प्रदेश नम्बर ३ मा आठ ऐन प्रमाणीकरण

817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले कर तथा गैरकर राजश्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ शुक्रबार प्रमाणीकरण गरेकी छिन्।

यसअघि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्नुपर्ने ऐन २०७५, स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र गाउँ, नगर, जिल्लासभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन २०७५, प्रदेशको आकस्मिक कोष व्यवस्थापन गर्न बनेको ऐन २०७५, प्रदेश वित्तीय हस्तान्तरणसम्बन्धी ऐन २०७५ र आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका स्वकीय सचिव विजयराज बिंडारीले जानकारी दिए।

यसैबीच प्रदेशसभाको बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको थियो। यसअघि नेपाली कांग्रेस ३ नं प्रदेशसभा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसले चिकित्सा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म प्रदेशसभाको बैठक अवरुद्ध गर्ने घोषणा गरेका थिए।
रासस

प्रतिकृया दिनुहोस