गल्छी – ७ का हस्तबहादुरको मलेसियामा रहस्यमय ढंगबाट मृत्यु

2275 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेशिया -घर विदामा आएर फर्किएको केही दिन नवित्दै धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ ठुलोचौरका हस्तबहादुर तामाङको मलेसियाको पेनाङमा रहस्यमय ढंगबाट हत्या भएको छ । मलेसियाको पेनाङमा भएको सङ्कास्पद घट्नाको बिषयमा छानवीन गर्न पीडित परिवारले सरकारसँग माग गरेका छन् । धादिङ गल्छी गाउँपालिका वडा नं ७  निवासी  तामाङ होस्टल बाहिर मृत अवस्थामा भेटिएपछि उनको परिवार र आफन्तले घटनालाई सङ्कास्पद रुपमा लिंदै छानवीन गर्न माग गरेका हुन् । उनीहरुले घटनामा आशंका गरिएका निता राजवंशी तामाङ र धु्रव गिरीलाई तत्काल नेपाल झिकाई छानवीन गर्न माग गरेका छन्। निता राजवंशी तमाङ मलेसियाको पेनाङ स्थित जेसिवाई कम्पनीमा कार्यरत रहेकी छिन् भने धु्रव गिरी पनि मलेशियामा नै कार्यरत छन् । उनीहरुले  Zinsh solar shd मा कार्यरत रहेका  तामाङलाई पटक–पटक फोनमार्फत ज्यान मार्ने धम्की समेत दिएको आशंकामा उनीहरुमाथि छानवीन गरिनुपर्ने पीडित परिवारहरुको माग रहेको छ ।

 पटक–पटक ज्यान मार्ने धम्की दिएकोभन्दै तामाङले आफ्ना साथीहरुलाई वताएकोले उनको हत्या हुनुमा दुवै जनाको संलग्नता रहेको हुन सक्ने परिवारले आशंका गरेको छ ।  निता  र धु्रवले ज्यान लिने धम्की  दिएको ५/६ घन्टाको बीचमा हस्तबहादुरलाई होस्टल बाहिर मृत अवस्थामा फेला पारिएको थियो । त्यसैले यो घटना हत्या वा आत्महत्या के हो उचित छानवीन हुनुपर्ने पीडित परिवारको माग छ । लामो समयदेखि चिनजान र घनिष्ट सम्बन्ध भएकी मोरङको पुरानो खानेपानी ट्याङ्की नजिक बसोबास रहेको दिपेन राजवंशीकी श्रीमती निता राजवंशी तामाङ ६ वर्षदेखि मलेसियामा कार्यरत छिन् । उनी निकट स्रोतकाअनुसार उनी आफ्नो घर/परिवार र आफन्त/इस्टमित्रसँग सम्पर्क विहिन छिन् । हस्तबहादुरसँग ५/६ बर्ष भएको पुरानो सम्बन्ध तोड्दै तनहुँ दमौली स्थायी घर भएका धु्रव गिरी नामले चिनिने युवासँग उनले नयाँ सम्बन्ध बनाएकी थिइन् । नयाँ सम्बन्धको शुरुवात भएसँगै हस्तबहादुरलाई पटक–पटक ज्यान मार्ने धम्की दिंदै यातना समेत दिइएको तामाङ निकट स्रोत बताउँछ । उनलाई मृत अवस्थामा भेटिनु केही समयअघि पनि चेतावनीपूर्ण धम्कीले उनलाई तनाव दिएको बुझिएको छ ।  हस्तबहादुर  ११ जुलाई अर्थात २०७५ असार २७ गते बिहानको ६ बजेको समयमा झुन्डिरहेको अवस्थामा मृत भेटिएका थिए । घटना अघिपछिको अवस्था र मृतकले छाडेको भ्वाईस रेकर्डका आधारमा घटनालाई थप संकास्पद बनाएको देखिएको  उनका आफन्तहरुले वताएका छन । हस्तबहादुरको शव साउन ४ गते शनिवार मलेसियाबाट नेपाल ल्याईएको थियो ।