सेयर संख्या बढ्दै मूल्य घट्दै

956 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लेखकः नरेन्द्रमान श्रेष्ठ

गतवर्ष सेयर बजारमा लगभग ७० अर्ब रुपैयाँ जतिको सेयर थपिएको अनुमान छ । सेयर बजारमा सेयरको सख्या बढ्दै छ भने सेयरको भाउ घट्दै छ । पछिल्लो समयमा सेयर बजारमा सेयरको आपूर्ति बढेकाले नेप्से ओरालो लागेको बताइन्छ । माग र आपूर्तिको सन्तुलन नमिलेका कारणले भाउमा घटबढ हुनु स्वाभाविक हो यो अर्थशास्त्रको सिद्धान्तले पनि यस्तै भन्छ ।

पछिल्लो समयमा सेयर बजार ओरालो लागेका कारण बजारमा सेयरको आपूर्ति बढेकाले नै हो भनेर भन्नुपर्ने हुन्छ । पछिल्लो समयमा सेयर धनी लगानीकर्ताहरूसँग सेयरको थुप्रो नै भइसकेको छ । बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी चार सय प्रतिशतले बढाउनुपरेका कारणले धमाधम हकप्रद सेयरहरू जारी गरेकाले सेयर धनीहरूसँग सेयरको थुप्रो नै भइसकेको छ ।

यसकारणले लगानीकर्ताहरू सेयर खरिद गर्नमा भन्दा पनि बिक्री गर्नपट्टि लागेका कारणले बजारमा मागभन्दा आपूर्ति बढेकाले सेयरको भाउ घटेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समयको सेयर बजारको स्थितिलाई हेर्दा पनि कुनै पनि कम्पनीको सेयरको भाउ पाँच रुपैयाँ मात्र बढे पनि बिक्रीको चाप बढ्ने गरेको छ ।

यसो हुनमा सेयर धनीहरूसँग सेयरको थुप्रो भएकाले हो भन्नुपर्ने अवस्था छ । यसले गर्दा पनि नेप्सेमा सुधार आउन नसकेको हो भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा सेयर बजार निरन्तर ओरालो लागेको छ । गतवर्षको तिहारपछि ओरालो लागेको सेयर बजारले अहिलेसम्म पनि गतिलिन सकिरहेको छैन ।

पछिल्लो समयमा सेयरको भाउ घटिरहेको छ राम्रा भनिने कम्पनीहरूको सेयरको भाउ नै आइपिओको भाउमा झरिसकेका छन् भने कतिपय कम्पनीहरूको सेयरको भाउ त आइपिओको दरभन्दा पनि तल आइसकेको छ । तर, पनि लगानीकर्ताहरूमा सेयर खरिद गर्ने त्यति उत्साह देखिँदैन ।

विगतमा दिनको अर्बको हाराहारीमा कारोबार हुने सेयर बजार पछिल्लो समयमा घट्दै २० करोडभन्दा कम कारोबारको कारोबार भएको छ । पछिल्लो समयमा सेयर बजारको अवस्थालाई हेर्दा विगतमा माओवादीको द्वन्द्वको ताका पनि यस्तो अवस्था नरहेको सरोकारवालाहरू बताउँछन् । भन्नेहरूले त सेयर बजारलाई वामपन्थीहरू र वामपन्थीहरूको सरकारले नै बढी असर गर्ने गरेको बताउँछन् ।

अहिले पनि वामपन्थीहरूको सरकार छ । सेयर बजारलाई त गएको संघ र प्रदेशको निर्वाचनको वेलादेखि नै असर गरेको थियो । संघ र प्रदेशको निर्वाचनमा त्यसवेलाको नेकपा माओवादी र नेकपा एमालेले चुनावी वाम गठबन्धन गरेपछि नै सेयर बजारलाई असर गरेको थियो निर्वाचनमा वाम गठबन्धनको समाचार आएदेखि नै सेयर बजार ओरालो लागेको हो भन्नेहरू पनि नभएका होइनन् ।

त्यसवेला वाम गठबन्धनले सेयर बजार तर्सियो भनेर पनि चर्चा नचलेको पनि होइन । अहिले पनि वाम गठबन्धनको शक्तिशाली दुईतिहाइको स्थायी सरकार छ तर पनि सेयर बजारलाई ऊर्जा दिन सकिएन । त्यसो त संघ र प्रदेशको निर्वाचनपछि देशमा स्थायीत्व हुन्छ । देशमा स्थायी सरकार बन्छ र सेयर बजारले पनि गति लिनेछ भनेर लगानीकर्ताहरू ढुक्कै थिए ।

तर, शक्तिशाली दुईतिहाइको नेपाल कम्युनिस्ट पार्टीको स्थायी सरकारले पनि सेयर बजारमा सुधार गर्न भने सकेन । वाम गठबन्धनको सरकार बनेपछि डा. खतिवडा अर्थमन्त्री बनेपछि सेयर बजार झन् विवादित बन्यो । कहिले अर्थमन्त्रीको विवादास्पद भनाइले त कहिले लाभकरको विवादले सेयर बजार झन् खस्कियो ।

वामपन्थीको सरकार सेयर बजारका लागि अनुदारवाद रहेको चर्चा चलिरहेका वेला अर्थशास्त्रको विद्धान् देशको अर्थतन्त्र जानेबुझेका अनुभवी अर्थशास्त्री डा. खतिवडा अर्थमन्त्री भए पनि सेयर बजारमा वामपन्थीहरूको सरकारलाई लाग्ने गरेको आरोपलाई हटाउन सकेन झन् आफैँ विवादित बने ।

त्यसो त सेयर बजार खस्केकोमा वामपन्थीको सरकारलाई जिम्मेवार भन्न नमिल्ने कतिपयको भनाइ रहेको छ । तर, पनि सेयर बजारमा सरकारका राजनीतिक दलहरूले प्रलोभन भने पार्ने गरेकै हुन्छन् । अहिलेको सरकारले सेयर बजारमा सेयर बजार सुधारका लागि त्यस्तो प्रलोभन शक्तिशाली केही योजना ल्याउन नसकेको भने पक्कै होभन्दा फरक नपर्ला । अर्थमन्त्री खतिवडा सेयर बजारप्रति अनुदारवादी भएको पनि आरोप लाग्ने गरेको छ ।

१५ लाखभन्दा बढी लगानीकर्ताहरू भएको सेयर बजार र खर्बौं रुपैयाँ लगानी रहेको सेयर बजार देशको अर्थतन्त्रको एउटा पाटोको रूपमा रहेको सेयर बजार यस्तो अवस्थामा आउँदा लगानीकर्ताहरू र सेयर बजारसँग सरोकार राख्नेहरू चिन्तित हुने त स्वाभाविक नै हो, नि ।

अहिले विभिन्न कम्पनीहरू हाइड्रोपावर माइक्रोफाइनान्स र नयाँ–नयाँ सञ्चालनमा आएका बिमा कम्पनीहरूका साथै रियल सेक्टरका कम्पनीहरूको पनि नयाँ–नयाँ सेयरहरू बजारमा आउने अवस्थामा रहेको वेला सेयर बजार ओरालो लाग्ने सेयर बजारले गति लिन नसक्दा सेयर बजारका लागि राम्रो नभएको बताउँछन् सरोकारवालाहरू ।

त्यसो त पछिल्लो समयमा सेयर बजारले गति लिन नसकेको र सेयर बजार ओरालो लाग्नुमा यसका धेरै कारणहरू हुन सक्छन् । देशको राजनीतिक कारण सरकार बैंकको व्याजदरमा भइरहने परिवर्तन ठुल्ठूला लगानीकर्ताहरूले वेला वेलामा गर्ने चलखेल र वेला वेलामा हुने गरेको करसम्बन्धी विवाद आदि कारण पनि होला ।

सेयर बजारले गति लिन नसकेको विभिन्न कारणहरू हुन सक्ने भए पनि अधिकांशको भनाइमा भने सेयर बजार ओरालो लागेको कारणमा मुख्य कारण पुँजी वृद्धिलाई नै मानेका छन् । बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धि अहिले फेरि बिमा कम्पनीहरूको पुँजी वृद्धि। बैँक तथा बिक्री कम्पनीहरूको पुँजी वृद्धिको कारणले नै सेयर बजारको यस्तो अवस्था आएको हो भन्ने अधिकांशको भनाइ रहेको पाइन्छ ।

यसको जिम्मेवार पक्ष भनेको नेपाल राष्ट्र बैंक र गभर्नर साहेबको हो भन्नेहरू पनि कतिपयको भनाइ छ। यदि, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई आआफ्नो पुँजी लगभग चार सय प्रतिशतसम्म बढाउनका लागि निर्देशन नदिएको भए सेयर बजारको यस्तो अवस्था नआउने भनाइ अधिकांशको रहेको पाइन्छ ।

त्यसो त, नेपाल राष्ट्र बैंकले कम समयावधिमा यति धेरै पुँजी बढाउनुपर्ने निर्देशन बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजारेकै होभन्दा फरक नपर्ला । यसको असर कम्पनीहरूमा मात्र नभई सेयर बजार र लगानीकर्ताहरू समेत परे । कम समयमा धेरै पुँजी वृद्धि गर्नुपर्ने भएकाले बैंक तथा वित्त कम्पनीहरूले बोनस सेयरका साथै ३४ सय प्रतिशतसम्मको हकप्रद सेयरहरू जारी गरे ।

देशमा रहेका दुई सयको हाराहारीमा रहेका बैैंक तथा वित्त कम्पनीहरूले पुँजी वृद्धिका लागि भकाभक हकप्रद सेयरहरू जारी गरेका कारणले अहिले सेयर बजारमा सेयरको थुप्रो नै भइसकेको छ । सेयर बजारमा सेयरको थुप्रोका कारणले सेयर बजारमा सेयरको आपूर्ति बढेका कारणले सेयर बजार खस्केको हो भन्नेहरू पनि धेरै छन् । यसले पनि सेयर बजार ओरालो लाग्नमा मद्दत गरेको छ।

यसकारणले पनि पछिल्लो समयमा सेयर बजारको अवस्थालाई हेर्दा सेयर बजार ओरालो लागेका कारण पुँजी वृद्धिलाई नै मान्नैपर्ने हुन्छ ।  त्यसो त बैंक तथा वित्त कम्पनीहरूले मर्जर, एक्वायर र हकप्रद सेयर नै जारी गरेर भए पनि बाध्यतामा भए पनि नेपाल राष्ट्र बैंकले दिएको पुँजी वृद्धिको निर्देशनलाई पूरा गरेका छन् ।

यसलाई हाम्रा विद्धान् गभर्नर साहेबले भने पुँजी वृद्धिको नीति सफल भएको छ भनेरभन्दै हुनु हुन्छ । हुन त पुँजी वृद्धिको नीति सफल भएको नै मान्नैपर्छ । तर, बाध्यताले भए पनि बैंक तथा वित्त कम्पनीहरूले आआफ्नो पुँजी पुर्याए पनि जन उद्देश्यले नेपाल राष्ट्र बैँकले पुँजी वृद्धिको नीति ल्याएको थियो त्यो भने पूरा नभएको जस्तो देखिन्छ ।

नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको उद्देश्य भनेको वाणिज्य बैंकहरूको संख्या घटाउनु हो तर वाणिज्य बैँकहरूको संख्या भने त्यति घटेन ३१ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरू अहिले पनि २८ वटा त छँदै छन् । पुँजी वृद्धिको नीतिले वाणिज्य बैंकहरूको संख्या त घटेन तर सेयर बजारचाहिँ डामाडोल भने भयो । धेरैजसो लगानीकर्ताहरू रुने वा हाँस्ने अवस्थामा पुगे।

त्यसो त सेयर बजार ओरालो लाग्नुमा सेयर बजारमा केही ठूलाबडा लगानीकर्ताहरू सेयर बजारसम्बन्धी संघ÷संस्थामा आबद्ध ठूलाबडा सेयर बजारका खेलाडी भनिनेहरूले पनि वेलावेलामा सेयर बजारलाई आफ्नो अनुकूल बनाउनका लागि चलखेल गर्ने गरेको सरोकारवालाहरू बताउने गरेका छन् ।यसमा सेयर बजारका लगानीकर्ताहरू भने सेयर बजारप्रति सचेत र चनाखो भने हुनुपर्छ ।सौर्य दैनिकबाट