गल्छी–६ का १६ किसान समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण

1301 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गल्छी गाउँपालिका ६ नम्बर वडाले १६ जना किसानहरुलाई १६ अ‍ोटा मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको छ । आईतबार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी उक्त मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरिएको हो ।

 गाउँपालिकाले कृषिकालागि वडागतरुपमा छुट्याएको चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत वडाले ५० प्रतिशत अनुदान कार्यक्रममा  समूह मार्फत आएका किसानहरुलाई उक्त मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको हो ।  हस्तान्तरण कार्यक्रममागाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको थियो भने , गाउँपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत पुण्यबिक्रम पौडेल, शाखा अधिकृत विनोदकुमार खड्का, लेखापाल निरञ्जन कोईराला कृषि शाखाका प्रमुख थलराज बस्नेत लगायतको आतिथ्य रहेको थियो । वडाको तर्फबाट ३७ हजार ५सय र कृषक समूहको तर्फबाट ३७ हजार ५ सय गरी ७५ हजार लगानी गरिएको वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनु भयो ।
कृषिलाई आधुनिकीकरण गर्दै किसानहरुको दैनिकीलाई सहज वनाउन वडा भित्रका कृषक समूहलाई सामूहिक रुपमा प्रयोग गर्ने गरी प्रदान गरिएको पनि वडा अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

अनुदान प्राप्त गर्ने कृषकहरुमा खिलनाथ पण्डित,खिल बहादुर भण्डारी ,लाल बहादुर  तामांङ्ग,बिष्णु प्रसाद अधिकारी ,कृष्ण पन्थ, ईश्वरी प्रसाद  अधिकारी ,निलकण्ठ  बिडारी ,राजकुमार कराखेती ,राम प्रसाद अधिकारी ,पदम प्रसाद अधिकारी ,पुष्पराज रिमाल ,राजकुमार अधिकारी ,शिव बहादुर अधिकारी ,रामशरण भुजेल ,भोजराज अधिकारी ,रामशरण भण्डारी  रहेका छन् । गाउँगाउँमा गोरु पालन गरेर खेती गर्ने किसान ट्रयाक्टर प्रति आकर्षित हुँदै गएका छन् । वर्षभरि चराउनुपर्ने पाल्नुपर्ने झन्झट हुनुका साथै ज्यालामा गोरु जोत्न महँगो र कामपनि ढिला हुने भएकोले किसानहरुको आकर्षण हाते ट्रयाक्टरतर्फ जान थालेको हो ।