धादिङमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता माग गर्नेहरुमा को को छन ?

704 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ नयाँ नयाँ संचारमाध्यमको स्थापना हुने क्रम बढेसंगै धादिङ जिल्लामा नेपाल पत्रकार महासंघको साधारण सदस्यता माग गर्नेहरुको संख्या पनि  बढ्न थालेको छ । महासंघको नयां सदस्यता पाउनका लागि आवेदन दिएका ७४ जनालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आईतवार बसेको बैठकले सदस्यताका लागि केन्द्रलाई सिफारिश गरेको छ । सदस्यता पाउनका लागि आवेदन दिनेहरु को को थिए भन्ने जानकारी दिनका लागि धादिङ न्युज डट कमले सबैको नाम यसै समाचारका साथ प्रकाशनमा ल्याएको छ ।
प्रस्तुत छ महासंघको नयां सदस्यताका लागि आवेदन दिनेहरुको नामावली –रेडियो लोकतन्त्रवाट कुमारी गुरुङ, कोपिला काप्री, कुसुम श्रीमल, विमलराज ढकाल, श्याम मंग्राती, मन्जिता तामाङ, प्रकाश पौडेल, रेडियो धादिङवाट राजन लम्साल, कृष्णप्रसाद ढकाल, शान्ति छत्कुली, उर्मिला कोईराला, दोलख गुरुङ, पार्वती श्रेष्ठ र निरमाया गुरुङ रेडियो राजमार्गवाट रिता तामाङ, लक्ष्मी भुजेल, सम्झना रिजाल, बिद्या हमाल, सरिता श्रेष्ठ, महेश्वर सुवेदी र  विपिन मल्ल कृषि एफ एमवाट शैलेन्द्र अधिकारी, इन्दिरा सुवेदी, उपेन्द्र अधिकारी, शुरेश अधिकारी, तारा रिजाल, सुशिला अर्याल प्रत्यूष दैनिकवाट बिश्वराज अधिकारी, सरस्वती लम्साल, बद्री अधिकारी, शंकर रिजाल, बिष्णुप्रसाद कोईराला, गोविन्द बुढाथोकी, केशव सिम्खडा रहेका छन ।
त्यसैगरी रेडियो विहानीवाट सविना रेग्मी, सन्तोष श्रेष्ठ, शिवप्रसाद देवकोटा, सुजन रेग्मी, श्याम श्रेष्ठ, रामकुमार थापा र हरी विक धादिङ आवाज दैनिकवाट केशव नेपाली, प्रविन तिमिल्सिना, उषा विक, प्रेमकुमारी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, नवराज गिरी र यादव लामिछाने पाविल साप्ताहिकवाट माधव गुरुङ, रामकृष्ण अधिकारी, तुलसीजंग थापा र राधिका सापकोटा मंगल प्रभात किरण साप्ताहिकवाट गोमा थापा, सन्तोष अधिकारी, कविता पाठक र राजु थापा नेत्रावती साप्ताहिकवाट काजी श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, कपिलदेव सापकोटा र एशोदा नेपाल हाईवेखवरवाट लक्ष्मण शर्मा, अमरसिंह अधिकारी, कुमार विक र जयराम बांस्कोटा रहेका छन ।
यसैगरी नयां सदस्यताका लागि सिफारिश गरिएकाहरुमा जनमुक्तिमार्ग साप्ताहिकवाट रामचन्द्र भण्डारी, किशोर अधिकारी, गिता अधिकारी र ठाकुर गुरुङ लामो समय प्रकाशन स्थगित हुन पुगेको नागरिक खवरवाट अमृत अधिकारी, प्रकाश अर्याल, नवराज पोखरेल र शारदा श्रेष्ठलाई सिफारिश गरिएको छ । जिल्लावाहिर रहेको देशविकास साप्ताहिकका सुदिप खनाल र क्रिष्टल टेलिभिजनका समाचारदाता बाबुराम श्रेष्ठले पनि नयां सदस्यताका लागि आवेदन पेश गरेका छन । महासंघमा प्राप्त भएका सबै आवेदन सक्कल प्रति केन्द्रमा पठाईने र कुनै पनि व्यक्तिका बिषयमा केन्द्रलेनै छानविन गर्न सक्ने महासंघका जिल्ला अध्यक्ष सीतारामप्रसाद वर्माले धादिङ न्युजलाई वताउनु भयो ।
अहिले सिफारिश गरिएका सदस्यहरुको सदस्यता स्विकृत भएमा धादिङ जिल्लामा नेपाल पत्रकार महासंघको सदस्यहरुको संख्या अवब एक सय तेत्तिस पुग्ने छ । अहिले जिल्लामा ५९ जना साधारण सदस्यहरु रहेका छन ।