धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

3455 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ  – धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ ।

कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री गर्ने भएको हो । यसमा सम्पूर्ण धादिड.बासीले आबेदन गर्न पाउँछन् । धादिड.बासीले ५० कित्तादेखि चार हजार कित्तासम्म स्थानीय प्रभु बैंक, मुक्तिनाथ बिकास बैंक, सिभिल बैंक र आयोजनाको कार्यालयबाट आबेदनपत्र प्राप्त गरी भर्न सक्नेछन् ।

६० करोड चुक्ता पूँजी रहेको कम्पनीले यसपछि १२ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्बसाधारणका लागि निश्काशन गर्नेछ । ईक्रा नेपालबाट ग्रेड पाँच रेटिड. पाएको कम्पनीमा बिजुली उत्पादन गर्दा चर्को लागत परेको छ । अत्यधिक लागत परेको देखाएर पहिलेका संचालकहरुले बदमासी गरे पनि अहिले कम्पनीको अबस्थामा केही सुधार ल्याउने प्रयास भएको देखिन्छ तर यसमा लगानी गर्नेले लाभांश पाउन लामो समय कुर्नुपर्ने निश्चित छ ।

धादिड.को त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजना स्थल रहेको कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ प्राईमलगायतका बैंकको कर्जा तिर्नु बाँकी छ । बैंकको चर्को ब्याज र सरकारले भुक्तानी दिनुपर्ने रकम समयमै भुक्तानी नहुँदा कम्पनीको सुधारमा बाधा परेको संचालकहरु बताउँछन् । साधारण शेयर निश्काशनमा प्रभु क्यापिटलले सम्पूर्ण शेयरको प्रत्याभुति गरेको छ ।यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत  चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ