हुने भो सागर एस्. वाइबा एकल साँझ, फेरी घन्किने भो नाचघरमा म्हेन्दोमाया

1301 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साउन २५ काठमाडौं/धादिङन्युज

                   म्हेन्दोमाया किङ उपनामले परिचित म्हेन्दोमाया गायक सागर एस. वाइबाको एकल साँझ हुने भएको छ । “हाम्रो गीत सङ्गीत, हाम्रो भषा तथा भेष भुषा ,हाम्रो संस्कार तथा कला संस्कृति, हाम्रो परिचय हाम्रो पहिचान संरक्षण तथा सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो।” भन्ने नारा लिएर गायक वाइबाले आउँदो भदौ ९ गते राष्ट्रिय नाचघर जमलमा एकल साँझ गर्न लागेका हुन् ।

                       “म्हेन्दोमाया फाउन्डेसनको आयोजनामा हुन गैरहेको सागर एस् वाइबा एकल साँझ कार्यक्रमका लागि लगभग सबै तयारी भैसकेको छ, अब थोरै म्यानेजमेन्टको काम बाँकी रहेको छ, धादिङन्युजसँग अनलाइन कुरा गर्दै गायक वाइबाले अगाडी थप्नु भयो- “आर्थिक पाटो केहि सबल नभई कार्यक्रम म्यानेज गर्न अलि गाह्रो हुन्छ ।”

                 “म्हेन्दोमाया क्षेत्रमा पाइला राखेर लगभग १५ वर्ष पार गरें । यो बिचमा मेरा भोगाइहरु दर्शक श्रोता माझ प्रत्यक्ष राख्न चाहन्छु, उहाँहरुले आजको मितिसम्ममा दिनु भएको माया र आशिर्वादको बदलामा तामाङ गीत संगीत प्रतिको मेरो समर्पण अझै जस्ताको तस्तै छ र रहिरहनेछ । म्हेन्दोमाया संगीतको सम्बर्द्धनमा मेरो भुमिका अझै सशख्त रहेको आम दर्शक श्रोता माझ राख्न चाहन्छु ।” सागर एस. वाइबा एकल साँझ किन भन्ने प्रश्नमा उहाँले अगाडी भन्नु भयो-“म्हेन्दोमाया बिनाको सागर एस. वाइबा केहि हैन ।”

                        १५ वर्षको अवधिमा उहाँले म्हेन्दोमाया र नेपाली गीतका थुप्रै गीति संग्रहहरु बजारमा ल्याइसक्नु भएको छ । जसमध्ये साइकल कोरोरो, नम्चवती, सेमा ओस ओस, सप्तङ स्योङ, सेम्चे मायालो, डोको थारा, पाटा म्हेन्दो, पेर्लु वाङस्या, ङयाङला छार संविधान, सेम्की डोम्बो, तोर्क्याङ् पिस्कुले, चच्चाराङी, तामाङ नाम्सा, रातो रिबन, बेक्कर न्हेन, मख्खमलकी चोला, क्रालिङ खाबा, नेपाली लोकपप Sweetheart जस्ता गीतिसंग्रहहरु उहाँका परिचय हुन् । म्हेन्दोमाया संगीतमा यति धेरै एलबमहरु बजारमा ल्याउने उहाँ पहिलो हुनुहुन्छ । त्यसैले पनि दर्शक श्रोताहरु गायक वाइबालाई म्हेन्दोमाया किङको उपनाम दिने गर्दछन् । भदौ ९ गते यिनै एल्बमहरुमा समाविष्ट गरिएका गीतहरुबाट मनोरन्जन गराउने सोच उहाँको रहेको छ ।

                      एकल साँझमा गायक वाइबालाई उनकै छोरा सौगात एस. वाइबा, छोरी सोनु एस. वाइबा र धर्मपत्नी म्हेन्दोमाया गायिका सृजना एस. लोप्चनले पनि साथ दिदै हुनुहुन्छ । यहि कार्यक्रमलाई लक्षित गर्दै गायक वाइबाले आफ्ना दर्शक श्रोता तथा शुभचिन्तकहरुलाई आर्थिक नैतिक एवं भौतिक सहयोग गर्नुहुन फेसबुक स्ट्याटस मार्फत यसरी अपिल गर्नु भएको छ-

ल्हासो फ्याफुल्ला….

                   हामी जात भातमा भेदभाब गर्दैनौ तर आफ्नो जातप्रती गर्ब गर्छौ। हाम्रो गीत सङ्गीत ,हाम्रो भषा तथा भेष भुषा ,हाम्रो सस्कार तथा कला सस्कृती ,हाम्रो परिचय हाम्रो पहिचान संरक्षण तथा सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो… म अनि मेरा सहयोगी साथीभाइहरु हामी अनबरत आफ्नो समुदाय को लागि केही गर्नु पर्छ भन्ने मुल नारा का साथ यहि 2075 भाद्र 9 गते (अगस्ट 25, 2018) का दिन म्हेन्दोमाया फाउन्डेसनले “सागर एस.वाइबा तामाङ एकल म्हेन्दोमाया साझ” आयोजना गर्न गैरहेको जानकरी गराउदै कार्यक्रम सफल पार्न बिश्व भरी छरेर बस्नु भएका हामीलाई साथ दिदै आइरहनु भएका सम्पूर्ण साथीभाइलाई भौतिक नैतिक तथा आर्थिक सहयोग गरि दिनु हुन साथै भदौ 9 गते राष्ट्रिय नाच घर जमलसम्म पाल्दिनु हुन हार्दिक हार्दिक बिनम्र अनुरोध गर्दछौ ।