दि राईजिङ भिलेजबाट एसइइमा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीलाई सम्मान

826 पटक पढिएको

प्रकाशित मिति: १९ असार २०७५, मंगलवार १०:१५

सम्पादक: Dhading News

बैरेनी–दि राईजिङ भिलेज इङलिस वोर्डिङ स्कुल बैरेनीले यस बर्षको प्रवेशिका परीक्षामा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका सह सचिव जंगबहादुर अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल नवराज ओझाले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस बर्षको प्रवेशिकाको परीक्षामा बिद्यालयबाट ३.६५ देखि ४.०० जिपिए हासिल गर्ने बिद्यार्थी १६ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अर्यालले दि राईजिङ भिलेज बिद्यालयको प्रगति उत्कृष्ठ रहेको र आगामी दिनमा पनि यस्ले निरन्तरता पाउनु पर्ने वताउनु भएको थियो । कार्यक्रममा प्रवेशिकामा बिशिष्ठता हासिल गर्ने बिद्यार्थी र विभिन्न विधामा उत्कृष्ठ शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१९ असार २०७५, मंगलवार १०:१५ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories