इंग्ल्यान्डको एमसीसीलाई नेपालले ९ विकेटले हरायो

887 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 त्रिकोणात्मक टी ट्वान्टी खेल खेल्न लन्डनको लर्ड पुगेको नेपाली टोलीले पहिलो सफलता हात पारेको छ । पहिलो खेलमा नेपालले इंग्ल्यान्डको मेरिलेवोन क्रिकेट क्लब (एमसीसी)लाई नौ विकेटले पाराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरको खेलमा चार विकेट गुमाउँदै ४० रन बनाएको थियो । ४१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको नेपालले
४.४ ओभरमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाई गुमाएको थियो । उनले ९ बलमा ९ रन जोड्दै पेभेलियन फर्किए । उनलाई एमसीसीका दौथविटेले आउट गरे । नेपालका लागि ओपनर सुबास खकुरेलले १५ बलमा १६ रनसहित अविजित रहे । उनले दुई चौकाको मद्दतमा १६ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले चार बलमा १२ रन जोडे । उनले एक चौका र एक छक्का हानेका थिए ।

पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट लिएका थिए ।  त्यस्तै कप्तान पारस खड्काले दुई ओभरमा १३ रन खर्चदै एक विकेट लिए ।  एमसीसीका जोनथान टोट भने रनआउट भएका थिए ।

वर्षाका कारण टीट्वान्टी खेल ६ ओभरमा झारिएको थियो ।

अबको खेल नेपालले नेदरल्यान्डसँग केहिबेरमा खेल्नेछ । नेदरल्यान्डसँगको खेल २० ओभरकै हुनेछ ।

-एजेन्सी