धादिङ र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस

927 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  मंगलबार बिहान  धादिङ र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा धादिङ  र यस आसपासका क्षेत्रमा धक्का महशुस गरिएको थियो ।धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएकोथियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्पभएको थियो ।केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा परकम्प भएका छन् ।