धादिङ औद्योगिक ब्यापार मेला २०७० माघ १५गते देखी २६ गते सम्म सञ्चालन गरिने

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/उद्योग वाणिज्य संघ धादिङले बृहत धादिङ औद्योगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । संघको शनिवार गजुरीमा सम्पन्न भएको कार्य समिति बैठकले आगामी माघ १५गते देखी २६ गते सम्म मेला सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।
संघको कार्य समिति बैठक संगै जिल्लामा नयां आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको स्वागत तथा उद्योग वाणिज्य संघ धादिङ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पँुजी बजार सम्वन्धी जनचेतना अभिबृद्धी तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डको तर्फबाट धितोपत्र बजारको आधारभूत पक्षहरुका बारेमा अम्बिका प्रसाद गीरी, नेपाल स्टक एक्सचेन्जको तर्फबाट सागर ढुङ्गेल र स्टक ब्रोकर एशोसियसन अफ नेपालको तर्फबाट धितोपत्र दलाल ब्यावसायीको भूमिका तथा बजार बिश्लेषण सम्वन्धमा ब्रोकर एशोसियसनका अध्यक्ष नरेन्द्रराज सिजापतिले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्दै बिषयबस्तुका बारेमा जानकारी गराउनु भएको थियो ।    उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षता र धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा शनिवार गजुरीमा  सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनीका साथै  बिभिन्न सरकारी कार्यालय, बित्तिय क्षेत्र, गैर सरकारी निकाय, पत्रकार उद्योगी ब्यावसायी लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा भर्खरै धादिङ सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेल लाई उद्योग वाणिज्य संघ धादिङको तर्फबाट स्वागत समेत गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी पोखरेलले शुभकामना आ–आफ्नो धारणा राख्नु भएको थियो । मन्तव्यको क्रममा दलका नेताहरुले संघले सञ्चालन गर्न लागेको मेला लगाएतका अन्य कार्यहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ  । कार्यक्रममा छोटो समयमै उद्योग वाणिज्य संघ धादिङले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेर उद्यमी व्यवसायीहरुको मन जित्न सफल भएको वताईएको थियो ।  यसैक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले धादिङ जिल्लामा प्रसस्त सम्भावनाहरु रहेकोले सो सम्भावनाहरुको उचित कार्यान्वयन गर्न आवस्यक रहेको सुझाव दिनु भयो ।