धादिङमा दुर्घटना- दुई जनाको मृत्यु,दुई घाईते

1200 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ साउन – धादिङमा आईतबार भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने त्रिभुवनराजपथको सोप्याङमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित पालुङ निवासी लक्ष्मण मगरको ९ वर्षिय छोरा रजित मगर रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
विरगन्जबाट काठमाण्डौँका लागि छुटेको ना ६ ख ५१७७ नम्बरको ट्रकले पैदल हिँडिरहेका बालकलाई आईतबार दिउँसो २ः२० बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना पछि ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी धादिङकै कालुपाण्डेमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटारमा वस र मोटरसाईकल एक आपसमा ठोकिक्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएको छन् ।
धादिङवाट काठमाण्डौका लागि छुटेको बा ९२ प ८११० नम्वरको मोटरसाईकल र मलेखुवाट धादिङबेशी तर्फ जांदै गरेको बा २ क ८९९६ नम्वरको वस विहान ११ वजे तिर एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ का २५ वर्षिय सुजन भण्डारीको उपचारको लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नं ४ का २६ वर्षिय अर्जुन पोखरेल र ८ वर्षिय अभिषेक भण्डारीको भने गजुरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । घाईते मध्ये ८ वर्षीय अभिषेक भण्डारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।