भानुभक्त आचार्यको दोस्रो शतवार्षिकी, बिभिन्न कार्यक्रम गरी मनाइदै

639 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/आदिकवि भानुभक्त आचार्यको आज दुई सयौं जन्मजजयन्ती धादिङ लगायत राजधानी र देश विदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
तनहुँको चुदी रम्घामा विसं १८७१ साल असार २९ गते जन्मनु भएका आचार्यको दोस्रो शतवार्षिकीको अवसरमा सरकारी तथा गैरसरकारी साहित्यीक सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन । यसैक्रममा भानु प्रतिष्ठान धादिङ शाखाले धादिङबेसी स्थित भानुपार्कमा एक कार्यक्रमको आयोजना गरी भानुजयन्ती मनाएको छ । शाखाका अध्यक्ष नविनबन्धु पहाडीको अध्यक्षतामा भएको रामायण बाचन कार्यक्रममको प्रमुख अतिथी धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल रहनुभएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङ जिल्लाका साहित्यअनुरागीहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।     दोस्रो शतबार्षिकीको अवसरमा भानु प्रतिष्ठान लगायतका सङ्घसंस्थाले बिहान काठमाडौंमा प्रभातफेरीको आयोजना गरेका छन्, भने भानुको प्रतिमामा माल्यार्पण गरिएको छ । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला लगायतका कृति प्रकाशित हुनुका साथै संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद पनि आचार्यले गर्नु भएको थियो । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले प्रकाशित गरेको पाइन्छ ।
घाँसीको घाँस काटेर पाटीपौवा बनाउने इच्छाबाट केही न केही काम गरेर नाम कमाउने प्रेरणा भानुभक्तले पाएको भन्ने भनाइ छ । आचार्यको दोस्रो शतबार्षिकीको अवसर पारेर १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको भानु पुरस्कार यसपटक समालोचक, अनुवादक तथा प्राज्ञ माधवलाल कर्माचार्यलाई प्रदान गरिदैछ ।