प्लाष्टिकको झोलामा लुकाएर ७ दिनको शिशु बोक्ने रिगाउँका सरोज पक्राउ

3054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई शुक्रवार  खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । शिशु झोलामा हालेर लैजाने उनैका बावु सरोज तामाङ भएको प्रहरीले जनाएको छ । धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।घटना रहस्यपूर्ण रहेकाले यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।