इन्स्पेक्टर भन्दै ठगि गरेको आरोपमा धादिङका दिपक सहित ४ जना पक्राउ

1295 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कास्की -प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ वर्षीय भोज कुमार खत्री, गुल्मी ठुलोलुम्से गाविस बडा नम्बर ६ बस्ने २८ वर्षीय बालकृष्ण गौतम रहेका छन् ।

केही व्यक्तिहरूलाई विभिन्न कारण देखाई अपराध अनुसन्धान शाखाको इन्स्पेक्टर तथा मानवअधिकार विभागीय प्रमुख हौ भनी पैसा असुली गर्ने, धाक धम्की दिने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले पैसा असुल्ने तथा दिन नमानेमा घरमा लगी शरीर बन्धक समेत बनाएको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेका कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।उनीहरूलाई नागढुगाबाट पक्राउ गरेको हो । चारै जनालाई कास्की जिल्ला अदालतबाट शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धान गरेको उनले बताए ।