रसुवाको टिमुरेमा पहिरो, पाँच जनाको मृत्यु,चार जना बेपत्ता

1836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,१० साउन – रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । पहिरोमा परी १२ जना घाइते भएका छन् ।
सदमुकाम धुन्चेबाट २५ किलोमिटर पर रहेको टिमुरे चिन प्रवेश गर्ने केरुङ नाकाको नेपाल तर्फको मुख्य वजार क्षेत्र हो । पहिरोमा परेर २ वटा टहरा र एक होटेल पुरिएको छ भने हराईरहेका मध्ये सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काका शव भेटिएको छ । बेपत्ता रहेका ४ जनाको खोजी कार्य जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले वताउनु भयो ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तर पानी परिरहेको र पहिरो खसिरहेकका कारण उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी पौडेलले वताउनु भएको छ ।