पुलको जोखिमपछि रसुवागढी नाकामा सवारीसाधनमा रोक

318 पटक पढिएको

प्रकाशित मिति: १२ श्रावण २०७५, शनिबार २०:४९

सम्पादक: Dhading News

रसुवा, १२ साउन  ।  टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।

हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक रु एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयाँै ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । यसैगरी पहिरामा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताए। स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् । रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ श्रावण २०७५, शनिबार २०:४९ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories