धादिङको नेत्रावती र खनियाबासमा पहीरोले ७ घर वगायो- पाँच जना बेपत्ता,चार घाईते

3123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ असार-  धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियावास र नेत्रावती डपजोङ गाउँपालिकाको विभिन्न स्थानमा अविरल वर्षा पछी आएको पहिरोका कारण सात घर वगाएको छ भने पाँच जना बेपत्ता भएका छन् । चार जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । यसै गरी गए राती जिल्लाकै खनीयाबास गाँउपालीका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउदा गोलेको श्रीमती सहित दुइ नातीनीहरु पहिरोमा परी बेपत्ता भईरहेको र े गोलेको नातीलाई भने घाईते अवस्थामा जिवितै उद्धार गरी उपचारका लागी स्थानीय स्वास्थ्य चौकीमा लगिएको त्यहाँका स्थानीयले वताएका छन । यसै गरी खनीयावास वडा नम्बर ४ कोचिउरीबोटमा पनी पहिरोले एक घर बगाएको छ । सो पहिरोमा परी सम्सेर घले र कोप्चि घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन् ।
घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । बर्षातका कारण जिल्लाको उत्तरी भेग तर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान चल्न छाडेको छ । ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली बाट भने प्रहरी चिउरी खर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेका छैन । घटनाको अन्य विवरण आउन बाँकी रहेको र घटना स्थलमा जति सक्दो छिटो प्रहरी पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।