोला र त्रिशुली नदीमा विषादी र विद्युत्तिय साधन प्रयोग गरि माछा मार्ने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने छ ।

संस्थागत विकास तथा सेवा प्रवाह नीति

  • गाउँपालिकाको भिलेज प्रोफाइल विश्लेषण गरी तयार गरिने छ । आवधिक योजना तयार गरी विकासका क्रियाकलापलाई दिगो, भरपर्दो र गुणस्तरीय वनाइने छ ।
  • योजन तर्जुमा कार्यलाई तथ्यमा आधारित वनाईने छ ।
  • सामाजिक सुरक्षाको अभिलेख तथा व्यक्तिगत घटना दर्तामा प्रशासनिक सुधारका लागि आवश्यक अनलाईन प्रणालीको विकास तथा संचालन गरिने छ ।
  • गाउँपालिका भित्र संचालनमा रहेका व्यवसायिहरुलाई आफ्नो व्यवसाय प्रति उत्तरदायि बनाउन करको दायरामा ल्याईने छ ।
  • गाउँपालिकाको वडा कार्यालयको संस्थागत सुदृढिकरणका कार्यहरु थालनी गरिने छ ।
  • सिद्धलेक गाउँपालिकाको कार्यालयमा जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नका लागी सोधपुछ कक्षको स्थापना गरिने छ ।
  • कार्यालयलाई सेवाग्राही मैत्री वनाउन सुशासनका सुचकाङ्कहरु नागरिक वडापत्र, सुझाव पेटिका , सुचना अधिकारी तोक्ने जस्ता कार्यहरुलाई कडाईका साथ लागु गरिने छ ।
  • संचालित विकास निर्माण लगायत सबै कार्यक्रमहरुको नियमित अनुगमन, प्रगति समिक्षा, समन्वय वैठक, सार्वजनिक सुनुवाई, सामाजिक लेखा परीक्षण आदी कार्यक्रमहरुलाई बढावा दिइने छ ।
  • गाउँपालिकामा संचालित आयोजनाहरुको गुणस्तर अभिवृद्बि गरी वितिय जोखिमलाई न्युनिकरण गर्न अनुगमन समिति गठन गरी उक्त समितिलाई सक्रिय तुल्याइने छ ।
  • गाउँपालिकाको वेवसाईटलाई अध्यवधिक गरी सम्पुर्ण सुचनाहरु वेवसाईट मार्फत प्रसारित गरिने छ ।
  • गाउँपालिकाको लागी आवश्यक पर्ने स्थानिय ऐन ,नियम ,निर्देशिका कार्यविधि तयार गरि गाउँपालिकाको संस्थागत पद्बति विकासमा जोड दिइने छ ।
  • गाउँपालिकाका गतिविधिहरु पारदर्शी तुल्याउन तथा स्थानिय नागरिकहरुलाई सहज तवरले जानकारी पुर्याउन सवै खालको संचार माध्यम संग समन्वय गरिने छ ।
  • प्रदेश लोकसेवा आयोग संगको समन्वयमा कर्मचारी पदपुर्ति प्रकृया अघि बढाईने छ ।
  • गाउँपालिका भित्र रहेका संघसस्थाको सस्थागत विकासका लागी नियमावली तयार गरि गाउँपालिकावाट स्विकृती लिई संचालन गर्न प्रोत्साहित गरिने छ ।
  • कर्मचारीको व्यवस्थापनको लागी सिद्बलेक गाउँपालिकाको कर्मचारी विनियमावली तयार गरि कार्यान्वयनमा ल्याईने छ ।
  • कर्मचारी एवं पदाधिकारीहरुको क्षमता विकासका लागी आवश्यक समय सापेक्षित वनाउन तालिम अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाईने छ । साथै कर्मचारीको मनोबल उच्च वनाई राख्न विगत देखि खाईपाई आएको सेवा सुविधालाई निरन्तरता दिईने छ।
  • उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीलाई वार्षिक वजेट, निति तथा कार्यक्रममा सार्वजनिकीकरण समारोहमा पुरस्कृत गरिने छ ।
  • संघिय लोकसेवा तथा प्रदेश लोकसेवा वाट यस गाउँपालिकामा दरवन्दी अनुसारको जनशक्ति आपूर्ति नभएकोले यस गाउँपालिकामा काजमा खटाइएका तथा यस गाउँपालिकामा विगत देखी कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई निरन्तरता दिइने छ ।
  • गाउँपालिका भित्र सामुदायिक विद्यालयमा E-Class को कार्यक्रम अगाडी वढाईने छ ।
  • सामुदायिक विद्यालयहरुको स्तर उन्नतीका लागी शिक्षा क्षेत्रमा तालिमको कार्यक्रम अगाडी वढाइने छ ।
  • सिद्धलेकमा सामुदायिक तथा निजि रेडियोहरु संचालनको लागी संचार क्षेत्रसंगको सहकार्यमा  आवश्यक नीति तथा कानून तयार गरि अनुमती प्रदान गरिने छ ।
  • गैर सरकारी संघ संस्था संचालन र व्यवस्थापन सम्वन्धी आवश्यक नीति तयार गरी लागु गरिने छ ।

  • वितिय व्यवस्थापन तथा सुशासन नीति
  • गाउँपालिकाको वित्तिय जोखिम न्यूनिकरणका लागी प्रत्येक योजनाको स्थलगत अनुगमन पश्चात मात्र रकम भुक्तानीको व्यवस्था मिलाईने छ ।
  • सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली वैकिङ् मार्फत गरिने छ ।
  • लेखा व्यवस्थापनका लागी Accounting Software को प्रयोग गरि वितिय अनुशासनलाई प्रभावकारीता कायम गरिने छ ।
  • हरेक महत्वपुर्ण सन्देस र सूचनाहरु कार्यालयको वेवसाईट फेसबुक पेज र स्थानिय एफ एम रेडियो मार्फत सवै गतिविधिहरु नागरिकहरुको जानकारीमा ल्याउने प्रयास गरिने छ ।
  • यस गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सवै नागरिकको नाम गाउँपालिकको वेवसाईट मार्फत सार्वजनिक गरिने छ ।
  • गाउँपालिकाको छुट्टै Software प्रयोग गरी सवैलाई सूचनाको पहुच पुर्याईने छ ।

अध्यक्ष ज्यू

अन्त्यमा माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न वजेट विनियोजन गरि कार्यक्रम संचालन गरिनेछ । यि नीति तथा कार्यक्रमको लागी बजेट यस सभाको अर्को सत्रमा प्रस्तुत गरिने छ । यस नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग गर्नुहुने सवै मानुभावहरुलाई धन्यवाद दिन चाहन्छु । साथै हाम्रो निमन्त्रणालाई स्विकार गरि पाल्नु हुने प्रमुख अतिथि श्रीमान जिल्ला अधिकारी ज्यू, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि ज्यूहरु, कर्मचारी मित्रहरु, निर्वाचित जनप्रतिनिधि साथिहरु र सम्पूर्ण गाउँपालिका वासीहरुमा धन्यवाद एंव आभार व्यक्त गर्दछु ।

                                                                                   कमला शर्मा

                                                                                      उपाध्यक्ष

                                                                             सिद्धलेक गाउँपालिका धादिङ ।

मिति २०७५ असार १० गते