साउन १५ खीर खाने पर्व

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् ।  असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने  चलन चल्दै आएको छ ।
नरिबल, काजु दाख, मरिचसहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ ।  खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ ।  खिरमा रहेको दूध, घिउ, चामल, अलैंची, सुकमेल, नरिवल, काजु, बदाम, किसमिस, केशर, चिनीलगायतको मिश्रणले शरीररलाई न्यानो तथा स्फुर्ति समेत दिने भएकाले पनि खिर खाने संस्कृति बसेको मानिएको छ ।

। आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाइलो गर्ने प्रचलन समेत रहेको छ ।