धादिङको सात किलामा बस दुर्घटना ,क्षतीको बिबरण आउन बांकी

565 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ अर्घाखांचीवाट काठमाण्डौ आउंदै गरेको रात्रीवस धादिङ जिल्लाको थांक्रे गाविसमा पर्ने पृथ्वीलोकमार्गको सात किलामा दुर्घटनामा परेको छ ।
रातीदेखि परिरहेको अविरल वर्षाका कारण सडकमा जमेको माटोमा चिप्लिएर अर्घाखांचीवाट काठमाण्डौको लागि छुटेको लु १ ख ७३३ नम्बरको वस सडकवाट केही तल खेतमा खसेको हो ।  आज विहान सांढे ५ वजेतिर भएको उक्त दुर्घटनाको थप विबरण प्राप्त हुन सकेको छैन । दुर्घटनास्थलमा पुगेको प्रहरी,स्थानीयवासीले अहिले घाइतेहरुको उद्धारगरी उपचारका लागि काठमाण्डौ पठाउंदै गरेको प्रहरीले जनाएको छ ।