मझिमटारबाट ७० क्विन्टल मरिच बरामद

2920 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३१ साउन  – धादिङको मझिमटारबाट प्रहरीले ७० क्विन्टल मरिच बरामद गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९मझिमटार स्थित पृथ्वी लोकमार्गमा सवारी साधनको चेकजाँच गर्ने क्रममा बिहीबार विहान २८० बोरा मरिच वोकेको भारतीय नम्बरको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार काठमाण्डौबाट चितवनतर्फ अवैध रुपमा मरिच लैजादै गरेको सूचनाको आधारमा बिहीबार विहान ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगिमाराबाट खटिएकोे प्रहरी टोलील लोकमार्गमा सवारी चेक जाँच गर्नेक्रममा उक्त मरिच बरामद भएको जनाएको छ ।
भारतको नयाँ दिल्ली जिल्ला जनकपुरी उत्तरनगर थानाका ५५ बर्षिय मोहम्मद अन्जारले चलाई ल्याएको  DL 1 GC 5275 नम्बरको भारतिय कन्टेनर ट्रक चेक जाचँ गर्ने क्रममा ट्रकको कन्टेनरको अगाडीको भागमा फल्स बटम बनाई कालो मरिच २५ किलो ग्रामको २८० बोरा राखी लुकाई छिपाई ल्याएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मरिचको भन्सार प्रज्ञापन पत्र र बिल विजक समेतका कागजात माग गर्दा चालकले पेश गर्न नसकेकोले २५ किलो ग्रामका दरले २८० बोरा अर्थाथ ७० क्वीन्टल मरिच अबैध रुपमा लुकाई छिपाई ढुवानी गर्न प्रयोग भएको कन्टेनर ट्रक र ट्रक चालक मोहम्मद अन्जारलाई पक्राउ गरी बरामद मरिच र ट्रक सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।